मुख्य समाचार
रारामा सवा अर्ब लगानीको लक्जरी रिसोर्ट बन्ने, कोठा भाडा कम्तीमा १५ हजार
रारामा सवा अर्ब लगानीको लक्जरी रिसोर्ट बन्ने, कोठा भाडा कम्तीमा १५ हजार

। अस्ट्रेलियाको एक्सपर्ट ग्रुप र नेपालको रारा होल्डिङको १ अर्ब १० करोड लगानीमा मुगुको रारातालमा लक्जरी रिसोर्ट निर्माण हुने भएको छ ।

राराताल घुम्न जाने होटल तथा रिसोर्ट नहुँदा पर्यटकले सास्ती भोग्दै आएका छन् । रारा भ्रमण गर्ने नेपाली, भारतीय तथा अन्य विदेशी पर्यटक लक्षित गरी लक्जरी रिसोर्ट निर्माण गर्न लागिएको रारा होल्डिङका सञ्चालक अभिषेकविक्रम शाहले बताए ।




समुद्र सतहबाट ३ हजार ७ सय ४९ मिटर उचाइमा निर्माण हुने रिसार्ट नेपालमै यस किसिमको पहिलो हुने शाहको दाबी छ ।

‘अहिले धेरै नेपालीले एकपटक जानैपर्ने गन्तव्यमा रारालाई राख्ने गरेका छन्, तर त्यहाँ सुविधा सम्पन्न बसोबासको व्यवस्था नहुँदा समस्या परिरहेको छ,’ शाहले अनलाइनखबरसँग ने, ‘यो समस्या समाधान गर्न पाँचतारे स्तरको लक्जरी रिसोर्ट निर्माण गर्ने योजना हो ।’





राराताल भन्दा माथिको मुर्माटपमा ८० रोपनी क्षेत्रमा निर्माण हुने रिसोर्ट स्थानीय वास्तुकलामा आधारित हुने उनले बताए । रिसोर्टको नाम ‘रारा रिसोर्ट’ हुनेछ ।

यो रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड रुपैयाँ र दोस्रो चरणमा करिब ४० करोड लगानी हुने शाहले बताए । रिसोर्ट निर्माण गर्न स्थानीयवासीसँग ८० रोपनी निजी जग्गा किनिसकेको उनले बताए ।

रिसोर्टको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) अन्तिम चरणमा पुगेको र त्यो स्वीकृत हुने बित्तिकै नक्सा पास प्रक्रिया सुरु गरिने जानकारी उनले दिए ।



‘यी पूर्वतयारी काम सकेर भदौदेखि रिसोर्ट निर्माणको काम सुरु गर्ने तयारीमा छौं,’ उनले भने ।

पहिलो चरणमा ४० कोठा सहित रिसोर्ट बन्ने र ती हरेक कोठाबाट राराताल र हिमालयको दृश्यावलोकन गर्न सकिने छ ।

रिसार्ट निर्माणमा स्थानीय रूपमा उपलब्ध हुने सामग्री प्रयोग गरिने उनले बताए । भवन निर्माणमा स्थानीय ढुंगामाटोकै प्रयोग गरिने र भूकम्प प्रतिरोधी बनाउन कम तौल भएका आधुनिक सामग्री पनि प्रयोग हुने उनले बताए ।



‘भवनको संरचना, फर्निसिङ तथा अन्य सुविधा बनाउँदा त्यही क्षेत्रको कला, संस्कृति र प्रविधि झल्काइने छ,’ उनले भने ।

हालै काठमाडौंमा भएको लगानी सम्मेलन क्रममा अस्टे«लियाको एक्सपर्ट ग्रुपसँग रिसोर्टमा विदेशी लगानी गर्ने सम्बन्धमा सम्झौता भएको थियो ।

एक्सपर्ट ग्रुपमा अस्ट्रेलिया बसेर एजुकेसनल कन्सल्टेन्सी, रियल इस्टेट लगायत क्षेत्रमा व्यवसाय गर्ने बद्री अर्याल र सञ्जीव शर्माको लगानी छ । रारा होल्डिङ्स रिसोर्ट प्रालिमा अभिषेकविक्रम शाह, अरुण चन्द लगायतको लगानी छ ।



रिसोर्टमा एक्सपर्टको ८० प्रतिशत र राराको २० प्रतिशत सेयर स्वामित्व हुने जानकारी शाहले दिए ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँग ऋणका लागि कुरा गरिरहेको शाहले बताए । ‘यो पूर्णरूपमा वातावरणमैत्री (ग्रिन) परियोजना हुनेछ , त्यसो हुँदा विभिन्न अन्तर्राष्ट्रिय निकायले यसमा लगानी गर्न इच्छा व्यक्त गरिरहेका छन् । उनीहरूसँग छलफल गरिरहेका छौं,’ उनले भने ।

यो रिसोर्टमा हुने वातानुकूलित कोठाको दर प्रतिरात न्यूनतम १५ हजारदेखि २५ हजारसम्म हुने अपेक्षा गरिएको उनले बताए ।

