मुख्य समाचार
फ्रान्समा वाम र मध्यमार्गी शक्ति मिल्दा दक्षिणपन्थी पराजित
फ्रान्समा वाम र मध्यमार्गी शक्ति मिल्दा दक्षिणपन्थी पराजित

। फ्रान्समा आइतबार सम्पन्न दोस्रो चरणको संसदीय निर्वाचनको नतिजाले वामपन्थी शक्तिलाई पहिलो शक्तिका रूपमा स्थापित गरेको छ ।

यो नतिजाले वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्टका नेता जीन लुक मेलेन्सनको दोस्रो चरणको चुनावमा दक्षिणपन्थी न्याशनल र्‍याली (आरएन दल) लाई रोक्ने र वामपन्थी र मध्यपन्थी पार्टीहरूबीच रणनीतिक गठबन्धन बनाउने प्रयास सफल देखाएको छ ।




वाम गठबन्धन न्यू पपुलर फ्रन्ट (एनएफपी) १८२ सिटसहित पहिलो स्थानमा छ । पहिलो चरणको चुनावमा तेस्रो स्थानमा पुगेको इम्यानुअल म्याक्रोनको मध्यपन्थी पार्टी दोस्रो स्थानमा उक्लिएको छ भने पहिलो चरणमा सबैभन्दा बढी मत प्राप्त गर्ने अति दक्षिणपन्थी न्याशनल र्‍याली भने तेस्रो स्थानमा पुगेको छ ।

यद्यपि, तीनै शक्तिसँग स्पष्ट बहुमत नभएपछि फ्रान्समा त्रिशंकु संसद बनेको छ ।



पछिल्लो चार दशकमै सबैभन्दा बढी ६७ प्रतिशत भोट खसेको निर्वाचन परिणामअनुसार ५७७ सिट भएको नेशनल एसेम्ब्लीमा न्यू पपुलर फ्रन्ट (एनएफपी) ले १८२ सिट जितेको छ भने दोस्रो स्थानमा इम्यानुअल म्याक्रोन नेतृत्वको मध्यमार्गी गठबन्धनले १६८ सिट जितेको छ । कुनै पनि दल वा गठबन्धनलाई बहुमत हासिल गर्न २८९ सिट चाहिन्छ ।



पहिलो चरणमा निकै अगाडि देखिएको न्याशनल र्‍याली (आरएन दल) र सहयोगी दलहरू केवल १४३ सिटमा खुम्चिएका छन् ।

रिपब्लिकन र अरु दक्षिणपन्थी दलहरूले ६० सिट ल्याउँदा अरु वामपन्थी दलहरूले १३ सिट ल्याएका छन् । यीबाहेक पनि अन्यले ११ सिट जितेका छन् ।

चरम दक्षिणपन्थी शक्तिको उदय रोक्नका लागि वामपन्थी दलहरूबीच यसपटक चुनावी मोर्चा सम्भव भयो । यस प्रकारको चुनावी मोर्चा भएको सन् १९३६ यता पहिलो पटक हो ।

दोस्रो विश्वयुद्धको पृष्ठभूमिमा फासीवादी शक्तिको उदयको भयले ती यसरी नै मिलेका थिए । तर, पाँचौं गणतन्त्रको संविधान बनेयताको ६६ वर्षमा कहिल्यै यति ठूलो आकारको वामपन्थी गठबन्धन बनेको थिएन ।

यो समीकरणलाई म्याक्रोन द्विपक्षीय बनाउन चाहन्थे जसका लागि वामपन्थी गठबन्धनलाई उनी मध्यमार्गी गठबन्धतिर तान्न चाहन्थे । पहिलो चरणमा यो सम्भव भएन तर दक्षिणपन्थको भयले दोस्रो चरणमा उनीहरूले रणनीतिक सहकार्य गरे र मतदाताले पनि यसलाई विकल्पको रूपमा स्वीकारे ।

फरक थियो पहिलो चरणको चुनावी नतिजा

पहिलो चरणको निर्वाचनमा चरम दक्षिणपन्थी पार्टी न्याशनल र्‍यालीले ३३.२ प्रतिशत मतसहित अग्रता लिएको थियो ।

आप्रवासी विरोधी न्याशनल र्‍यालीका नेता मरिन ले पेनले निर्वाचन परिणामप्रति उत्साहित हुँदै वर्तमान राष्ट्रपति इम्यानुअल म्याक्रोन गुट तहसनहस भएको बताएकी थिइन् ।

