मुख्य समाचार
लिंकनदेखि ट्रम्पसम्म : अमेरिकी राष्ट्रपतिहरूमाथि भएका आक्रमणको इतिहास
लिंकनदेखि ट्रम्पसम्म : अमेरिकी राष्ट्रपतिहरूमाथि भएका आक्रमणको इतिहास

। गत आइतबार अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक चुनावी र्‍यालीका क्रममा गोली प्रहार भयो।

उक्त घटनामा ट्रम्पको दाहिने कानलाई छोएर गोली बाहिर निस्कियो । उक्त हमलामा एक जनाको मृत्यु र अरु दुईजना घाइते भए ।




ट्रम्पमाथि भएको आक्रमणलाई सुरक्षामा भएको ठुलो कमजोरी मानिएको छ र अमेरिकी संयन्त्रहरु यो घटनाको अनुसन्धानमा जुटिरहेका छन् ।

२० वर्षीय थोमस म्याथू क्रुसले ट्रम्पमाथि गोली प्रहार गरेका र उनलाई घटनास्थलमै गोली हानी मारिएको एफबीआईले जनाएको छ ।


अमेरिकाको राजनीतिक इतिहासमा कुनै राजनेतामाथि गोली प्रहार भएको यो पहिलो घटना भने होइन । यसअघि पनि अमेरिकाका कैयन् राष्ट्रपतिहरुमाथि गोली प्रहारका घटना भैसकेका छन् । त्यसमा कतिपयको मृत्यु भएको थियो भने केही बाँच्न सफल भए ।

जसले आक्रमणमा ज्यान गुमाए

जोन एफ केनेडी

कैनेडी

केनेडी अमेरिकाका ३५औं राष्ट्रपति हुन् । सन् १९६३ नोभेम्बर २५ मा गोली हानेर उनको हत्या गरिएको थियो । टेक्सासको डलासमा उनी एउटा खुल्ला कारमा बसेर यात्रा गरिरहेका थिए र त्यही क्रममा उनीमाथि गोली प्रहार भएको थियो ।

उक्त घटनाका बेला कारमा केनेडीसँगै रहेका खुफिया सेवाका कर्मचारी क्लिन्ट हिलका अनुसार त्यसबेला केनेडीका नीतिहरुलाई लिएर व्यापक विरोध भईरहेको थियो । तर, सुरक्षा एजेन्सीहरुबाट राष्ट्रपतिको ज्यानमाथि नै खतरा रहेको भन्ने त्यस्तो कुनै पनि खालको जानकारी आएको थिएन।

केनेडीको हत्याको आरोपमा ली हार्वी ओसवाल्ड नामक व्यक्तिलाई गिरफ्तार गरियो । उनले आफू निर्दोष भएको बताएका थिए ।

पूर्वसैनिक तथा स्वघोषित मार्क्सवादी रहेका ओसवाल्ड सन् १९५९ मा सोभियत संघमा पुगेर सन् १९६२ सम्म त्यही बसेका थिए ।

उनले मिन्स्स्थित एक रेडियो तथा टिभी कारखानामा काम गर्दथे र सोही सहरमा आफ्नी हुनेवाला पत्नीसँग उनको भेटघाट भएको थियो ।

वारेन आयोगका अनुसार केनेडी हत्याको दुई दिनअघि उनी क्युबा र रुसको दूतावासमा गएका थिए ।

सन् १९६४ को सेप्टेम्बरमा प्रकाशित वारेन आयोगको रिपोर्टले केनेडीमाथि ली हार्वी ओसवाल्डले नै टेक्सस स्कुल बुक डिपोजिटरी भवनबाट गोली हानेको ठहर गरेको थियो । त्यसको दुई दिनपछि ओसवाल्डलाई गोली हानेर मारिएको थियो ।

कतिपय मानिसहरू चाहिं त्यहाँ गोली हान्ने दोस्रो मानिस पनि रहेको अनुमान गर्दछन् भने केहिले केनेडीलाई पछाडिबाट नभएर अगाडिबाटै गोली हानिएको आँकलन गर्ने गरेका छन् ।

आरोपी ओसवाल्डको शरीरमा गरिएको प्याराफिन परीक्षणबाट उनले बन्दुक नचलाएको पुष्टि भएको थियो । यद्यपि उक्त परीक्षणको विश्वसनीयतामाथि समेत प्रश्न उठेको थियो।

अब्राहम लिंकन

अब्राहम लिंकन.

