मुख्य समाचार
के एआईका लागि विश्वमा पर्याप्त बिजुली छ ?
के एआईका लागि विश्वमा पर्याप्त बिजुली छ ?

यदि तपाईं आफ्नो ल्यापटपको पिंधको भाग छाम्नुभयो भने सायद त्यो तातो महसुस हुन्छ ।

इमेल डिस्प्ले गर्नेदेखि स्प्रेडशिट बनाउने अनि विभिन्न चिप्स चलाउनका लागि ल्यापटपलाई करोडौं क्याल्कुलेसन गर्नु पर्दछ, जसमा ऊर्जा खपत हुन्छ ।




यही कारणले गर्दा जब तपाईंले लामो समयसम्म काम गर्नुहुन्छ तब ल्यापटपको ब्याट्री छिटै डिस्चार्ज हुन्छ । अब कल्पना गर्नुहोस् त ती दुनियाँका लाखौं करोडौं कम्प्युटरहरू जसले स्प्रेडशिट होइन कि आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईका लागि एल्गोरिदम बनाइरहेका छन् !

तिनै एआईको मद्दतले त्यस्ता औषधिहरू समेत बनाउन सकिन्छ जसबाट सबै प्रकारका क्यान्सरको उपचार हुनसक्छ । यसले पृथ्वीको बढ्दो तापमान रोक्नमा पनि मद्दत मिल्नसक्छ । यतिमात्र होइन यस्ता कैयन् कामहरू जुन मानिसले गर्न चाहँदैन, ती सबै एआईको मद्दतले मेसिन मार्फत् गराउन सकिन्छ ।



तर, एआईलाई विकसित गर्नका लागि करोडौं कम्प्युटर चलाउन र त्यसलाई चिस्याउन आवश्यक एयर कण्डिसनिंगका लागि ठूलो परिमाणमा उर्जाको आवश्यकता पर्दछ।

संसारलाई बदल्दै एआई

एआई

आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई भनेको त्यस्तो सुपर एडभान्स्ड कम्प्युटर प्रोग्राम हो जसले विशाल मात्रामा डेटा प्रोसेस गर्न सक्दछ।

अर्थात् उसले सामान्य प्रोग्रामभन्दा अत्यधिक पेचिलो काम गर्न सक्दछ र त्यसको डेटा प्रोसेसिङ क्षमता मानिसको मस्तिष्कको क्षमता भन्दा निकै धेरै हुन्छ, जसका कारण विभिन्न समस्याहरुको समाधान निकाल्नमा सफल हुन्छ।

सिड्नीस्थित रणनीतिक भविष्यवेत्ता डाक्टर मार्क भ्यान रायमेनम भविष्यमा कस्तो खालको प्रविधिको विकास हुनसक्छ भन्ने कुराको अनुमान लगाउनुका साथै त्यसको आँकलन गर्ने गर्दछन् ।

उनका अनुसार स्वास्थ्य सेवामा एआईको प्रभाव अहिलेदेखि नै देखापर्न थालेको छ।

उनी भन्छन्- गुगलले मेड जेमिनी नामक एउटा एआई प्रोग्राम बनाएको छ जसलाई डाक्टरहरुले बिरामीको जाँच गर्ने समयमा आफ्नो सहयोगीको रुपमा प्रयोग गर्न सक्दछन् ।

डिप माइन्सको अल्फा फोल्ड एउटा यस्तो एआई प्रोग्राम हो जसले शरीरमा प्रोटिनले कसरी काम गर्दछ भन्ने पत्ता लगाउँछ । यसको प्रयोगबाट केबल बिरामीहरुको उपचारमा सहयोग पुग्ने मात्र नभई त्यस्ता रोगहरुबाट बँच्न समेत सकिन्छ ।

चिकित्सा क्षेत्रमा नयाँ सम्भावनाहरु पैदा गर्दै एआई

एआई से चिकित्सा जगत में भी पैदा हो रहीं नई संभावनाएं

डिप माइन्डको आर्टिफिसियल इन्टेलिजेन्स प्रोग्राम अल्फा फोल्डबाट चिकित्सा जगतमा विभिन्न सम्भावनाहरू उजागर भइरहेका छन् ।

एआईले वर्तमान विश्वको सबैभन्दा ठूलो चुनौतीको रुपमा रहेको तापमान वृद्धिसँग जुध्नका लागि समेत सहयोग गर्न सक्दछ ।

मार्क भ्यान रायमेनमका अनुसार एआईले हाल जलवायु परिवर्तन नियन्त्रण गर्नमा सहयोग गरिरहेको छ । उनका अनुसार अहिले यस्ता एआई प्रोग्राम छन् जसको मद्दतले कहाँ कहाँ प्राकृतिक विपद् घटित हुन्छन् भनेर पत्ता लगाउन सकिन्छ। साथै मौसममा आइरहेको परिवर्तनको सटिक अनुमान पनि लगाउन सकिन्छ ।

मार्कका अनुसार भविष्यमा आर्टिफिसियल सुपर इन्टेलिजेन्स पनि बनाउन सकिन्छ जसले दुनियाँमा हरेक मानिसको जिन्दगी बदल्न सक्दछ। त्यस्तो आर्टिफिसियल सुपर इन्टेलिजेन्स विश्वको समुच्चा मानव प्रजातिभन्दा अधिक तिक्ष्ण तथा सक्षम हुनेछ । यो सम्भावना जति डरमर्दो छ उत्तिनै रोचक पनि छ ।

यसबाट दुनियाँका विभिन्न पेचिला समस्याहरू पनि हल हुन सक्दछन् । एआईको प्रयोगबाट न्युक्लिएर फ्युजन गर्न तथा सोलार प्यानललाई अझै उत्कृष्ट बनाउन समेत सहयोग पुगिरहेको छ।

भविष्यमा जब सुपर आर्टिफिसियल इन्टेलिजेन्स विकशित हुनेछ तब हुनसक्छ कि हामीले ती चिजहरुबाट समेत ऊर्जा उत्पादन गर्न सक्नेछौं जो अहिले सम्भव छैन।

यो सुन्दा अनौठो लाग्नसक्छ तर यदि मानिसले अत्यधिक बुद्धिमत्तायुक्त चिज बनायो भने कुनै पनि कुरा सम्भव हुनेछ । सुपर आर्टिफिसियल इन्टेलिजेन्सका कारण सबै कुरा यतिधेरै प्रचूर मात्रामा उपलब्ध हुनसक्छ कि विश्वका सबै खालका समस्या समाप्त हुनसक्छन् ।

एआईलाई ऊर्जाको आवश्यकता

लस एन्जल्सस्थित साउदर्न क्याफिोर्निया विश्वविद्यालयका शोध प्राध्यापक केट क्रफर्डले पृथ्वीमा एआईको बढ्दो प्रभावका विषयमा अध्ययन गर्दै आएका छन् । उनका अनुसार हाम्रो दैनिक जीवनमा एआईको उपस्थिति अहिले विभिन्न ठाउँमा देखिन थालेको छ ।

फोनलाई अनलक गर्नका लागि फेस डिटेक्सनदेखि स्पम इमेलको पहिचान गर्ने सम्मका काम एआईको सहयोगमा हुन्छन् । साथै यसैको सहयोगमा भाषाको अनुवाद गर्ने प्रोग्राम पनि बनाउन सकिन्छ।

तर एआई प्रोग्राम बनाउने तथा सञ्चालित गर्ने कम्प्युटरलाई चलाउनका लागि भारी मात्रामा बिजुली खर्च हुन्छ। एक प्रक्षेपण अनुसार सन् २०२७ सम्ममा एआईले खपत गर्ने उर्जा नेदरल्याण्ड जत्रो देशले गर्ने कुल ऊर्जा खपतभन्दा अधिक हुनेछ।

प्राध्यापक क्रफर्डका अनुसार एआईलाई विकसित गर्न वा प्रयोग गर्नका लागि ठुलो संख्यामा मेसिनहरू तथा कम्प्युटरहरू आवश्यक पर्दछन्, जसले एल्गोरिदमको प्रयोग गरेर करोडौं क्याल्कुलेसन गर्दछन् ।

पछिल्लो दुई तीन वर्षमा यी सुविधाहरूको निर्माणमा ठुलो वृद्धि भएको छ । यसका कामका लागि विशाल डेटा सेन्टर बनाउनु पर्दछ जसमा सयौं ठुला कम्प्युटरहरू जडान हुन्छन् ।

ठुलो गोदाम आकारका ती भवनहरुमा झ्याल हुँदैनन् र त्यसलाई चिसो राखिराख्नुपर्ने हुन्छ । जसका लागि पनि ठूलो परिमाणमा ऊर्जा खपत हुन्छ ।

संसारमा यस्ता ९ देखि १२ हजारवटा डेटा सेन्टर छन् । यहाँ एआईलाई चलाउनका लागि शक्तिशाली सुपर कम्प्युटरको प्रयोग गरिन्छ, जसबाट निकै धेरै तापक्रम पनि पैदा हुन्छ ।

आम रुपमा डेटा सेन्टरहरु नदी वा तलाउ जस्ता पानीका स्रोतहरुको नजिकै बनाइन्छ ताकि त्यसलाई शीतल राख्नका लागि पर्याप्त मात्रामा पानीको आपूर्ति सुनिश्चित हुन सकोस् । तर, पानी पम्प गर्न र कम्प्युटरहरू चलाउनका लागि ठुलो मात्रामा बिजुलीको खाँचो पर्दछ ।

अत्यधिक ऊर्जा खपत गर्दै नयाँ एआई मोडेल

एआई से तैयार किए गए रोबोट

केट क्रफर्डका अनुसार एआईले विश्वको कुल बिजुलीको बजेटको ८ देखि १० प्रतिशत हिस्सा ओगटिरहेको छ जुन निकै धेरै हो ।

आगामी दिनमा एआईका लागि बिजुलीको आवश्यकता झनै बढ्नेछ, जब जेनेरेटिभ एआईको प्रयोग बढ्नेछ । जेनेरेटिभ एआई त्यस्तो आर्टिफिसियल इन्टेलिजेन्स हो जसले हामीसँग च्याट गर्नसक्छ, तस्वीरहरू बनाउन सक्छ र नमूना संगीतको सहयोगमा नयाँ संगीत तयार गर्नसक्छ ।

स्विट्जरल्याण्डको डाभोसमा २०२४ को वर्ल्ड इकोनोमिक फोरमको बैठकमा बोल्दै च्याट जिपिटी निर्माता कम्पनी ओपन एआईका प्रमुख साम अल्टम्यानले भनेका थिए कि एआईका नयाँ मोडेलले पूर्वानुमानभन्दा निकै धेरै ऊर्जा खपत गर्नेछन् ।

प्राध्यापक क्रफर्डका अनुसार एआई एक ऊर्जा संकटतर्फ अघि बढिरहेको छ । जेनेरेटिभ एआईले ठुलो मात्रामा बिजुलीको प्रयोग गर्नेछ । जसका कारण विद्युत उत्पादन संयन्त्रमा पहिलेदेखि नै रहेको आपूर्तिको दबाब झनै बढ्नेछ।

यदि यस समस्याको समाधान निकाल्न सकिएन र ऊर्जाका नयाँ स्रोत तयार गर्न सकिएन भने समस्या गम्भीर बन्नेछ।

के एआई चलाउन हामीसँग पर्याप्त ऊर्जा छ ?

लोगों के जीवन में भी बढ़ा है बिजली का इस्तेमाल

हामीलाई लाग्नसक्छ कि यसका लागि अहिले पर्याप्त उर्जा छ र भविष्यमा अफ्रिकाबाट हरित ऊर्जा प्राप्त गर्ने व्यापक सम्भावना छ ।

तर, हाम्रो अगाडि सबैभन्दा ठुलो चुनौती भनेकै एआईलाई चलाउनका लागि सञ्चालन हुने डेटा सेन्टरमा आपूर्ति गरिने अधिकांश बिजुली नवीकरणीय अर्थात् हरित स्रोतहरुबाट कसरी प्राप्त गर्ने र पर्यावरणमा पर्ने असरलाई कसरी कमभन्दा कम गर्ने भन्ने नै हो ।

साथै एआईको प्रयोग आवश्यक काममा मात्र होस् भन्ने कुरामा पनि नियमनको खाँचो देखिन्छ । किनकि एआईबाट कमिक तस्वीर बनाउन तथा कसैको आवाज बदल्नमा नै अत्यधिक बिजुली खपत हुने गरेको छ।

आगामी दिनमा एआईका लागि ऊर्जाको आवश्यकता झनै बढ्नेछ। तर खुसीको कुरा के भने सुपर एआई मोडेलले हाम्रा विभिन्न समस्याहरूका साथसाथै ऊर्जा संकटको समस्यालाई पनि दूर गर्न सक्दछ ।

-बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतको राजधानी नयाँ दिल्लीमा जीआरएपी-४ लागू भएको छ। वायु प्रदूषणको मात्रा अत्यधिक बढेपछि जिआरपी-४ लागू गरिएको हो। यससँगै दिल्ली-एनसीआरमा इलेक्ट्रिक वा बीएस-६ डिजेलको गाडी र अति आवश्यक सामान ल्याउने ट्रकलाई मात्र प्रवेश अनुमति दिइनेछ। भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले सोमबार विहान वायु प्रदूषणको सूचकांकलाई 'गम्भीर' श्रेणीमा राखेको थियो। विहान ८ बजे दिल्लीको आनन्द ...
— अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई बारुदी सुरुङहरू उपलब्ध गराउन सहमत भएका छन् । किभलाई अमेरिकी क्षेप्यास्त्रहरू प्रयोग गर्न अनुमति दिएको केही दिनभित्र बाइडेन बारुदी सुरुङहरू दिन सहमत भएका हुन् । युक्रेनले मंगलबार मात्रै रुसी भूमिमा अमेरिकामा निर्मित लामो दूरीको क्षेप्यास्त्रहरू प्रयोग गरेको थियो । रुसी अधिकारीहरूका अनुसार युक्रेनले अमेरिकामा निर्मित पाँचवटा क्षेप्यास्त्र प्रहार गरेको ...
: श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नयाँ मन्त्रिमण्डल गठन गरेका छन्। गत हप्ता भएको मध्यावधि संसदीय निर्वाचनपछि बनेको नयाँ २२ सदस्यीय मन्त्रिमण्डलमा रक्षा र वित्त (अर्थ) मन्त्रालयको जिम्मेवारी आफ्नै मातहतमा राखेका हुन्। गत सेप्टेम्बरमा भएको राष्ट्रपतीय चुनावमा विजयी भएका वामपन्थी नेताले आफ्नो अन्तरिम मन्त्रिमण्डलका सहकर्मीहरू प्रधानमन्त्री हरिनी अमरासुरिया र विदेशमन्त्री विजिता हेराथले आफ्नो जिम्मेवारी सम्हाल्ने बताएका ...
— हङकङको एक अदालतले त्यहाँका प्रमुख लोकतन्त्रवादी नेता तथा कार्यकर्तालाई देशद्रोहको अभियोगमा १० वर्षसम्मको जेल सजाय सुनाएको छ । उनीहरूलाई राष्ट्रिय सुरक्षासम्बन्धी एक मुद्दामा यसअघि नै दोषी ठहर गरिएको थियो । सजाय पाउनेमा बेनी ताई र जोशुआ वङसहित ४५ जना लोकतन्त्र पक्षधर छन् । उनीहरू 'हङकङ-४७' समूहसँग आवद्ध छन् । अदालतले ताईलाई १० वर्ष र वोङलाई ...
— अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्चित 'परियोजना २०२५' नामक दस्तावेज लेख्न प्रमुख भूमिका निभाएका टेलिकम क्षेत्रका अधिवक्ता ब्रेन्डन कार अमेरिकाको संघीय सञ्चार आयोगको प्रमुख आयुक्त नियुक्त हुने भएका छन् । लामो समयदेखि सोही आयोग र अन्य निकायमा रहेर उनले ट्रम्पका सञ्चार र प्रविधि नीतिको चर्को वकालत गर्दै आएका थिए । कारको नियुक्तिले नवनिर्वाचित राष्ट्रपतिका अर्का ...