मुख्य समाचार
ओसामा बिन लादेनको ‘नजिकका सहयोगी’ पक्राउ
ओसामा बिन लादेनको ‘नजिकका सहयोगी’ पक्राउ

अल कायदाका संस्थापक एवम् सेप्टेम्बर हमलाका प्रमुख योजनाकर्ता ओसामा बिन लादेनको ‘नजिकका सहयोगी’लाई पक्राउ गरेको पाकिस्तानी अधिकारीहरूले शुक्रबार बताएका छन् ।


पञ्जाबको सबैभन्दा बढी जनसङ्ख्या भएको प्रान्तका आतङ्कवाद विरोधी अधिकारीहरूले विध्वंसकारी गतिविधिहरूको योजना बनाएको र देशका महत्त्वपूर्ण प्रतिष्ठानहरूलाई लक्षित आक्रमण गर्न खोजेको आरोपमा गुजरात सहरबाट अमिन उल–हकलाई पक्राउ गरेका हुन् ।

'अमिन उल–हकको गिरफ्तारी पाकिस्तान साथै विश्वभर आतङ्कवादसँग लड्न जारी प्रयासहरूमा ठुलो विजय हो,' पञ्जाबको आतङ्कवाद विरोधी विभागको एक विज्ञप्तिमा भनिएको छ।



उनलाई संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र संयुक्त राष्ट्र सङ्घले अल–कायदा र बिन लादेनको सहयोगीको रूपमा सूचीबद्ध गरेको थियो,' पञ्जाबको आतङ्कवाद विरोधी विभागका प्रमुख उस्मान अकरम गोनादालले पत्रकार सम्मेलनमा भने।

अफगानिस्तानबाट पश्चिमी नाटो सेना फिर्ता भएपछि उनी फेरि देखा परेका थिए। उनले अगस्टमा अफगानिस्तानको भ्रमण गरेर अल–कायदाको पुनर्गठन गर्ने प्रयास सुरु गरेका थिए।

नाटो समर्थित अमेरिकी सेनाले सेप्टेम्बर ११ को आक्रमणमा संलग्न अल–कायदाका लडाकुहरूलाई हस्तान्तरण गर्न अस्वीकार गरेको भन्दै सन् २००१ मा तालिबानको पहिलो शासनलाई अपदस्थ गरेको थियो।

आक्रमणका प्रमुख योजनाकर्ता बिन लादेन पछि पाकिस्तानमा बसेको पत्ता लागेको थियो र उनको सन् २०११ मा अमेरिकी कारबाहीमा गोली लागी मृत्यु भएको थियो ।

तालिबानले अफगानिस्तानमा दुई दशक लामो लडाइँपछि अमेरिकालगायत उसका सहयोगी मुलुकको समर्थन प्राप्त सरकारलाई विस्थापित गरेर सन् २०२१ मा सत्ता फिर्ता लिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भेनेजुएलाकी मारिया कोरीना माचाडोलाई सन् २०२५ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय भएको छ। नर्वेजियन नोबेल समितिले मारिया कोरीना माचाडोले ‘बढ्दो अन्धकारको विरुद्ध लोकतन्त्रको ज्योति बलिरहने’ काममा सहयोग गरेको उल्लेख गरेको छ । शुक्रबार ओस्लोमा आयोजित एक समारोहमा पुरस्कारको घोषणा गर्दै, समितिले माचाडोको ‘तानाशाहीबाट लोकतन्त्रतर्फ न्यायपूर्ण र शान्तिपूर्ण रूपान्तरणको लागि संघर्ष’ को प्रशंसा गर्‍यो। एक्समा गरिएको एक ...
। गाजामा मारिएका बन्दीहरूको शव पत्ता लगाउन विभिन्न देशका प्रतिनिधि संलग्न कार्यदल गठन हुने भएको छ । गाजा युद्धमा मारिएकाहरूको शव रहेको स्थान पत्ता लगाउन कठिनाइ पर्ने देखिएपछि अमेरिका, इजरायलसहितका देश सम्मिलित कार्यदल गठन गर्ने सहमति भएको हो । यस्तो कार्यदलमा इजरायल र गाजामा संघर्षरत हमासबीच युद्धविराम गराउन मध्यस्थता गरेका कतार, इजिप्ट र टर्कीका प्रतिनिधि समेत सामेल ...
। साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट कलाको शक्ति पुनः पुष्टि’ गरेकाले लास्लोलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने निर्णय गरिएको स्विडिश एकेडेमीले जनाएको छ । क्राज्नाहोर्काइका कृति हङ्गेरियन, अङ्ग्रेजी, फ्रेन्च, जर्मन र स्विडिस भाषामा प्रकाशित छन् । उनले विभिन्न चलचित्रका लागि कथा पनि लेखेका ...
। छिमेकी मुलुक भारतको मध्य प्रदेशमा कफ सिरप सेवनबाट कम्तीमा पनि २० जना बालबालिकाको मृत्यु भएपछि कफ सिरफ उत्पादन गर्ने एक कम्पनीका मालिकलाई प्रहरीले पक्राउ गरेको छ । मध्य प्रदेश प्रहरीले चेन्नईस्थित स्रेसन फार्माका मालिक एस रंगनाथनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो कम्पनी कोल्ड्रिफ नामक दूषित खोकीको सिरप उत्पादन गरेको मध्य प्रदेश प्रहरीको ...
। इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ । तर यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने छैन । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिएका हुन् । उनका अनुसार सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरु सबै इजरायली नागरिकहरु ...