मुख्य समाचार
दक्षिण कोरियामा कामदारको तलब बढ्यो
दक्षिण कोरियामा कामदारको तलब बढ्यो

: दक्षिण कोरियामा कामदारको तलब बढेको छ। सन २०२५ का लागि १.७ प्रतिशतले तलब बढाइएको हो। न्यूनतम तलब निर्धारण समितिको शुक्रबार बसेको ११ औं बैठकले प्रति घण्टा १० हजार ३० वन निर्धारण गरेको हो।

२०२४ को तुलनामा १७० वन वृद्धि भएको छ। महिनामा २०९ घण्टा काम गर्ने प्रवासी श्रमिक लगायत सबै श्रमिकले न्यूनतम तलब २० लाख ९६ हजार २७० वन पाउनेछन्। न्यूनतम तलब निर्धारण समितिमा श्रमिक युनियन, सरकार र कम्पनी व्यवसायीको ९/९ जना प्रतिनिधि सदस्य सहभागी हुन्छन्।

श्रमिक युनियनले सुरुमा प्रति घण्टा १२ हजार २ सय वन निर्धारण हुनुपर्ने माग राखेको थियो। कम्पनी, व्यवसायी र सरकारले यथावत् राख्ने, धेरै बढाउन नसकिने अडान लिएको थियो।

समितिको बैठकमा रोजगारदाता पक्षले प्रस्ताव गरेको १० हजार ३० वन प्रति घण्टाको पक्षमा १४ मत र श्रमिक युनियन पक्षको १० हजार १२० वन प्रति घण्टाको पक्ष मा ९ मत मात्र खसेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जस्तोसुकै कदम चालेर आर्कटिक क्षेत्रको ग्रीनल्यान्डलाई आफ्नो कब्जामा लिने नयाँ प्रतिबद्धता दोहोर्‍याएपछि उत्तरी ध्रुवीय क्षेत्रमा तनाव बढेको छ । कूटनीतिक घटनाक्रमहरू तीव्र गतिमा अघि बढ्दै गर्दा ग्रीनल्यान्डका प्रधानमन्त्री जेन्स-फ्रेडरिक नील्सन र नेटोका महासचिव मार्क रुटले यस टापुको सुरक्षामा कुनै पनि सम्झौता नहुने र यो पश्चिमी गठबन्धनको अभिन्न अंग रहेको कुरा दोहोर्‍याएका ...
: मलेसिया र इन्डोनेसियाले एलोन मस्कको कम्पनी एक्सको एआई च्याटबट ग्रोकलाई प्रतिबन्ध लगाएका छन्। यो एआई उपकरणमाथि प्रतिबन्ध लगाउने यी विश्वका पहिलो देशहरू हुन्। ग्रोकले प्रयोगकर्तालाई तस्बिर उत्पन्न गर्न अनुमति दिन्छ। यद्यपि, हालका हप्तामा यो मानिसहरूको सहमति बिना उनीहरूको तस्बिर सम्पादन गर्न प्रयोग गरिएको छ। मलेसिया र इन्डोनेसियाले ग्रोकलाई महिला र बालबालिका संलग्न अश्लील र गैर-सहमतिपूर्ण तस्बिर ...
: इरानमा सैन्य हस्तक्षेप गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको जवाफमा चीनले प्रतिक्रिया जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनिन्, "चीनले अन्तर्राष्ट्रिय सम्बन्धमा बल प्रयोग वा धम्कीको विरोध गर्दछ।" पत्रकार सम्मेलनमा यस विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भनिन्, "हामीले सधैं देशको आन्तरिक मामिलामा विदेशी हस्तक्षेपको विरोध गर्दै आएका ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई 'भेनेजुएलाको कार्यवाहक राष्ट्रपति' घोषणा गरेका छन्। ट्रम्पले ट्रुथ सोसलमा आफ्नो एउटा तस्बिर पोस्ट गर्दै आफूलाई "भेनेजुएलाको कार्यवाहक राष्ट्रपति" भनेका हुन्। जनवरी ३ मा अमेरिकाले भेनेजुएलाविरुद्ध कारबाही गर्दै त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई 'कब्जा' गरेको थियो। मादुरोले हतियार र लागूपदार्थ तस्करीको आरोपमा अमेरिकामा मुद्दाको सामना गरिरहेका छन्।
: इरानले अमेरिकासँग वार्ताका लागि कूटनीतिक माध्यम खुला रहेको बताएको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले भने, "हामी वार्ताका लागि तयार छौं। तर वार्ता निष्पक्ष हुनुपर्छ, जसमा समान अधिकार र पारस्परिक सम्मान समावेश हुनुपर्छ।" यद्यपि, अराघचीले इरान युद्ध चाहँदैन, तर युद्धको लागि पूर्ण रूपमा तयार रहेको बताए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही घण्टा अघि इरानले वार्ता गर्न चाहेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम