मुख्य समाचार
वुमन्स एसिया कप : नेपालको जितमा बनेका चार कीर्तिमान
वुमन्स एसिया कप : नेपालको जितमा बनेका चार कीर्तिमान

। नेपालले एसीसी वुमन्स एसिया कपमा यूएईमाथि ६ विकेटको जित हात पार्दा ४ कीर्तिमान बनाएको छ । ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपाललाई जिताउन ओपनर सम्झना खड्काले ४५ बलमा ११ चौकासहित ७२ रनको अविजित इनिङ खेलिन् ।

त्यसअघि श्रीलंकाको डाम्बुलामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । यूएईकी ब्याटर खुसी शर्माले ३९ बलमा २ चौकासहित सर्वाधिक ३६ रन बनाइन् ।




नेपालकी कप्तान इन्दु बर्माले सर्वाधिक ३ विकेट लिइन् । यूएईलाई हराउँदा नेपालले ४ कीर्तिमान बनाएको छ । जुन यस प्रकार छन् ।

नेपालको लक्ष्य पछ्याउँदा ठूलो लक्ष्य पूरा


११६ रन नेपाली महिला टोलीले टी २० आईमा पूरा गरेको हालसम्मको ठूलो हो । यसअघि नेपालले महिला टी २० आईमा सर्वाधिक ठूलो लक्ष्य सन् २०२३ जुन ४ मा मलेसियाले दिएको ११० रन पूरा गरेको थियो ।

एसिया कपमा पहिलो जित

नेपालको एसिया कपमा यो पहिलो जित हो । यसअघि नेपालले दुई संस्करणमा कूल ८ खेल खेल्दा जितविहीन थियो । सन् २०१२ मा नेपाल श्रीलंकासँग २० रन, बंगलादेशसँग ९ विकेट र घरेलु टोली चीनसँग ४५ रनले पराजित भएको थियो ।

नेपाल सन् २०१६ मा पाकिस्तानसँग ९ विकेट, श्रीलंकासँग ८ विकेट, बंगलादेशसँग ९२ रन, थाइल्यान्डसँग ८ विकेट र भारतसँग ९९ रनले पराजित भएको थियो ।

लक्ष्य पछ्याउँदा नेपालको पहिलो अर्धशतक

सम्झना लक्ष्य पछ्याउँदा नेपालबाट महिला टी २० आईमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छन् । यसअघि रुविना क्षेत्री बेलबासे, इन्दु बर्मा, सीता रानामगर र पूर्जा महतोले महिला टी–२० आईमा पहिलो इनिङमा अर्धशतक हानेका थिए । लक्ष्य पछ्याउँदा सीताले २०२३ नोभेम्बरमा तान्जनियाविरुद्ध बनाएको ४३ रन नै सर्वाधिक थियो ।

समग्रमा उनी नेपालबाट एकै इनिङमा सर्वाधिक रन बनाउने तेस्रो ब्याटर हुन् । उनीअघि गत फेब्रुअरीमा माल्दिभ्सविरुद्ध रुविना ११८ र २०२१ मा कतारविरुद्ध सीता रानामगर ८२ बनाएका थिए । त्यस्तै एसिया कपमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी पनि हुन् ।

एकै खेलमा सर्वाधिक चौका

सम्झना महिला टी–२० आईमा नेपालबाट एकै इनिङमा सर्वाधिक ११ चौका प्रहार गर्ने खेलाडी बनेकी छिन् । उनले गत फेब्रुअरीमा रुविना क्षेत्रीले माल्दिभ्सविरुद्ध शतक हान्दा प्रहार गरेको १० चौकालाई पछि पारेकी हुन् । रुविनापछि सीताले २०२१ मा कतारविरुद्ध ७ चौका प्रहार गरेकी थिइन्

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...
। मलेसियासँगको टी-२०आई शृंखला जितेको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । महिला टोली बिहीबार राति स्वदेश आइपुगेको हो । बुधबार विहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३-२ ले जितेको थियो । नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ...
। एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सुरुवाती दुई खेलमा अंक जोड्न नसकेको नेपालले तेस्रो खेलमा भियतनामविरुद्ध अंक जोड्ने लक्ष्य राखेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंककै लागि खेल्ने महत्वकांक्षा राखेका छन् । समूह एफ मा रहेका नेपाल र भियतनाम आज साँझ ६:१५ बजे प्रतिस्पर्धामा उत्रँदै छन् । त्यसको अगाडि बुधबार भएको ...
: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई फराकिलो अन्तरले हराएको हो। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। १४२ रनको विजयी लक्ष्य पछ्याएको ...