मुख्य समाचार
बझाङमा जंगली च्याउ खाँदा तीनजना बिरामी, दुईको अवस्था गम्भीर
बझाङमा जंगली च्याउ खाँदा तीनजना बिरामी, दुईको अवस्था गम्भीर

: बझाङमा जङ्गली विषालु च्याउ खाँदा एकै घरका तीन जना बिरामी परेका छन्। बिरामी पर्नेमा दुर्गाथली गाउँपालिका वडा नम्बर ४ का ४० वर्षीय तिलक पुजारा तथा उनका छोराहरू १२ वर्षीय दर्शन पुजारा र ५ वर्षीय शुभम पुजारा रहेका छन्।


उनीहरू शुक्रबार दिउँसो १२ बजे विषालु च्याउ खाएर बेहोस भएको र तिलककी श्रीमतीले तत्काल जिल्ला अस्पताल बझाङ ल्याएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक किशोर जोशीले बताए।

तिलक पुजारा र उनका कान्छा छोरा शुभमको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको छ। उनीहरू दुबैको अवस्था गम्भीर रहेको सूचना अधिकारी जोशीले बताए। तिलकका जेठो छोरा दर्शन पुजारा भने सामान्य उपचारपश्चात जिल्ला अस्पताल बझाङबाट डिस्चार्ज भएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: चिनियाँ वैज्ञानिकहरूले एउटा क्रान्तिकारी खोज गरेका छन्। विश्वको पहिलो बोन ग्लू बनाएको छ। यसले भाँचिएको हड्डी २–३ मिनेटमा जोड्छ। यो सामग्री ओइस्टरबाट प्रेरित छ। यो पूर्णतया बायोडिग्रेडेबल छ अर्थात् ६ महिना भित्र शरीरमा घुल्छ। यसले धातु प्रत्यारोपणको आवश्यकतालाई हटाउनेछ। बोन ग्लू भनेको के हो ? चिनियाँ वैज्ञानिकहरूले ʻबोन ०२ʼ नामक जैविक पदार्थ विकास गरेका ...
जल्यो संसद भवन
जल्यो संसद भवन
सिंहदरबार गेटमै जेनजीले खोसे सुरक्षाकर्मीको बन्दुक, आफैं पड्काए
बिर्तामोडपछि प्रशासनले दमकमा पनि लगायो कर्फ्यु
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम