मुख्य समाचार
बलिउडमा अभिनेत्रीलाई लिएर हुने भेदभावबारे के भन्छिन् मनिषा ?
बलिउडमा अभिनेत्रीलाई लिएर हुने भेदभावबारे के भन्छिन् मनिषा ?

। अभिनेत्री मनिषा कोइराला सञ्जयलीला भन्सालीको नेटफिल्क्स सिरिज ‘हीरामण्डी’मा मल्लिकाजानको भूमिका निर्वाह गरेर चर्चामा छिन् । फिल्मफेयर म्यागेजिनसँगको अन्तर्वार्तामा उनले हालै करिअरको सुरुवाती दिनबारेका कुरा गरिन् ।

त्यतिबेला नायक-नायिकाका लागि फरक नियम हुने गरेको सम्झना उनको छ । धेरै केटीसँग सम्बन्ध हुने नायकलाई ‘माचो’ भनिने तर नायिकालाई उनीहरुको सम्बन्ध गोप्य राख्न भनिने गरेको स्मरण पनि उनको छ ।




रक्सी पिउने अभिनेत्रीको स्वभावलाई लुकाउनुपर्ने र केही मानिसले यस्तो कार्य नसुहाउने तर्क गरेको स्मरण पनि उनले गरिन् । अन्तर्वार्तामा उनले भनिन्, ‘फिल्म सौदागरको छायांकनका क्रममा म कोक मिसाएर भोड्का पिइरहेको थिएँ । यसैबीच, म रक्सी पिउँदैछु भनेर कसैलाई नभन्नु, किनभने यो अभिनेत्रीलाई सुहाउँदैन भन्ने कुरा मलाई वरपरका केही व्यक्तिले भने । म कोक मात्र पिउदै छु भनेर सबैलाई बताउन भनियो । त्यो दिन मैले यो नयाँ कुरा सिकेँ ।’

उनले अघि भनिन्, ‘मैले यो कुरा मेरी आमालाई भनेकी थिएँ । मैले कोक पिउदै छु भनेँ, तरपनि उनलाई म रक्सी पिउँदै छु भन्ने उनलाई थाहा थियो । त्यसको जवाफमा उनले भनिन्, ‘सुन्नुहोस् रक्सी खाँदै हुनुहुन्छ भने रक्सी पिउँदैछु भन, कोक पिउँदै छु नभन । यस्ता स–साना कुरामा झुट नबोल ।’



आफूलाई सम्बन्ध लुकाउन मन नलाग्ने तर, आफूसँगको सम्बन्ध गोप्य राख्न मानिसले सुझाव दिने गरेको उनले बताइन् । उनले भनिन्, ‘यदि म कसैलाई डेट गर्दैछु भने म डेट गर्दैछु । यदि तपाईं मलाई यसमा न्याय गर्न चाहनुहुन्छ भने, अवश्य पनि अगाडि बढ्नुहोस् र न्याय गर्नुहोस् । म यस्तै छु, आफ्नो इच्छा अनुसार जिउने छु ।’

‘त्यतिबेला नायकको धेरै गर्लफ्रेन्ड हुनसक्ने भएकाले निकै आलोचना पनि भोग्नुपरेको थियो र उसलाई माचो भनिन्थ्यो । तर अभिनेत्रीले आफूलाई कसैले नछोएको भनेर पुष्टि गर्नुपथ्र्यो’ उनले भनिन् ।

यसप्रति आक्रोश व्यक्त गर्दै मनिषाले भनिन्, ‘मेरो ब्वायफ्रेन्ड छ, यसको मतलब म जीवनमा अनप्रोफेसनल छु भन्ने होइन । त्यतिबेला अभिनेत्रीका लागि धेरै जटिल मापदण्ड थिए, जुन मेरा लागि सहि थिएन ।’

