मुख्य समाचार
२८ वर्ष कान्छी रुसी मोडलसँगको डेटिङमा हलिउड अभिनेता जोनी डेप
२८ वर्ष कान्छी रुसी मोडलसँगको डेटिङमा हलिउड अभिनेता जोनी डेप

। पूर्वपत्नी एम्बर हर्डविरुद्ध मानहानिको मुद्दा लड्दा हलिउड अभिनेता जोनी डेपको सन् २०२२ नराम्रोसँग प्रभावित बन्यो । अदालतको समर्थन र सार्वजनिक समर्थन दुवै जित्दा संसारको ध्यान उनीतिर खिचियो ।

त्यो घटनापछि अभिनेता डेप बेलायतमा चर्चाभन्दा टाढाको जीवन बाँचिरहेका छन् । यतिबेला उनको डेटिङ लाइफलाई लिएर नयाँ कुरा छ । उनी २८ वर्षीया रुसी मोडल तथा ब्युटिसियन युलिया भ्लासोवासँग ‘क्याजुअल रिलेसनसिप’मा छन् ।




डेलीमेलले यी दुईबीच प्रेम सम्बन्ध रहेको समाचार लेखेको छ । भ्लासोवालाई हालै अभिनेतासँग हात समातेर सार्वजनिक स्थानमा हिंडेको देखिएको उल्लेख छ ।

डेप निकट स्रोतका अनुसार उनीहरु दुई वर्षदेखि निकट छन् र एकअर्काको ख्याल पनि गर्दैछन् । पछिल्लो बिहीबार यी दुईजना लण्डनको हेलिपोर्टमा सँगै देखिएको जनाइएको छ ।


भ्लासोवाले चेक गणतन्त्रको राजधानी प्रागमा मेकअप र हेयरस्टाइलिङको स्टुडियो चलाउँछिन् । जहाँ उनले पहिलोपटक सन् २०२१ मा ५५ औ कार्लोभी भेरी अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अभिनेता डेपलाई भेटेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दिल्ली उच्च अदालतले बलिउड अभिनेता अजय देवगनको व्यक्तित्व अधिकारको रक्षा गर्दै उनीबारेका डीपफेक भिडियो तथा उनको नाममा अनधिकृत प्रयोग भएका सामग्री हटाउन आदेश दिएको छ । यसअघि अदालतले ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन, करण जोहर र कुमार सानुजस्ता सेलिब्रेटीको मुद्दामा पनि यस्तै आदेश दिएको थियो । देवगनले युट्युबलाई “कुनै पनि एआई-मोडेललाई तालिम दिन’ अपलोड गरिएका भिडियो/सामग्री प्रयोग ...
। कृत्रिम बुद्धिमता (एआई) बाट सिर्जना गरिएका ३ गीतले पछिल्लो साता बिलबोर्ड र स्पोटीफाईको ‘ग्लोबल चार्ट’ को शीर्ष स्थान कब्जा गरेका छन् । ‘ब्रेकिङ रस्ट’ नामक एक समूहले सिर्जना गरेको गीतहरू ‘वाक माई वाक’ र ‘लिभिङ अन बरोड टाइम’ले स्पोटीफाईको अमेरिकाको ५० भाइरल गीतको सूचीमा स्थान बनाएका छन् । नयाँ आश्रय स्थल निर्माणको विरोधमा जेडब्लू ब्रोकन भेटेरानद्वारा ...
। बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेकी छिन् । पशु हितको क्षेत्रमा कार्य गर्ने संस्था पेटा एसियामार्फत लियोनीले यस्ता अभ्यासको अन्त्य गर्नुपर्ने बताएकी हुन् । पेटा एसियासँग लामो समयदेखि आबद्ध अभिनेत्रीले भनेकी छिन्, ‘चितवन हात्ती महोत्सव आयोजना हुँदा खुसी हुनुपर्ने कारण केही छैन । किनकी यसैको लागि भनेर हात्तीहरूलाई ...
। बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार ३’ लाई विश्व प्रिमियर गरिएको छ । सन् २००९ को यो फिल्मको शीर्षक छ- अवतार : फायर एन्ड एस ! जेम्स क्यामरुन निर्देशित यो फिल्म ४ पुस (१९ डिसेम्बर, २०२६) मा विश्वभर प्रदर्शन तयारीमा छ । ‘अवतार’ का अघिल्ला दुवै श्रृंखला विश्व बक्सअफिसमा सर्वकालिन धेरै कमाउने उत्कृष्ट ५ को सूचीमा छन् । ...
। कान्सको पाम डी’ओर विजेता फिल्म निर्माता जाफर पनाहीलाई इरानमा उनको अनुपस्थितिमा एक वर्षको जेल सजाय सुनाइएको उनका वकिलले बताएका छन् । पनाहीलाई इरानमा एक वर्षको कारावास र यात्रा प्रतिबन्धको सजाय सुनाइएको उनका वकिलले एएफपीलाई बताएका छन् । यसविरुद्ध पुनरावेदन गरिने वकिल मुस्तफा निलीले समाचार संस्था एएफपीलाई बताए । इरानले उक्त सजाय सुनाइरहँदा पनाही चाहिँ अमेरिकाको न्यूयोर्कमा ...