मुख्य समाचार
संशोधन सहित काठमाडौं महानगरको नीति कार्यक्रम सर्वसम्मत पारित
संशोधन सहित काठमाडौं महानगरको नीति कार्यक्रम सर्वसम्मत पारित

। काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

३२ जेठमा महानगरका मेयर बालेन साहले पेस गरेको नीति कार्यक्रम संशोधन सहित सर्वसम्मत पारित भएको हो । नीति तथा कार्यक्रममा तीन वडाध्यक्षले राखेका संशोधन प्रस्ताव समेट्दै पारित भएको हो ।




२ असारमा नगरसभामा नीति तथा कार्यक्रममाथि छलफल गरेर पारित गर्ने कार्यसूची थियो । तर, साझा संशोधन प्रस्ताव आएपछि छलफल हुन सकेको थिएन ।

१५औं अधिवेशनको दोस्रो बैठकमा महानगरको नीति तथा कार्यक्रममाथि बोल्न चाहनेका लागि नाम टिपाउन ५ मिनेट समय सुनाएपछि तीन दलका निर्वाचित तीन वडाध्यक्षले साझा संशोधन प्रस्ताव राखेका थिए ।



२ असारमा महानगर प्रवक्ता समेत रहेका नेपाली कांग्रेसका तर्फबाट निर्वाचित वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर, एमालेका तर्फबाट निर्वाचित ३२ नम्बर वडाका अध्यक्ष नवराज पराजुली र एकीकृत (समाजवादी) बाट निर्वाचित वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले नीति तथा कार्यक्रममाथि अध्ययन गरेर संशोधन प्रस्ताव तयार गर्न केही समय लाग्ने बताएका थिए ।

त्यसका लागि केही घण्टा नगरसभा बैठक सार्न आग्रह गर्दा मेयर बालेन मानेका थिएनन् । उनले बजेटको दिनसम्मकै लागि बैठक स्थगित गरेका थिए ।

१० असारमा बजेटकै दिन बालेनले नीति कार्यक्रममा छलफल गराए । तर, उक्त दिन मानन्धर, पराजुली र डंगोलले नीति कार्यक्रममा साझा संयुक्त संशोधन प्रस्ताव पेस गरे पनि उक्त प्रस्तावमा अधिकांश नगरसभा सदस्य देखिए । मेयर बालेनले ल्याएको नीति कार्यक्रम कार्यपालिकामा नै छलफल नभएको कुरा नगरसभामा कुरा उठेको थियो ।

नीति तथा कार्यक्रममा प्रश्न उठेपछि पास नगरी आगामी आवको बजेट प्रस्तुत भएको थियो । १४ असारमा मेयर बालेनले आगामी आवको नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरे तर नगरसभा सदस्यहरूले तीन वडाध्यक्षले राखेको साझा संशोधन प्रस्तावमाथिको छलफलपछि मात्रै पास गर्ने बताएका थिए ।

त्यसपछि सोमबार महानगरको कार्यपालिका हलमा व्यापक छलफल भएपछि संशोधन प्रस्ताव ‘यथासम्भव सम्बोधन’ गर्न मेयर तयार भएका थिए ।

त्यसपछि आज संशोधन सहित नीति तथा कार्यक्रम पारित भएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राज्यको पुनः संरचना, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासकीय स्वरुप र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संविधान संशोधन गर्न सकिने बताएका छन् । संविधानमा भएका अधिकारलाई कटौती गर्न र मुलुकलाई पछाडि फर्काउनका लागि गरिने संशोधन आफ्नो पार्टीलाई स्वीकार्य नभएको उनको भनाइ छ । राष्ट्रिय समाचार समितिसँग कुराकानी गर्दै शर्माले भनेका ...
— नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी जनयुद्ध र शान्ति प्रक्रियाका २० वर्ष पछिको परिवर्तनमाथि प्रश्न उठेको बताएका छन् । शान्ति प्रक्रियापछि स्थापित लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र सामाजिक न्यायको कार्यान्वयन माथि प्रश्न उठेको र समस्या तथा सीमाहरू देखिएको उनको भनाइ छ । नेकपा माओवादी केन्द्र चन्द्रकोट गाउँ कमिटीको तेस्रो अधिवेशन उद्घाटन गर्दै उनले ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्याएको बताएका छन् । शनिबार काठमाडौंमा नेपाल पुलिस क्लब द ब्लु पेभिलियनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउने कार्यको बचाउ गर्दै यसो भनेका हुन् । संघीय संसद् अधिवेशन आह्वान गर्नुपहिले ल्याइएका अध्यादेशले २९ वटा कानुन संशोधन गरिएको पनि प्रधानमन्त्री ओलीले बताए । उनले ...
: मधेश प्रदेशका मुख्यमन्त्री सतिष कुमार सिंहले जनकपुरधामको अवैधानिक रूपमा सञ्चालित मुस्कान अस्पताल बन्द गर्न निर्देशन दिएका छन्। अस्पतालमा पित्तथैलीको अप्रेसन गरेको बिरामीको २० दिनसम्म होस खुल्न नसकेको समाचार प्रकाशन भएपछि मुख्यमन्त्रीले अस्पताल अनुगमन गरेर सिल गरेर साँचो बुझाउन निर्देशन दिएका हुन्। मुख्यमन्त्रीले शुक्रबार ११ बजे राति अनुगमन गरी बन्द गर्न निर्देशन दिएका हुन्। ...
— जितपुर सिमरा उपमहानगरपालिका-७ जितपुर बजारबाट १० दिनदेखि हराइरहेका तीन वर्षीय बालकको शव फेला परेको छ । वीरगन्ज-३२ टेढा गाउँनजिकको सियासोती खोलामा बालक अंशु जयसवालको शव शनिबर फेला परेको इलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरीक्षक शुभद्रा वाइबाले बताइन् । माघ १७ मा बालक घरबाट खेल्न निस्केका थिए । बालकको शव खोलामा घोप्टो परेको अवस्थामा ...