मुख्य समाचार
एआईको जथाभावी प्रयोगले के-पप संगीत उद्योगलाई कता लैजाला ?
एआईको जथाभावी प्रयोगले के-पप संगीत उद्योगलाई कता लैजाला ?

के-पप प्रशंसकलाई अहिले एउटा समस्याले विभाजित गरिरहेको छ । त्यो हो, कृत्रिम बौद्धिकता (एआई) ।

हरेक विधाका ठूला स्टारले सांगीतिक भिडियो सिर्जना गर्न र गीत लेखनका लागि अहिले एआई प्रविधिको उपयोग गरिरहेका छन्, जसमा युवकहरुको ब्याण्ड ‘सेभेन्टिन’ लगायत छन् ।




गत वर्ष के–पप क्षेत्रमा १६ मिलियन प्रति एल्बम बिक्री भए । यो बिक्री के–पपको इतिहासमा सर्वाधिक हो । । जसमध्ये हालैको एल्बम ‘माएस्ट्रो’ हो, जसलाई लिएर अहिले संगीतप्रेमीहरुबीच चर्चा भइरहेको छ ।

उक्त म्युजिक भिडियोमा एआईले सिर्जना गरेका दृश्य समावेश छन् । सियोलमा एल्बम सार्वजनिक गर्न आयोजित समारोहमा ब्याण्डका सदस्य वूजीले आफूले गीत लेख्ने क्रममा एआईको प्रयोग गरेको कुरा मिडियालाई बताएका थिए ।


‘हामीले एआईमार्फत गीत बनाउने अभ्यास गर्‍यौं, किनभने हामी प्रविधिलाई गुनासो गर्नुको साटो प्रविधिसँगै विकसित हुन चाहन्छौं,’ उनले भने ।

‘यो एउटा प्राविधिक विकास हो, जसबाट हामीले लाभ उठाउनुपर्छ, असन्तुष्टि मात्र होइन । मैले एआई प्रयोग गर्ने अभ्यास गरें । साथै, फाइदा र बेफाइदा खोज्ने प्रयास गरें,’ उनले भने ।

के–पपलाई लिएर हुने सामाजिक सञ्जालका छलफल पृष्ठमा प्रशंसकले प्रविधिलाई सामान्यीकरण गर्नुअघि थप नियमन जरुरी रहेको बताउने गरेका छन् ।

यसबारे एसले पेराल्टासहितका कट्टर प्रशंसक एआईको प्रयोगलाई लिएर बढी उत्साहित छिन् । ‘यदि एआईले कलाकारलाई रचनात्मक बनाउन मद्दत गर्न सक्छ भने त्यो मेरो लागि ठीक छ,’ उनी भन्छिन् ।

यद्यपि, उनको चिन्ता यो हो कि एआईबाट सिर्जना गरिएका गीतको फ्यानले आफ्ना मनपर्ने संगीतकारसँग सम्पर्क गुमाउनेछन् ।

‘संगीत कलाकार र उनीहरूको भावनाको प्रतिबिम्ब हो र मलाई यो कुरा मनपर्छ,’ उनी भन्छिन्, ‘के–पप कलाकार धेरै सम्मानित हुनेछन् जब उनीहरुले नृत्य निर्देशन, गीत लेखन र सिर्जनामा हात हाल्छन्, किनभने तपाईंले त्यसमा उनीहरुको विचार र भावनाको एक टुक्रा पाउनुहुनेछ ।’

‘एआईले प्रशंसक र कलाकारलाई जोड्ने त्यो महत्वपूर्ण पक्षलाई टाढा लैजान सक्छ,’ उनी भन्छन् ।



एसले आफ्नो सबैभन्दा मिल्ने साथी चेल्सी टोलेडोसँग ‘स्पिल द सोजु’ नामक एक के-पप फ्यान पडकास्ट प्रस्तुत गर्छिन् । आफूहरु स्वउत्पादन गर्ने समूह भएकोमा उनीहरुले प्रशंसा गर्छिन्, जसको मतलब उनीहरूले आफ्नै गीतहरू लेख्छन् र कोरियोग्राफ पनि गर्छन्, तर उनी एआईले त्यो प्रतिष्ठामा प्रभाव पार्नेबारे चिन्तित छिन् ।

के–पपको गीत सिर्जनामा काम गर्ने कलाकारले नयाँ प्रविधि अँगाल्ने कुरा कुनै अचम्मको विषय होइन ।

क्रिस नायर्न एक निर्माता, संगीतकार र गीतकार हुन्, जो आजोदी नामक लेबलअन्तर्गत काम गरिरहेका छन् । विगत १२ वर्षमा उनले किम वुजिन र प्रमुख एजेन्सी एसएम इन्टरटेनमेन्ट लगायत के–पप कलाकारका लागि गीत लेखेका छन् ।

ब्राइटनमा बस्ने क्रिसले के–पप स्टारसँग काम गर्नु भनेको दक्षिण कोरियामा धेरै समय बिताउनु हो, जसलाई उनी प्रगतिशील संगीत उद्योगको रुपमा टिप्पणी गर्छन् ।

‘मैले सियोलमा ह्याङआउट गरेर के सिकेको छु भने कोरियाली नवीनतामा अग्रणी छन् । तिनीहरू हामी कसरी एक कदम अघि हुनसक्छौं भन्ने कुरामा चासो दिन्छन् । यो स्वभाव त्यहाँ हिट छ, जब म त्यहाँ थिएँ,’ उनले भने ।

के एआई के–पपको भविष्य हो ?

