मुख्य समाचार
कोशीमा सोमबार एकै दिन २ अर्ब ३० करोड बजेट खर्च
कोशीमा सोमबार एकै दिन २ अर्ब ३० करोड बजेट खर्च

। कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २८ अर्ब ३६ करोड ७८ लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ ।

यो खर्चको ठूलो हिस्सा असार महिनामा मात्रै खर्च भएको छ ।


प्रदेश लेखा नियन्त्रक कार्यालय कोशीका सूचना अधिकारी ऋषिकुमार खनालका अनुसार असार महिनामा मात्रै ८ अर्ब १९ करोड ६९ लाख ६८ हजार रुपैयाँ खर्च भएको छ ।
खर्च गर्ने अन्तिम दिन सोमबारमात्रै २ अर्ब ३० करोड ३५ लाख ८८ हजार रुपैयाँ खर्च भएको छ ।

कोशी प्रदेश सरकारले गत जेठसम्म २० अर्ब १७ करोड मात्रै खर्च गरेको थियो । जेठ महिनामा ४ अर्ब २९ करोड ६ लाख रुपैयाँ खर्च भएको थियो ।


चालु आर्थिक वर्षका लागि सरकारले ३६ अर्ब ८१ करोड ९० लाख ७४ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

जसमा चालुतर्फ १५ अर्ब ९३ करोड ३५ लाख ६२ हजार र पुँजीगततर्फ २० अर्ब ८७ करोड ५५ लाख १२ हजार रुपैयाँ विनियोजन भएको थियो ।

कोशी सरकारले पुँजीगततर्फ १६ अर्ब ३६ करोड ६ लाख ४४ हजार र चालुतर्फ १२ अर्ब ७२ लाख ३१ हजार रुपैयाँ खर्च गरेको छ ।

कोशीले चालु आवका लागि ल्याएको बजेटमध्ये ८ अर्ब ४५ करोड ११ लाख ९७ हजार रुपैयाँ खर्च भएन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बिहीबार विहान मोरङको बेलबारीमा एउटा कुकुरले आतंक मचाएको छ । बिहान साढे ९ बजे बेलबारी नगरपालिका– १ र ३ नम्बरमा आतंका मच्चाउँदै ९ जनालाई टोकेको हो । घर वरपर काम गरिरहेका र बाटो हिँडिरहेकालाई कुकुरले लखेटीलखेटी टोकेको थियो । कुकुरले गाउँका केही घरपालुवा कुकुरलाई पनि टोकेको थियो । बेलबारी नगरपालिकाका प्रवक्ता टेकबहादुर राईका अनुसार बेलबारी–३ का ...
। ब्रिटिस काउन्सिलले फाउन्डेसन इंग्लिस टेस्ट (एफईटी) को परीक्षा आवेदन खुला गरेको छ । सरकारले इजरायलमा केयर गिभरको रुपमा काम गर्न जान इच्छुकसँग आह्वान गरेको आवेदनको प्रक्रियालाई प्रभावित गर्न बन्द टेस्टको आवेदन गत २१ असारदेखि बन्द गरिएको थियो । तर, बधारबार रातिदेखि आगामी १ असारसम्मका लागि परीक्षा आवेदन खुलेको हो । अब एफईटीको परीक्षा लिन ...
। नेपाली कांग्रेसले बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा माग गरेको छ । बागमती प्रदेश सभाको पहिलो दल कांग्रेसले बिहीबार विज्ञप्ति निकालेर मुख्यमन्त्री जम्कट्टेलको राजीनामा माग गरेको हो । नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाएको र समर्थन फिर्ता लिएकाले सरकार अल्पमतमा परेको कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको र ...
। बुढानिलकण्ठ नगरपालिका–३ रुद्रेश्वर चोकमा रहेको माछापुच्छ्रे बैंकको एटीएम मेसिने तोडफोड भएको छ । तोडफोड गरेर भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोटको किस्पाङ गाउँपालिका–१ घर भई बुढानिलकण्ठ बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले, र सोही ठाउँका १९ वर्षीय सुजन तामाङ छन् । उनीहरुलाई प्रहरीले वृत्त महाराजगञ्जले पक्राउ गरी अनुसन्धान अघि ...
। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर पर्ने गरी संविधान संशोधन नहुने बताएका हुन् । उनले भने, ‘दश वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दै जाने क्रममा देखिएका त्रुटिलाई सच्याउन सबै राजनीतिक दलको साथ ...