मुख्य समाचार
लगातार दुई युरो फाइनल हारेपछि के होला प्रशिक्षक साउथगेटको भविष्य ?
लगातार दुई युरो फाइनल हारेपछि के होला प्रशिक्षक साउथगेटको भविष्य ?

। लगातार २ युरो फाइनलमा पुर्‍याए पनि उपविजेतामै सीमित हुनुपर्दा इंग्ल्यान्डका प्रशिक्षक ग्यारथे साउथगेटले भविष्यबारे चर्चा सुरु भएको छ ।

५३ वर्षीय साउथगेट सन् २०१६ देखि इंग्ल्यान्डको प्रशिक्षक छन् । उनको हालको सम्झौता आउने डिसेम्बरमा सकिँदैछ । साउथगेटको प्रशिक्षणमा इंग्ल्यान्ड लगातार दुई पटक युरो कप फाइनल सन् २०१८ को विश्वकप फाइनल र २०२२ को क्वाटरफाइनल खेलेको थियो ।

जर्मनीमा इंग्ल्यान्ड समूह विजेता बनेर नकआउट चरणमा पुगे पनि उनको आलोचना भएको थियो । समूह चरणमा स्लोभेनियासँग गोलरहित बराबरी खेलेपछि समर्थकले साउथगेटलाई लक्षित गर्दै प्लास्टिक कपहरु फालेका थिए ।

साउथगेटले जहाँसम्म पुग्यो त्यसका लागि खेलाडीहरुलाई क्रेडिट दिनुपर्ने बताउँदै नजिक पुगेपछि त्यो अवसरलाई प्राप्त गर्नुपर्ने बताए ।

२०२० को युरो फाइनलमा घरेलु मैदानमै इटलीसँग पेनाल्टीसुटआउटमा पराजित भएको इंग्ल्यान्डले यस पटक घर बाहिर उपाधि जित्ने लक्ष्य राखेपनि सफल भएन ।

यद्यपि आफ्नो भविष्यबारे अझै निर्णय गर्ने समय नभएको प्रतिक्रिया दिएका छन् । जर्मनीको बर्लिनमा भएको युरो २०२४ को फाइनलमा स्पेनसँग २-१ ले पराजित हुँदै लगातार दोस्रो पटक उपविजेता बनेपछि साउथगेटले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘यस विषयमा मैले कुरा गर्ने यो समय होइन । मैले सही व्यक्तिगतसँग कुरा गर्नुपर्नेछ र मलाई केही समय दिनुपर्नेछ’, साउथगेटले बीबीसीसँग भनेका छन् ।

साउथगेटले आफ्नो ८ वर्षे प्रशिक्षणबारे भन्न कठिन हुने बताए । तर भविष्यमा इंग्लयाण्डले मुख्य प्रतियोगिताहरुमा भने सफलता पाउनेमा कुनै शंका नभएको उनले सुनाए ।

‘निश्चित रुपमा इंग्ल्याण्डलाई दुई फाइनलमा पुर्‍याउने काम अहिलेसम्म भएको थिएन । तर हामी यहाँ जित्न आएका थियौँ र हामीले त्यो प्राप्त गर्न सकेनौँ’, साउथगेटले भने, ‘इंग्ल्यान्डमा केही उत्कृष्ट खेलाडी छन् । हामीले निरन्तर रुपमा खेलमा फर्केका छौँ । तर अन्तिम चरणमा हामीले गर्न सकेनौँ ।’

इंग्ल्यान्डका कप्तान ह्यारी केनले आफ्नो खेलाडीहरुले प्रशिक्षकलाई धेरै माया गर्ने र उनका लागि उपाधि जित्न चाहेको बताएका छन् । यसअघि २०२१ मा पनि इंग्ल्यान्ड फाइनलमा हारेकोले यस पटक जसरी पनि जित्ने लक्ष्य थियो ।

इंग्ल्याण्ड लगातार दुई युरो फाइनल पहिलो टिम बन्दा साउथगेट लगातार दुई फाइनल हार्ने पहिलो प्रशिक्षक बने । इंग्ल्याण्डका पूर्व कप्तान एलान सियररले बीबीसी वान सँगको कुराकानीका साउथगेटको यो नै अन्तिम खेल हुन सक्ने बताए ।

यस्तै इंग्ल्यान्डका अर्का पूर्वस्ट्राइकर ग्यारी लिनेकरले साउथगेटका लागि अब समय सकिएको बताए । इंग्ल्यान्डका पूर्व डिफेण्डर रियो फर्डिनान्डले साउथगेटको विषयमा अब दी पुटबल एसोसिएसन (एफए) ले ठूलो निर्णय लिनुपर्नेबेला आएको बताए ।

इंग्ल्यान्डका फरवार्ड ओली वाट्किन्सले साउथगेटले टिमलाई एकजुट गराएको भन्दै उनले धेरै प्रंशसा पाउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
: विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब नवौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । चार टोलीको सहभागिता रहेको प्रतियोगितामा राउन्ड रोविन लिगमा लगातार दोस्रो जित निकाल्दै पुलिस र न्यु डायमन्ड एक खेल अगावै फाइनलमा पुगेका हुन् । बिहीबार भएका दुवै खेलमा पुलिस र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम