मुख्य समाचार
मोरङको बेलबारीमा एउटै कुकुरले ९ जनालाई टोक्यो
मोरङको बेलबारीमा एउटै कुकुरले ९ जनालाई टोक्यो

। बिहीबार विहान मोरङको बेलबारीमा एउटा कुकुरले आतंक मचाएको छ । बिहान साढे ९ बजे बेलबारी नगरपालिका– १ र ३ नम्बरमा आतंका मच्चाउँदै ९ जनालाई टोकेको हो ।

घर वरपर काम गरिरहेका र बाटो हिँडिरहेकालाई कुकुरले लखेटीलखेटी टोकेको थियो । कुकुरले गाउँका केही घरपालुवा कुकुरलाई पनि टोकेको थियो ।




बेलबारी नगरपालिकाका प्रवक्ता टेकबहादुर राईका अनुसार बेलबारी–३ का ८५ वर्षीय पदमबहादुर घिसिङ, उनकी श्रीमती ८० वर्षीया सावित्री घिसिङ, ८५ वर्षीया धनमाया मगर, ६२ वर्षीय दिलबहादुर गुरुङ, बेलबारी–१ का ७१ वर्षीय तुलसीप्रसाद दाहाल, ५३ वर्षीय तिलकबहादुर श्रेष्ठ, ४५ वर्षीय फिबुनन्द लावती, ३४ वर्षीय हरिचन्द्र कार्की र ३३ वर्षीय मिलन राईलाई कुकुरले टोकेको थियो ।

पदमबहादुरको मुख, सावित्रीको दाहिने हात र तीघ्रा, धनमायाको दाहिने नाडी, तुलसी र दिलबहादुरको मुखमा कुकुरले टोकेको थियो ।



कुकुरले टोकेर घाइते भएकाहरुको कोशी अस्पताल विराटनगरमामा उपचार गरिएको छ । उनका अनुसार कुकुरले आतंक मचाएको क्षेत्र बेलबारी–१ र ३ सिमानामा पर्छ ।
गाउँमा आतंक फैलाउने कुकुरका धनी फेला नपरेको उनले बताए । गाउँमा आतंक मचाएको कुकुरलाई स्थानीयले मारेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काममा फेरि स्थानीयले अवरोध गरेका छन् । निर्माणको गति बढिरहेकै बेला चन्द्रागिरि नगरपालिका–२ स्थित टुटिपाखाका स्थानीयले पूरा भइसकेका मागलाई व्यवस्थित गर्नुपर्ने भन्दै काममा अवरोध गरेका हुन् । स्थानीयले सुरुङ निर्माणमा अवरोध गरेको यो पहिलो घटना भने होइन । यसमा काम गर्न नदिन मात्रै स्थानीयले निर्माण सुरु भएयता छैटौं पटक आइतबार अवरोध ...
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कांग्रेस-एमालेसहितको सरकारमा सहभागी हुने कुनै नीति नरहेको स्पष्ट पारेका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकारमा जाने कुनै नीति नलिएको र यसबारे कुनै छलफलसमेत नभएको बताए। प्रचण्डले मुलुकमा कुनै संकट आएको खण्डमा समाधानको विचार दिन भने आफूहरू तयार रहे पनि सरकारमा सामेल हुन भने नसकिने स्पष्ट पारे। कांग्रेस, ...
— संसद्ले लोक सेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने गरी कानुन बनाउन लागेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा एक जनाले कति पटकसम्म लोक सेवा परीक्षा दिन पाउने भनी सीमा तोक्न लागिएको हो । समितिअन्तर्गतको उपसमितिले ६ पटकसम्म ...
— संसद्ले लोक सेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने गरी कानुन बनाउन लागेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा एक जनाले कति पटकसम्म लोक सेवा परीक्षा दिन पाउने भनी सीमा तोक्न लागिएको हो । समितिअन्तर्गतको उपसमितिले ६ पटकसम्म ...
: रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ७ किलो गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको महाराष्ट्र प्रदेश मुम्बईको गुलनाज बेग रहेको प्रहरी स्रोतले जनाएको छ। ‘सोमबार दिउँसो थाइल्याण्डबाट थाई एयर एसियाको विमानमा आएकी उक्त महिलाको लगेज चेकजाँच गर्ने क्रममा करिब ७ किलो गाँजा बरामद भएको हो’, प्रहरी स्रोतले भन्यो, ‘महिलालाई पक्राउ गरेर थप ...