क्रिस निश्चित रहेको बताउँछन् । एआईबाट गीत सिर्जना गर्ने कलाकारले गीतहरु पर्याप्त बलियो भएको महसुस गर्दैनन् ।

‘एआईले राम्रो गुणस्तरका नतिजा ल्याउँदैछ । जब तपाईं आफैं नयाँ आविष्कार र सिर्जना गर्नुहुन्छ । यो राम्रो कुरा हो । एआईले पहिले नै अपलोड भइसकेका कुराहरू लिएर काम गर्छ । त्यसैले आफैंले नयाँ गर्न सक्दैन,’ उनी भन्छन् ।

अर्पिता आध्या एक संगीत पत्रकार र आफूलाई के–पपको सुपरफ्यान बताउँछिन् । उनी संगीत उद्योगमा एआईको प्रयोगले कलाकारलाई नयाँ सामग्री सिर्जना गर्न दबाब हुने बताउँछिन् ।

के–पपमा एआईलाई सामान्यकरण गरिएको उनी बताउँछिन् । यसको उदाहरण कभर गीतको रुपमा युट्युबमा आएको बाढीलाई हेरे पुग्छ । फ्यानले अर्को कलाकारको आवाज नक्कल गर्दै यस्तो ट्रयाकको सिर्जना गरेका छन् ।

अर्पिता के–पपमा एआईको प्रयोगलाई लिएर नियमन भएको हेर्न चाहन्छिन्, जुन कुरा पश्चिमा कलाकारले आह्वान गरिसकेका छन् । गत महिना मात्र बिली इलिश र निकी मिनाज लगायतका मेगास्टारले संगीत उद्योगमा एआईको ‘सिकारी’ प्रयोग रोक्नका लागि खुलापत्र लेखेका थिए ।

बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ग्लोबल युट्युब स्टार मिस्टर बिस्ट (जिमी डोनाल्डसन)ले तीन बलिउड खान सुपरस्टारहरू शाहरुख, सलमान र आमिरलाई भेटेका छन् । उनले इन्स्टाग्राम स्टोरीमा यो फोटो पोस्ट गरेसँगै इन्टरनेटमा आँधी ल्याएको छ । बलिउडले पनि यो फोटोमाथि प्रतिक्रिया दिएको छ । मिस्टरबिस्टले इन्स्टाग्राम स्टोरीमा सेयर गरेको भाइरल तस्वीर अक्टोबर १६ मा साउदी अरेबियाको रियादमा भएको जोय फोरम २०२५ मा ...
। टेलर स्विफ्टको नयाँ एल्बम ‘द लाइफ अफ अ शोगर्ल’ ले बिलबोर्डको रेकर्ड तोड्दै शीर्ष स्थानमा कब्जा जमाएको छ । चार्ट कम्पनीका अनुसार स्विफ्टको १५ औं एल्बमले ४.००२ मिलियन बराबरका एल्बम युनिट्स (शुद्ध एल्बम बिक्री र स्ट्रिमहरूसहित) सँग डेब्यू गरेको थियो, जुन आधुनिक युगमा अहिलेसम्मकै उच्च संख्या हो । बिलबोर्डका अनुसार, ‘द लाइफ अफ अ शोगर्ल’ले ३४ ...
। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन २९ असोज (अक्टोबर १५) मा काठमाडौंमा आयोजना हुने भएको छ । धुम्बाराहीस्थित होटल स्मार्टमा आयोजना हुने महाधिवेशन समारोहमा सहभागी हुन विभिन्न मुलुकमा रहेका पदाधिकारी काठमाठौंमा पुगेका छन् । नेपालमा देखिएको असहज परिस्थिति र अन्य कारणले गर्दा अधिवेशनसँगै आयोजना गर्ने भनिएको सांस्कृतिक तथा सम्मान कार्यक्रम यसअघि नै स्थगित ...
। ऋषभ सेट्ठी स्टारर कन्नाडा फिल्म ‘कान्तारा च्याप्टर १’ले भारतीय बक्सअफिसमा उछाल ल्याएको छ । यो फिल्मले भारतीय बक्सअफिसमा केही कीर्तिमान रचेको जनाइएको छ । फिल्मले प्रदर्शनको पहिलो साता विश्वब्यापी ४०० करोड भारु कमाइ गरेको एनडीटीभीले जनाएको छ । फिल्मले पहिलो साता भारतमा मात्र ३७९ करोड भारु (४२ मिलियन अमेरिकी डलर र विदेशबाट ८ मिलियन डलर ...
: ६० करोड ठगीको आरोप लागेकी बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग घन्टौं बयान लिइएको छ। मुम्बई प्रहरीको आर्थिक अपराध शाखाले शिल्पासँग करिब पाँच घण्टा बयान लिएको भारतीय मिडियाले समाचार प्रकाशित गरेका छन्। बयान उनकै घरमा लिएको प्रहरीले जनाएको छ। शिल्पाका पति तथा व्यवसायी राज कुन्द्रलाई पनि सोही मुद्दामा आरोपित बनाइएको छ। उनको पनि दुईपटक बयान ...