‘काठमाडौंका चन्द्रागिरि हिल्स, द टेरेसेस रिसोर्ट लगायतको दरसँग मिल्दोजुल्दो गरी राख्ने सोच बनाएका छौं । रारा पुग्दा पनि कोठाको दर महँगो नहोस् भन्नेमा सचेत छौं,’ उनले भने ।

यो रिसोर्ट सिन्तामणी मुस्ताङकै शैलीमा हुने भए पनि कोठा र प्याकेजको दर भने सस्तो हुने उनको भनाइ छ ।

रिसोर्टमा हेलिप्याड तथा स्पा सुविधा पनि हुनेछ । हेलिकप्टर चढेर जाने पर्यटक सिधै रिसोर्ट पुग्न सक्नेछन् भने सडक र हवाईमार्ग हुँदै जानेले भने केही समयको पैदलयात्रा गरी रिसोर्टसम्म पुग्नुपर्ने छ ।

‘ताल्चा विमानस्थल अवतरण गरेपछि राराताल नजिकै मिलिचौरसम्म गाडी र त्यहाँबाट डेढ घण्टा पैदल हिँडेपछि रिसोर्ट पुगिने छ,’ शाहले भने, ‘विमानस्थलबाटै ट्रेकिङ गर्न चाहनेले चार घण्टाको ट्रेक गरी रिसोर्टमा पुग्न सक्छन् ।’



उनका अनुसार रारालाई केन्द्रमा राखेर त्यहाँ वरपर पर्ने कर्णालीका अन्य पर्यटकीय स्थान समेत समेटेर प्याकेजमा पर्यटक घुमाउने योजना छ ।

‘रारा, फोक्सुन्डो ताल, हिल्सा तथा कैलाश मानसरोवर दर्शन लगायत समेटेर प्याकेज बनाइने छ,’ उनले भने, ‘त्यहाँ पुग्ने पर्यटकले त्यस क्षेत्रका सबै पर्यटकीय स्थान घुम्न सकुन् भन्ने उद्देश्य हो ।’

हुम्ला हिल्सा हुँदै मानसरोवर दर्शनमा धेरै भारतीय पर्यटक जाने भएकाले उनीहरूको गन्तव्य रारा पनि बनोस् भन्ने आफ्नो चाहना भएको उनले बताए । ‘हिल्सा जाने पर्यटक एक रात यहाँ आएर बसुन्, राराताल भ्रमण गरुन् भन्ने उद्देश्य हो,’ उनले भने ।

कर्णाली प्राकृतिक सुन्दरताले अनुपम गन्तव्य रहे पनि यातायात र बसोबास असुविधाका कारण पर्याप्त पर्यटक पुग्न सक्दैनन् । यो रिसोर्ट निर्माण भएपछि त्यहाँ जाने पर्यटक संख्या वृद्धि हुनेछ । डेढ वर्षभित्र रिसोर्ट निर्माण सकिने लक्ष्य कम्पनीको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सेयर कारोबार असोज २ गतेसम्म बन्द रहने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने जानकारी दिएको हो। आज सूचना प्रकाशित गरेर धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० (१,घ) बमोजिम नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भए अनुसार धितोपत्रको दोस्रो बजार कारोबार बन्द रहने जानकारी दिएको हो।
: उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्‍व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच शिष्टाचार भेटघाट भएको छ। अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण लगायतका विषयमा छलफल भएको छ। अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सुचकहरुमा उल्लेखनीय सुधार आएको जानकारी दिँदै नेपालले नीतिगत, संरचनागत, निर्णय र कार्यान्वयन प्रकृयामा ...
: नेपाल राष्ट्र बैंकले यस वर्ष नयाँ नोट नबाँड्ने भएको छ। दसैँका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैंकले पछिल्लो समय सुकिला नोट मात्र बाँड्न थालेको हो। दसैँतिहारलक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैंकले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ। दसैँमा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई बजारमा ...
: कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नयाँ पुस्तालाई उद्यम व्यवसायमा आकर्षित बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना नीतिमा सरलीकृत गर्नुपर्ने बताएका छन्। कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले बिहीबार वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेशस्तरीय बैंक तथा वित्तीय संस्थाहरूसँगको छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेलले झन्झटिलो प्रक्रियाले उद्यमशीलता गर्ने चाहना हुँदा हुँदै पनि रोकिनु परेको तर्फ बैंकहरूको ध्यानाकर्षण ...
— राष्ट्र बैंकले १ सयबाहेक अरु दरका भारतीय मुद्रा (नोट) साथमा नराख्न, ओसारपसार नगर्न र कारोबार नगर्न नेपाली नागरिकलाई आग्रह गरेको छ । हाल नेपालमा एक सयभन्दा अरु दरका भारतीय मुद्रा कारोबार गर्न बन्देज छ । यद्यपि केही नेपालीले भारु २ सय, ५ सय र २ हजार दरका नोट साथमा लिएर हिँडेको अथवा ओसारपसार गरेको भेटिएपछि ...