ले पेन यसअघि दुई पटकसम्म म्याक्रोनसँग प्रतिस्पर्धा गरेर पनि पराजित भएकी थिइन् । उनको जस्तै दोस्रो चरणको नतिजासँगै न्याशनल र्‍यालीले नयाँ प्रधानमन्त्रीको रूपमा अगाडि सारेका २८ वर्षीय जोर्डन बारडेलाको प्रधानमन्त्री बन्ने चाहना पनि अधुरै रहेको छ ।

चुनावी नतिजापछि उनले भनेका छन्, ‘हाम्रो दललाई विजयी हुनबाट वञ्चित गरिएको छ र फ्रान्सलाई अनिश्चितता र अस्थिरतातर्फ धकेलिएको छ।’

पहिलो चरणमा वामपन्थी गठबन्धनले २८.१ प्रतिशत र म्याक्रोनले २१ प्रतिशत मात्र मत प्राप्त गरेका थिए । यसअघि सार्वजनिक चुनावी सर्वेक्षणका नतिजाले पनि मरिन ले पेन नेतृत्वको न्याशनल र्‍यालीले सबैभन्दा धेरै सिट जित्ने देखाएका थिए ।



चुनावी सर्वेक्षणका नतिजा र पहिलो चरणमा चरम दक्षिणपन्थीहरूको अग्रतालाई लक्षित गर्दै धेरै राजनीतिक विश्लेषकहरूले फ्रान्स जस्तो ‘क्रान्तिकारी देश’ को आधुनिक कालखण्डमा दक्षिणपन्थको यो स्तरको विकासलाई अनपेक्षित भनेका थिए ।

तर, दोस्रो चरणको चुनावसम्म पुग्दा वामपन्थी शक्तिहरू नजिक हुँदा परिणाम थप रोचक बनेको हो ।

युरोपेली संसदको निर्वाचनमा अति दक्षिणपन्थीहरूसँग पराजय व्यहोरेपछि समय अगावै निर्वाचन घोषणा गरेका राष्ट्रपति म्याक्रोनले मत परिणामको विश्लेषण गरिएको र तत्काल प्रतिक्रिया नआउने संकेत गरेका छन् ।

त्रिशंकु संसद बनेसँगै फ्रान्समा गठबन्धन सरकार बन्ने भएको छ । यसका लागि न्यू पपुलर र राष्ट्रपति म्याक्रोनको दल मिलेर सरकार बन्न सक्ने आकलन फ्रान्सेली सञ्चार माध्यमले गरेका छन् ।

गृहनगरमै म्याक्रोनको हार

चुनावमा राष्ट्रपति म्याक्रोन र उनकी पत्नीले मतदान गरेको गृहनगरमा दक्षिणपन्थी पार्टीको उम्मेदवारले ४३ प्रतिशत मत ल्याएर जितेका छन् । जबकि म्याक्रोनको रिनेसां पार्टीका उम्मेदवारले केवल ३०.६६ प्रतिशत मत पाए ।

यद्यपि यो मत परिणामबाट राष्ट्रपति म्याक्रोनले राहतको सास फेरेका छन् । किनकि उनी ‘दक्षिणपन्थका उदाउँदा तारा’ भनिएका जोर्डन बर्डेलालाई प्रधानमन्त्री नियुक्त गर्न बाध्य हुनुपरेन ।

पहिलो चरणको चुनावमा अति दक्षिणपन्थी शक्ति निकै अगाडि देखिएपछि म्याक्रोनले वामपन्थीहरूसँग हात अघि बढाएका थिए । दुवै पार्टीले आफ्ना कैयौं उम्मेदवार फिर्ता लिएर अप्रत्यक्ष चुनावी तालमेल गरेका थिए ।

प्यालेस्टिनी राज्यलाई मान्यता

चार युरोपेली देश स्पेन, नर्वे, आयरल्याण्ड र स्लोभेनियाले प्यालेस्टिनी राज्यलाई मान्यता दिइसकेको पृष्ठभूमिमा फ्रान्सको वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्टका नेता जीन लुक मेलेन्सनले आफ्नो गठबन्धनले प्यालेस्टाइन राज्यलाई मान्यता दिने बताएका छन् । नयाँ सरकार बनेसँगै प्यालेस्टिनी राज्यलाई मान्यता दिइने वामपन्थी ब्लकका नेताले बताउन थालेका छन् ।

पहिलो दल भएको नाताले आगामी प्रधानमन्त्री न्यू पपुलर फ्रन्टबाटै हुने उक्त पार्टीका नेताहरूले बताउन थालेका छन् । यता, म्याक्रोनको पार्टीका वर्तमान प्रधानमन्त्री गेब्रियल अट्टलले राजीनामा दिने बताएका छन् ।

नतिजापछि पेरिसमा हिंसात्मक प्रदर्शन

फ्रान्सको संसदीय निर्वाचनको नतिजा सार्वजनिक भएपछि राजधानी पेरिसका केही स्थानमा हिंसात्मक प्रदर्शन भएको छ ।

वाम गठबन्धन पहिलो शक्तिमा स्थापित भएपछि हजारौं मानिसहरू पेरिसको सडकमा भेला भएका छन् ।

पेरिसमा सुरक्षा व्यवस्था कडा पारिएको छ र दंगा नियन्त्रण प्रहरी परिचालन गरिएको छ।

बजारको प्रतिक्रिया

बीबीसीका अनुसार नयाँ चुनावी परिणामको तीब्र प्रभाव बजारमा परेको छ । यूरोको मूल्य ०.२ प्रतिशतले घटेर अब १.०८ डलर पुगेको छ। वामपन्थी शक्तिको आगमनले त्यहाँका लगानीकर्ता चिन्तित देखिएको प्रारम्भिक टिप्पणी अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले गरेका छन् ।

सबैभन्दा धेरै सिट जितेको वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्टले राष्ट्रपति इम्यानुयल म्याक्रोनले अगाडि सारेको सुधारवादी एजेन्डा अगाडि नबढाउने विश्लेषण सुनिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षमा लैजाने बोइङको अन्तरिक्ष यान स्टारलाइनर पृथ्वीमा फर्किएको छ । अन्तरिक्ष यात्रा गरेका बुच विल्मोर र सुनिता विलियम्स भने अझै अन्तरिक्षमै छन् । उनीहरु अर्को वर्षसम्म पृथ्वीमा फर्कने बीबीसी समाचारमा उल्लेख छ । दुवै अहिले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेका जनाइएको छर परिक्रमा प्रयोगशालाबाट अनडक गरेपछि, खाली अन्तरिक्ष यान स्वायत्त मोडमा ...
: बिना कागजात (गैरकानुनी) रूपमा यूएईमा बसोबास गरिरहेका बिदेशी नागरिकहरूका लागि भिसा आममाफी (एम्नेस्टी) सुरु भएको छ । गत आइतबार १ सेप्टेम्बरदेखि लागू हुने गरी भिजिट वा रेसिडेन्स भिसा ‘ओभरस्टे’ भएका वा अन्य कुनै कारणले गैरकानुनी तवरले बसोबास गरिरहेकालाई कानुनी दायरामा ल्याउनका लागि ६० दिनको अवधि तोकी आममाफी घोषणा गरिएको हो । विभिन्न कारणले यूएईमा अलपत्र परेका नेपालीहरूले ...
। क्यानडाको वामपन्थी दल न्यु डेमोक्रेटिक पार्टी (एनडीपी)ले प्रधानमन्त्री जस्टिन ट्रुडो नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एनडीपीका नेता जगमित सिंहले सरकारविरुद्ध अविश्वासको प्रस्ताव लैजाने बताएका छन् । उनले ट्रुडोको लिबरल पार्टी कमजोर र स्वार्थी भएकाले समर्थन फिर्ता लिएको जानकारी दिएका छन् । सामाजिक सञ्जालमा पोष्ट भएको एक भिडियोमा उनले भनेका छन्, ‘हामीले प्रधानमन्त्रीलाई हाम्रो ...
। भारत महाराष्ट्रमा निर्मित छत्रपति शिवाजी महाराजको प्रतिमा ढलेपछि प्रतिमा बनाउने व्यक्ति पक्राउ परेका छन् । भारतको सरकारी समाचार एजेन्सी पीटीआईका अनुसार सिन्धुदुर्ग प्रहरीले मूर्तिकार जयदीप आप्टेलाई पक्राउ गरेको हो । उनलाई विहीबार नै अदालत पेश गर्ने तयारी छ । भारत महाराष्ट्रको सिन्धुदुर्ग जिल्लामा पर्ने राजकोट गढीमा नौ महिना अघि मात्र स्थापित छत्रपति शिवाजी महाराजको ३५ फिट ...
। अमेरिकाले रुसका सरकारी मिडियाका अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको छ । राष्ट्रपति चुनावमा दखल दिएको आरोप लगाउँदै अमेरिकाले रुसी मिडियाका १० जना अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको हो । बीबीसीका अनुसार अमेरिकाको राष्ट्रपति चुनावलाई प्रभावित बनाउन अभियान नै चलाएको आरोप रुसमाथि छ । रुसको सरकारी मिडिया आरटी (साविकको रसियन टुडे) माथि रुसको सन्देश प्रवाह गर्नका लागि टेनेसीको एक फर्मलाई एक ...