संयुक्त राज्य अमेरिकाको १६औं राष्ट्रपति अब्राहम लिंकनलाई सन् १८६५ को अप्रिल १५ मा वाशिंटन डिसीको फोर्ड थिएटरमा गोली हानेर हत्या गरिएको थियो ।

लिंकनले आफ्नो चुनावी अभियानमा दास प्रथाप्रति खुलेर विरोध गरेका थिए ।

अमेरिकाका दक्षिणी राज्यहरुमा धेरै मानिसहरुलाई डर थियो कि लिंकनले चुनाव जितेर आएमा दास प्रथा समाप्त पार्नेछन् ।

सोही कारणले गर्दा अमेरिकाका सातवटा दक्षिणी राज्यहरुले एउटा छुट्टै संघ बनाएका थिए । उक्त फेडेरेसनमा त्यसपछि थप चारवटा राज्य सामेल भए । ती सबै राज्यलाई सामूहिक रुपमा कन्फेडेरेसी भन्न थालियो ।

सन् १८६१ मा अमेरिकामा गृहयुद्ध सुरु भयो, जुन ४ वर्षसम्म चल्यो । युद्धमा ६ लाख अमेरिकी मारिए । सन् १८६५ को अप्रिल ९ मा कन्फेडेरेसीका कन्फेडेरेट जनरल रोबर्ट इ लीले आत्मसमर्पण गरेपछि युद्ध समाप्त भयो ।

उत्तरी र दक्षिणी अमेरिकी राजइहरुको बीचमा छेडिएको गृहयुद्ध सकिएको १ हप्तापछि नै लिंकनलाई गोली हानेर हत्या गरिएको थियो । उनलाई गोली हान्ने जोन विल्क्स बूथ कन्फेडेरेसीका एक कट्टर समर्थक थिए ।

विलियम म्याकिन्ले

विलियम मैकिनले

अमेरिकाका २५औं राष्ट्रपति विलियम म्याकिन्ले सन् १८९७ मार्च ४ देखि सन् १९०१ सेप्टेम्बर १४ मा हत्या हुनुअघि सम्म अमेरिकाको राष्ट्रपति थिए ।

उनको कार्यकालमा १०० दिनको युद्धमा अमेरिकाले स्पेनलाई क्युबामा हराएको थियो भने फिलिपिन्को मनिला र पुर्टोरिको पनि कब्जा गरेको थियो ।

सन् १९०१ मा प्रदर्शनीका क्रममा लाइनमा उभिएको बेला उनीमाथि गोली हानिएको थियो । त्यसको ८ दिनमा उनको निधन भयो ।

मिसिगनका बासिन्दा लियोन कोजोलगोज नामक व्यक्तिले राष्ट्रपतिमाथि गोली हानेका थिए ।

गिरफ्तारीपछि कोजोलगोजले भनेका थिए- मैले आफ्नो कर्तव्य पूरा गर्नका लागि राष्ट्रपति म्याकिन्लेको हत्या गरें । कुनै एकजना व्यक्तिसँग निकै धेरै काम हुने र अरु व्यक्तिसँग केही पनि नहुने कुरा मलाई स्वीकार्य छैन ।

जेम्स ए गारफिल्ड

जेम्स गारफिल्ड

अमेरिकाका २०औं राष्ट्रपति गारफिल्डको जन्म सन् १८३१ मा ओहायोमा भएको थियो । सन् १८८१ को जुलाई २ मा वाशिंटनको रेल रोड स्टेशन बाहिर एक व्यक्तिले उनीमाथि गोली प्रहार गर्‍यो । गम्भीर घाइते भएका गारफिल्ड केही दिनसम्म ह्वाइट हाउसमा उपचाररत रहे । सेप्टेम्बर ६मा उनलार्य न्यू जर्सी नजिकैको एक ठाउँमा लगियो । केही दिनसम्म उनको अवस्थामा सुधार पनि आयो । तर गहिरो घाउ तथा आन्तरिक रक्तश्रावका कारण १९ सेप्टेम्बरमा उनको मृत्यु भयो ।

टेलिफोनका खोजकर्ता अलेक्जेन्डर ग्राहम बेलले आफ्नो एउटा मेसिनको सहयोगमा गोली खोज्ने प्रयास गरेका थिए, तर सफल भएनन् ।

गारफिल्डमाथि चार्ल्स जे गाइटो नामक व्यक्तिले गोली हानेका थिए । अमेरिकामा तत्कालीन अवस्थामा सार्वजनिक प्रशासनमा रहेको लुट प्रणालीका कारण आफ्नो जागिर गुमाएर आहात बनेका गाइटोले त्यसको झोंकमा राष्ट्रपतिमाथि नै गोली हानेका थिए ।

जो भाग्यले बाँचे…

रोनाल्ड रेगन

रोनाल्ड रीगन

अमेरिकाका ४०औं राष्ट्रपति थिएन रोनाल्ड रेगन । सोभियत युनियनको पतन तथा शीतयुद्धको समाप्तिका लागि रेगनलाई प्रमुख व्यक्ति मानिन्छ।

हलिउड अभिनेता समेत रहेका रेगनले विभिन्न ५० वटा चलचित्रमा अभिनयसमेत गरेका थिए ।

सन् १९४२ देखि १९४५ सम्म उनले सेनामा पनि काम गरे ।

राष्ट्रपति बनेको ६९ दिनपछि सन् १९८१ मार्च ३० का दिन उनीमाथि घातक आक्रमण भयो । वाशिंटनको हिल्टन होटल बाहिर उनीमाथि गोली हानिएको थियो । तर, उनको ज्यान जोगियो । आक्रमणमा अन्य ३ जना पनि घाइते भएका थिए । जोन हिंकले जुनियर नामक व्यक्तिले उनीमाथि गोली हानेका थिए ।

थियोडोर रुजवेल्ट

थियोडोर रूज़वेल्ट

रुजवेल्ट अमेरिकाका २६औं राष्ट्रपति थिए सन् १९०० मा उपराष्ट्रपति बनेका रुजवेल्ट सन् १९०१ मा राष्ट्रपति म्याकिन्लेको हत्यापछि अमेरिकाको राष्ट्रपति बनेका थिए

रुस र जापानबीचको युद्ध अन्त्य गराएबापत उनलाई सन् १९०६ को नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

सन् १९१२ को अक्टोबर १४ मा अमेरिकी सहर मिलवाकीमा चुनाव प्रचारका क्रममा उनीमाथि एकजना कट्टरपन्थीले गोली प्रहार गरे । छातिमा गोली प्रहार भएपनि उनी बाँच्न सफल भए र केही दिनको उपचार पछि उनी निको भए । रुजवेल्टमाथि विलियम एप्m श्रेंक नामक व्यक्तिले गोली हानेका थिए ।

डोनाल्ड ट्रम्प



गत जुलाई १४ मा पेन्सिल्भेनियास्थित बटलरमा एक चुनावी आमसभाका क्रममा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भयो ।

२० वर्षका थोमस म्याथ्यू क्रुक्स नामका युवकले प्रहार गरेको गोली उनको दाहिने कानमा लागेर निस्किएको थियो । आक्रमणपछि टम्पको अनुहारमा रगत बगेको देखिएको थियो । आक्रमणकारी युवकलाई सुरक्षाकर्मीहरुले तत्कालै गोली हानेर मारिदिए । थोमसले ६ महिनाअघि खरिद गरिएको आफ्नै पिताको बन्दुकबाट गोली हानेका थिए ।

-बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...