मुख्य समाचार
बागमतीका मुख्यमन्त्रीलाई राजीनामा दिन एमालेको आग्रह
बागमतीका मुख्यमन्त्रीलाई राजीनामा दिन एमालेको आग्रह

। नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दल बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई राजीनामा दिन आग्रह गरेको छ ।

मंगलबार दलका नेता एवम् बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले एक विज्ञप्ति जारी यस्तो आग्रह गरेका हुन् ।


विज्ञप्तिमा भनिएको छ, ‘देशमा राजनीतिक स्थायित्व निर्माण गर्न केन्द्र र सम्पूर्ण प्रदेशहरुमा सहमतिको सरकार गठन गर्ने अभिप्रायले हाम्रो पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले लिइरहेको पहलकदमीलाई आत्मसाथ गर्दै बागमती प्रदेशमा समेत स्थायित्व सुनिश्चित गर्ने सहमतीय सरकार निर्माणको वातावरण बनाउन हामी क्रियाशील छौं । यसका लागि नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको समर्थनमा गठन भएको माननीय मुख्यमन्त्री शालिकराम जम्कट्टेलको नेतृत्वको वर्तमान सरकारबाट हाम्रो पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने ५ (पाँच) जना मन्त्रीहरुले हिजो माननीय मुख्यमन्त्रीलाई भेटेर राजीनामा तथा समर्थन फिर्ताको औपचारिक जानकारी गराइसकेका छौं ।’

साथै बागमती प्रदेश सरकारलाई दूरगामी महत्व राख्ने निर्णयहरु नगर्न समेत आग्रह गरेको छ ।



कामचलाउ हैसियतमा पुगिसकेको वर्तमान सरकार स्पष्ट अल्पमतमा परिसकेको भन्दै मुख्यमन्त्रीलाई यथाशीघ्र राजीनामामा गरी सहमतीय सरकार निर्माण गर्ने अभियानलाई साथ दिन अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काममा फेरि स्थानीयले अवरोध गरेका छन् । निर्माणको गति बढिरहेकै बेला चन्द्रागिरि नगरपालिका–२ स्थित टुटिपाखाका स्थानीयले पूरा भइसकेका मागलाई व्यवस्थित गर्नुपर्ने भन्दै काममा अवरोध गरेका हुन् । स्थानीयले सुरुङ निर्माणमा अवरोध गरेको यो पहिलो घटना भने होइन । यसमा काम गर्न नदिन मात्रै स्थानीयले निर्माण सुरु भएयता छैटौं पटक आइतबार अवरोध ...
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कांग्रेस-एमालेसहितको सरकारमा सहभागी हुने कुनै नीति नरहेको स्पष्ट पारेका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकारमा जाने कुनै नीति नलिएको र यसबारे कुनै छलफलसमेत नभएको बताए। प्रचण्डले मुलुकमा कुनै संकट आएको खण्डमा समाधानको विचार दिन भने आफूहरू तयार रहे पनि सरकारमा सामेल हुन भने नसकिने स्पष्ट पारे। कांग्रेस, ...
— संसद्ले लोक सेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने गरी कानुन बनाउन लागेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा एक जनाले कति पटकसम्म लोक सेवा परीक्षा दिन पाउने भनी सीमा तोक्न लागिएको हो । समितिअन्तर्गतको उपसमितिले ६ पटकसम्म ...
— संसद्ले लोक सेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने गरी कानुन बनाउन लागेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा एक जनाले कति पटकसम्म लोक सेवा परीक्षा दिन पाउने भनी सीमा तोक्न लागिएको हो । समितिअन्तर्गतको उपसमितिले ६ पटकसम्म ...
: रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ७ किलो गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको महाराष्ट्र प्रदेश मुम्बईको गुलनाज बेग रहेको प्रहरी स्रोतले जनाएको छ। ‘सोमबार दिउँसो थाइल्याण्डबाट थाई एयर एसियाको विमानमा आएकी उक्त महिलाको लगेज चेकजाँच गर्ने क्रममा करिब ७ किलो गाँजा बरामद भएको हो’, प्रहरी स्रोतले भन्यो, ‘महिलालाई पक्राउ गरेर थप ...