मुख्य समाचार
अब कहिले खेल्छ नेपालले अन्तर्राष्ट्रिय क्रिकेट ?
अब कहिले खेल्छ नेपालले अन्तर्राष्ट्रिय क्रिकेट ?

। पछिल्लो डेढ वर्ष नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय क्रिकेटमा निकै ब्यस्त रह्यो ।

तीन साताअघि अमेरिका र वेष्टइण्डिजमा आईसीसी टी–२० विश्वकप २०२४ खेलेर फर्केको नेपालले तत्काल खेल्नुपर्ने अन्तर्राष्ट्रिय खेल छैन । वर्षायाम सुरु हुँदा तत्काल घरेलु मैदानमा सिरिज खेल्ने सम्भावना छैन ।

समाजिक सञ्जालमा नेपालले अर्को महिना अफगानिस्तानविरुद्ध सिरिज खेल्ने चर्चा चलेको छ । तर त्यो सत्य नभएको नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का बताउँछन् । अफगानिस्तानविरुद्ध सिरिज खेल्ने हालसम्म कुनै प्रस्ताव र निर्णय नभएको खड्काले अनलाइनखबरलाई जानकारी दिए ।

क्यानको वार्षिक क्यालेन्डर सन् २०२४ लाई आधार मान्दा नेपालले अब सेप्टेम्बरमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछ । क्यानडाअघि कुनै सिरिजको सम्भावना छ भन्ने प्रश्नमा खड्का भन्छन्, ‘हामी योजना निर्माणको क्षणमा छौं । कुनैपनि कुरा पक्का भएको छैन । हालसम्म शून्य जस्तै हो ।’

सेप्टेम्बरमा नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी–२० आई सिरिज हुनेछ । त्यसपछि नेपाल, ओमान र क्यानडाबीच आईसीसी लिग–२ त्रिकोणात्मक सिरिज हुनेछ । लिग–२ त्रिकोणात्मक सिरिजपछि नेपालले क्यानडसँग दुई ओडीआई खेलको सिरिज खेल्ने तालिका छ ।

त्यसपछि नेपालले घरेलु मैदानमा सिरिज खेल्ने तालिका छ । तर कुन टोलीसँग खेल्ने क्यालेन्डरमा उल्लेख छैन । नेपाल अक्टोबरमा अमेरिका भ्रमणमा जानेछ । त्यहाँ नेपाल, अमेरिका र स्कटल्यान्डबीच त्रिकोणात्मक टी–२० आई सिरिज हुनेछ । आईसीसी विश्वकप लिग–२ मा नेपाल, अमेरिका र स्कटल्यान्ड भिड्नेछन् ।

नोभेम्बर १६ देखि डिसेम्बर ७ सम्म नेपाल प्रिमियर लिग हुनेछ । नेपालले डिसेम्बर १५ देखि ३० सम्म घरेलु मैदानमा टी–२० आई र ओडीआई सिरिज खेल्ने तालिका छ । तर कुन टोलीविरुद्ध भन्ने तय भएको छैन । डिसेम्बरमा नै फर्स्टक्लास (प्रथमश्रेणी) खेल नेपालले प्रस्ताव गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ
मधेशवादी दलमा एकता र मोर्चाबन्दीको लहर, जनमत एक्लै
। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको ...
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै
: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ ...