मुख्य समाचार
आक्रमण मेरो हत्या गर्ने अभिप्रायले गरिएको थियो : ट्रम्प
आक्रमण मेरो हत्या गर्ने अभिप्रायले गरिएको थियो : ट्रम्प

: अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सञ्चारमाध्यम ‘न्यूयोर्क पोस्ट’ सँगको कुराकानीमा शनिबारको आक्रमणमा आफू मृत्युबाट उम्केको बताएका छन्।



रिपब्लिकन नेसनल कन्भेन्सनमा भाग लिन मिल्वौकी जाने क्रममा आफ्नो विमानमा सवार ट्रम्पले ‘न्यूयोर्क पोस्ट’ लाई दिएको अन्तर्वार्तामा आफूलाई बचाउन सुरक्षा अधिकारी र अभियानमा सहभागी शुभेच्छुकले खेलेको भूमिकाको प्रसंशा गर्दै भने, 'सायद, म यहाँ हुने थिइनँ, म मरेको हुन्थेँ होला ।'



शनिबार एक चुनावी र्‍यालीमा सहभागी हुने क्रममा बन्दुकधारीले प्रहार गरेको गोली ७८ वर्षीय ट्रम्पको कानमा लागेर निस्किएको थियो । आक्रमणबाट उनको अनुहार रगताम्य भएको, एक जना पैदलयात्रीको मृत्यु भएको र अन्य दुई जना घाइते भएका थिए ।
ट्रम्पले र्‍यालीलाई सम्बोधन गर्ने क्रममा अवैध आप्रवासीसम्बन्धी चार्ट पढ्नका लागि आफ्नो टाउको दायाँतिर नझुकेको भए आफ्नो मृत्यु हुने बताएका थिए।

उनले भने, 'घटनापछि धेरैले भनिरहेका छन् कि भाग्यले वा भगवानको कृपाले म अझै पनि जीवित छु ।' गोली प्रहार गर्ने आक्रमणकारीलाई तत्काल ‘सफाया’ गरेकामा उनले गुप्तचर सेवाका एजेन्टको प्रशंसा गरे।

उनले भने, 'उनीहरूले आक्रमणकारीलाई आँखाको बीचमा एउटा गोली प्रहार गरी आफूलाई भीडबाट बाहिर निकालिएको मलाई बताइएको छ । उनीहरूले उत्कृष्ट काम गरे।'

सिक्रेट सर्भिसका एजेन्टहरूले ट्रम्पलाई घेरा हालेर भीडबाट निकाल्दै गर्दा मुठ्ठी उठाएको तस्बिर संसारभरका पत्रिकाको फ्रन्ट पेजमा छापिएको थियो । उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नह्यानले सबैका लागि अझ स्थिर र समृद्ध भविष्य निर्माणतर्फ युएई निरन्तर काम गर्दै जानेमा जोड दिएका छन् । जनवरी १७ मा मनाइने वार्षिक एकताको दिवसको अवसरमा सामाजिक सञ्जाल 'एक्स'मा सन्देश पोस्ट गर्दै शेख मोहम्मदले युएईको दीर्घकालीन दृढता तथा जनताको अटल संकल्प रहेको बताए । 'यस ...
— पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको सरगोधा जिल्लामा शनिबार घना कुहिरोका कारण भएको सडक दुर्घटनामा कम्तीमा १४ जनाको ज्यान गएको छ भने केही अन्य व्यक्ति घाइते भएका छन्। उद्धार अधिकारीहरूका अनुसार अत्यन्त कम दृश्यताका कारण मिनी–ट्रक अनियन्त्रित भई सडकबाट खस्दै सुक्खा नहरमा पुगेको थियो। दुर्घटनास्थलमै सात जनाको मृत्यु भएको थियो भने गम्भीर घाइतेहरूलाई तत्काल नजिकका अस्पतालमा लगिएको ...
ट्रम्पको अध्यक्षतामा गाजामा शान्ति समिति गठन, डा. अली साथले अन्तरिम सरकारको नेतृत्व गर्ने
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड कब्जाको महत्त्वाकांक्षाविरुद्ध उभिने देशहरुमाथि ट्यारिफ थप गर्ने बढाउने बताएका छन् । व्हाइट हाउसमा एको एक बैठकमा ट्रम्पले भने, ‘यदि अरु देश ग्रिनल्यान्डका विषयमा साथ दिँदैनन् भने उनीहरुविरुद्ध ट्यारिफ थप गरिनेछ ।’ यद्यपि ट्रम्पले कुन–कुन देशविरुद्ध नयाँ ट्यारिफ थप गर्ने भन्ने विषयमा भने खुलाएका छैनन् । ग्रिनल्यान्डको आफ्नै सरकार भए पनि डेनमार्गकको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डलाई गाभ्ने आफ्नो महत्वाकांक्षालाई समर्थन नगर्ने देशहरूमा शुल्क लगाउने धम्की दिएका छन्। ह्वाइट हाउसमा आयोजित बैठकमा ट्रम्पले अन्य देशहरूले ग्रीनल्याण्डको मामिलामा आफूलाई समर्थन गर्दैनन् भने उनीहरूमाथि शुल्क लगाउन सक्ने बताएकँ हुन्। ट्रम्पले कुन देशहरू नयाँ भन्सार शुल्कको अधीनमा हुन सक्छन् वा आफ्नो लक्ष्य हासिल गर्न कुन अधिकार प्रयोग गर्ने ...