मुख्य समाचार
युरो २०२४ मा ६ खेलाडी सर्वाधिक गोलकर्ता
युरो २०२४ मा ६ खेलाडी सर्वाधिक गोलकर्ता

। युरो २०२४ मा ६ खेलाडी संयुक्त रुपमा सर्वाधिक गोलकर्ता बनेका छन् ।

फाइनलमा पुगेका स्पेनका डानी ओल्मो र इंग्ल्याण्डका कप्तान ह्यारी केनलाई गोल थप्दै सर्वाधिक गोलकर्ताको अवार्ड एक्लै जित्ने अवसर थियो ।

तर फाइनलमा यी दुवै खेलाडीले गोल गर्न नसकेपछि ३-३ गोल गरेका ६ खेलाडी संयुक्त रुपमा सर्वाधिक गोलकर्ता बनेका छन् ।

यसमा ओल्मो र केनसँगै जर्मनीका जमाल मुसिएला, नेदरल्याण्ड्सका कोडी गाक्पो, स्लोभाकियाका इभान रान्सज र जर्जियाका जिओर्जस मिकाउडाड्जे छन् ।

युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले यसपटक देखि एकभन्दा बढी खेलाडीको समान गोल भएमा ट्रफी बाँड्ने नियम ल्याएको छ ।

यसअघि यूईएफएले समान गोल भए असिस्टका आधारमा सर्वाधिक गोलकर्तालाई अवार्ड दिंदै आएको थियो । यसपटक पनि त्यही नियम लागू भएको भए २ असिस्ट समेत गरेका ओल्मोले नै सर्वाधिक गोलकर्ताको अवार्ड पाउँथे ।

यसअघि २०२० को युरोमा क्रिस्टियानो रोनाल्डो र प्याट्रिक सिकले समान गोल गरेका थिए तर असिस्ट पनि गरेको आधभारमा रोनाल्डोले सर्वाधिक गोलकर्ताको अवार्ड पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डसँग एउटै समूहमा पर्‍यो नेपाल, सबै खेल मुम्बईमा
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो । चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो । पहिलो हाफको २७औं मिनेटमा ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग ...
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...