मुख्य समाचार
कीर्तिपुर क्रिकेट रंगशालालाई १० महिनामा सुविधासम्पन्न बनाउने सरकारको निर्णय
कीर्तिपुर क्रिकेट रंगशालालाई १० महिनामा सुविधासम्पन्न बनाउने सरकारको निर्णय

: सरकारले कीर्तिपुरस्थित टियु क्रिकेट रंगशालालाई दस महिनाभित्र सुवधा सम्पन्न बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सोमबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले ३०० दिनभित्र फ्लड लाइट र प्याराफिट निर्माण गर्ने निर्णय गरेको हो।


प्रधानमन्त्रीओलीले पनि पहिलो निर्णय क्रिकेट रंगशालालाई सुवधा सम्पन्न बनाउने भएको बतएका छन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, 'कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ। यस कामका लागि तीन सय दिनको समयसीमा तोकिएको छ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो संस्करण आगामी शनिबारदेखि सुरु हुँदै छ । क्यानले प्रतियोगिताका लागि टिकट मूल्य तोकेको छ । क्यानका अनुसार पहिलो दिन अर्थात् उद्घाटनको दिनमा जनरल तर्फको टिकट मूल्य ३०० रुपैंयाँ तोकिएको छ भने भीआईपीतर्फको टिकट मूल्य ७००‌‌ रुपैयाँ तोकिएको छ । त्यसैगरी लिग चरणको अन्य दिनका खेलहरूमा जनरल तर्फको टिकट मूल्य ३०० ...
। नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी अनावरण गरिएको छ । धरहरा परिसरमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलको ट्रफी अनावरण गरेका हुन् । एनपीएलको ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले जानकारी दिए । यो ट्रफीमात्र नभई विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश ...
। नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली चितवन राइनोजका लागि अनुबन्धित दक्षिण अफ्रिकी खेलाडी मर्चेन्ट डे लाङले प्रतियोगिता नखेल्ने भएका छन् । चितवन टोलीका अनुसार दक्षिण अफ्रिकी बलर डे लाङलाई प्रशिक्षणका क्रममा खुट्टामा चोट लागेपछि नेपाल नआउने भएका हुन्। उनी अब चोटमुक्त भएर फिट हुन ३ देखि ४ हप्तासम्म लाग्ने बताइएको छ। चितवनले उनको स्थानमा नयाँ खेलाडी ...
। अनि क्रिस्टियानो रोनाल्डोको ‘बाइसाइकल किक’ । र, सुन्दर फिनिस । अहो ! नेशन्स लिग अन्तर्गत पोल्याण्डविरुद्ध १६ नोभेम्बरमा रोनाल्डोले गरेको त्यो गोलले उनका फ्यानलाई मात्रै होइन, विश्व फुटबल प्रेमीकै मन जित्यो । त्यो खेलमा पहिलो हाफसम्म पाहुना टोली पोल्याण्डसँग संघर्ष गर्नुपरेको पोर्चुगलले दोस्रो हाफमा लगातार गोल निकालन सकेको थियो । र ५–१ को फराकिलो जित निकाल्दा ...
। स्पानिस ला लिगामा रियल मड्रिडले गएराती लेगानेसलाई ३-० ले सहजै पराजित गरेको छ । यस जितपछि छिमेकी एट्लेटिको मड्रिडलाई पछि पार्दै रियल दोस्रो स्थानमा उक्लेको छ । लेगानेसको मैदानमा भएको खेलमा रियलका लागि केलिएन एमबाप्पे, फेडेरिको भलभर्डे र जुड बेलिङघहमले एक-एक गोल गरे । खेलको ४३औं मिनेटमा भिनिसियस जुनियरको पासमा एमबाप्पेले गोल गर्दै रियललाई अग्रता दिलाएका ...