मुख्य समाचार
बजेट आश्रित विधेयकमा विपक्षीको संशोधन स्वीकार नगर्ने अर्थमन्त्रीको अडान
बजेट आश्रित विधेयकमा विपक्षीको संशोधन स्वीकार नगर्ने अर्थमन्त्रीको अडान

। अर्थमन्त्री वर्षमान पुनले बजेट आश्रित विधेयकमा विपक्षीको संशोधन स्वीकार नगर्ने अडान लिएका छन् ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेकपा एमालेले राष्ट्रिय सभामा आर्थिक विधेयकमाथि संशोधन प्रस्ताव राखेको छ । असार १६ गते प्रतिनिधि सभाबाट यो विधेयक पारित हुँदा एमाले सरकारमै थियो । असार १७ गते कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने सहमति भएसँगै एमालेले बजेट आश्रित विधेयकमा राष्ट्रिय सभामा संशोधन प्रस्ताव राखेको हो ।




असार १६ गते प्रतिनिधि सभाबाट बजेट आश्रित विधेयकहरू आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक पारित भएका थिए ।

प्रतिनिधि सभाबाट पारित भएका यी तीन वटा विधेयकमध्ये आर्थिक विधेयकको एउटा दफामा एमालेले राष्ट्रिय सभामा संशोधन प्रस्ताव राखेको छ ।


राष्ट्रिय सभामा एमालेका तर्फबाट सांसद भगवती न्यौपानले आर्थिक विधेयक, २०८१ मार्फत आयकर ऐनमा गर्न खोजिएको संशोधन हटाउनुपर्ने भन्दै संशोधन दर्ता गरेकी छन् ।

प्रचलित ऐनको दफा ५७ (१) मा कुनै निकायको विगत तीन वर्षअघि सम्मको स्वामित्वको तुलनामा ५० प्रतिशत वा सोभन्दा बढी स्वामित्व परिवर्तन भएमा सो निकायले आफ्नो स्वामित्वको सम्पत्ति वा आफूले बहन गरेको दायित्व निःसर्ग गरेको मानिने उल्लेख छ ।

यो प्रावधानमा प्रतिबन्धात्मक वाक्यांश थपेर ‘तर साबिकका शेयरवाला तथा साझेदारको शेयर संख्या र पुँजी यथावत रही नयाँ शेयरवाला तथा साझेदार थप भई पुँजी वृद्धि भएको अवस्थामा यो उपदफाको व्यवस्था लागू हुने छैन,’ भन्ने प्रावधान राख्ने सरकारको प्रस्ताव छ ।

सत्तासमीकरण हुँदा एमाले समेतको मतको आधारमा प्रतिनिधि सभाले पास गरेको विधेयकमा राष्ट्रिय सभामा पुगेपछि एमालेले संशोधन प्रस्ताव राखेर असहयोग गर्न खोजेको सरकारको तर्क छ ।

यो विषयमा छलफल गर्न बसेको राष्ट्रिय सभाको कार्य व्यवस्था परामर्श समितिको बैठक निष्कर्षमा पुग्न सकेको छैन ।

कांगेस र एमालेका सांसदहरूले बैठक सुरु गर्न राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई दबाब दिइरहेका छन् । अध्यक्ष दाहालले ‘सम्बन्धित मन्त्रीलाई जवाफ दिन सदनमा उपस्थित हुने वातावरण बनाउनुस्’ भनिरहेका छन् । सम्बन्धित मन्त्री जवाफ दिन अनुपस्थित भए त्यो विषय अगाडि नै बढ्न नसक्ने कानुनी व्यवस्था रहेको अध्यक्ष दाहालले बताएका छन् ।

सरकारका मन्त्री र विधेयकसँग सम्बन्धित मन्त्री सदनमा अनुपस्थित हुने भएपछि यसलाई आधार बनाएर अध्यक्ष दाहालले राष्ट्रिय सभाको बैठक नै स्थगित गर्ने तयारी गरेका छन् । यस सम्बन्धी व्यवस्था राष्ट्रिय सभा नियमावलीको नियम ६ को उपनियम ५ मा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उच्च अदालत पाटनले वैदेशिक रोजगारमा जाने श्रमिकको विस्तार गरिएको स्वास्थ्य परीक्षण र शुल्क खारेज गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीको निणर्यविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय ऋषिराज भण्डारी र शिवबहादुर रानाभाटको संयुक्त इजलासले बिहीबार अन्तरिम आदेश दिनु नपर्ने आदेश दिएको हो । नेपाल स्वास्थ्य व्यवसायी महासंघ र नेपाल मेडिकल व्यवसायी संघले श्रममन्त्री ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी (सीडिओ) कुमान सिंह गुरुङसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पर्वतको कुस्मा नगरपालिका-७ को खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवनको भुक्तानी गर्दा वदनियतपूर्ण साँठगाँठमा गैरकानूनी लाभ र स्वार्थको आधारमा भएको भन्दै अख्तियारले उनीहरू विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। गुरुङ तत्कालीन समयमा कुस्मा ...
— सुनसरीको कोशी गाउँपालिका–१, पुरी टोलका ४५ वर्षीय विजय साहको जीविकोपार्जनको एक मात्र आधार थियो, सिटी रिक्सा । त्यही रिक्सा चलाएर उनी ६ जनाको परिवार पाल्थे । बुधबार मध्यराति सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको गोलीबाट उनी ढले । उनको मृत्युले परिवारमा शोक मात्रै थपेको छैन, घर चलाउने एक मात्र आधार नै खोसिएको छ । पुरी टोल भारतीय ...
— माइती नेपालले एक वर्षको अवधिमा २ सय ८४ महिला तथा बालबालिकालाई बर्दियाका विभिन्न सीमा नाकाबाट उद्धार गरेको गरेको जनाएको छ । गुलरियामा बिहीबार आयोजित मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सञ्चारकर्मीसँग गरिएको अन्तरक्रिया कार्यक्रममा माइती नेपालले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२५ मा जोखिमपुर्ण यात्रामा रहेका २ सय ८४ महिला तथा बालबालिकालाई सीमाबाट उद्धार गरी ...
: झापाको सदरमुकाम भद्रपुरमा सञ्चालित औषधि पसलहरूमा म्याद गुज्रिएका औषधिहरू पसलमै राखेर बेच्ने गरेको पाइएको छ। भद्रपुर नगरपालिका अन्तरगतको उपभोक्ता हित संरक्षण समितिले नगर क्षेत्रका औषधि पसलहरूको अनुगमन गर्ने क्रममा त्यस्तो पाएको हो। औषधि पसलहरूले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने उद्देश्यले म्याद गुज्रिएका औषधिहरू पसलमै राखेर बेच्ने र सरसफाइमा समेत ध्यान नदिएको अनुगमनको क्रममा फेला परेको ...