मनिषाले सन् १९९१ मा सुभाष घई निर्देशित फिल्म ‘सौदागर’बाट अभिनयमा डेब्यु गरेकी थिइन् । यसपछि उनले गुप्त, दिल से, अकेले हम अकेले तुम जस्ता फिल्ममा काम गरिन् ।

ब्रेकपछि मनिषाले सञ्जु र शहजादा जस्ता फिल्ममा सहायक भूमिका निर्वाह गरेकी छिन् । उनी हिरामण्डी सिरिजमा मल्लिकाजनको भूमिका निर्वाह गरेर अहिले चर्चामा छिन् । हिरामण्डीको दोस्रो सिजन छिट्टै आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ग्लोबल युट्युब स्टार मिस्टर बिस्ट (जिमी डोनाल्डसन)ले तीन बलिउड खान सुपरस्टारहरू शाहरुख, सलमान र आमिरलाई भेटेका छन् । उनले इन्स्टाग्राम स्टोरीमा यो फोटो पोस्ट गरेसँगै इन्टरनेटमा आँधी ल्याएको छ । बलिउडले पनि यो फोटोमाथि प्रतिक्रिया दिएको छ । मिस्टरबिस्टले इन्स्टाग्राम स्टोरीमा सेयर गरेको भाइरल तस्वीर अक्टोबर १६ मा साउदी अरेबियाको रियादमा भएको जोय फोरम २०२५ मा ...
। टेलर स्विफ्टको नयाँ एल्बम ‘द लाइफ अफ अ शोगर्ल’ ले बिलबोर्डको रेकर्ड तोड्दै शीर्ष स्थानमा कब्जा जमाएको छ । चार्ट कम्पनीका अनुसार स्विफ्टको १५ औं एल्बमले ४.००२ मिलियन बराबरका एल्बम युनिट्स (शुद्ध एल्बम बिक्री र स्ट्रिमहरूसहित) सँग डेब्यू गरेको थियो, जुन आधुनिक युगमा अहिलेसम्मकै उच्च संख्या हो । बिलबोर्डका अनुसार, ‘द लाइफ अफ अ शोगर्ल’ले ३४ ...
। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन २९ असोज (अक्टोबर १५) मा काठमाडौंमा आयोजना हुने भएको छ । धुम्बाराहीस्थित होटल स्मार्टमा आयोजना हुने महाधिवेशन समारोहमा सहभागी हुन विभिन्न मुलुकमा रहेका पदाधिकारी काठमाठौंमा पुगेका छन् । नेपालमा देखिएको असहज परिस्थिति र अन्य कारणले गर्दा अधिवेशनसँगै आयोजना गर्ने भनिएको सांस्कृतिक तथा सम्मान कार्यक्रम यसअघि नै स्थगित ...
। ऋषभ सेट्ठी स्टारर कन्नाडा फिल्म ‘कान्तारा च्याप्टर १’ले भारतीय बक्सअफिसमा उछाल ल्याएको छ । यो फिल्मले भारतीय बक्सअफिसमा केही कीर्तिमान रचेको जनाइएको छ । फिल्मले प्रदर्शनको पहिलो साता विश्वब्यापी ४०० करोड भारु कमाइ गरेको एनडीटीभीले जनाएको छ । फिल्मले पहिलो साता भारतमा मात्र ३७९ करोड भारु (४२ मिलियन अमेरिकी डलर र विदेशबाट ८ मिलियन डलर ...
: ६० करोड ठगीको आरोप लागेकी बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग घन्टौं बयान लिइएको छ। मुम्बई प्रहरीको आर्थिक अपराध शाखाले शिल्पासँग करिब पाँच घण्टा बयान लिएको भारतीय मिडियाले समाचार प्रकाशित गरेका छन्। बयान उनकै घरमा लिएको प्रहरीले जनाएको छ। शिल्पाका पति तथा व्यवसायी राज कुन्द्रलाई पनि सोही मुद्दामा आरोपित बनाइएको छ। उनको पनि दुईपटक बयान ...