। नेपाल महिला क्रिकेट टोली पहिलो टी-२० अभ्यास खेलमा श्रीलंका डेभलप्मेन्टसँग ३३ रनले पराजित भएको छ ।
जित्नलाई ९६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित १५ ओभरमा ९ विकेट गुमाउँदै ६३ रन बनायो । नेपालकी सीता रानामगरले ११ र रुविना क्षेत्रीले १७ रन बनाए ।
देवमी विहांगाले ३ र सेहानीले २ विकेट लिइन् । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंका डेभलप्मेन्टले २० ओभरमा ८ विकेट गुमाउँदै ११८ रन बनाएको थियो ।
दुलानीले २७ रन बनाइन् । नेपालकी सबनम राईले ३ र राजमति ऐरीले १ विकेट लिइन् ।
नेपालले श्रीलंका डेभलप्मेन्टसँग तीन टी २० खेलको सिरिज खेल्नेछ । नेपालले अक दोस्रो खेल बुधबार र तेस्रो खेल आगामी मंगलबार खेल्नेछ ।
नेपालले एसीसी एसियाकप अघि तयारी खेल खेलेको हो । एसिया कप १९ देखि २८ जुलाईसम्म श्रीलंकामा हुँदैछ । नेपाल, भारत, पाकिस्तान र युएई समूह ए मा छन् ।