मुख्य समाचार
ट्रम्पको चुनावी सभाका मुख्य पाँच सन्देश
ट्रम्पको चुनावी सभाका मुख्य पाँच सन्देश

। अमेरिकी राजनीतिमा केही हप्ताको उथलपुथलपछि डोनाल्ड ट्रम्पले बिहीबार राति रिपब्लिकन राष्ट्रपतिको उम्मेदवारको रूपमा उम्मेदवारी दिने तेस्रो पटक पक्का भयो । लगत्तै भएको उनको चुनावी सभामा ट्रम्पले राष्ट्रियता र शक्तिको सन्देश दिएका छन् ।

बिहीबार राति ट्रम्पले भव्य चुनावी सभा आयोजना गरेका थिए । जसको सुरुवातमै किड रकले अमेरिकन ब्याड एस संस्करणको गीत प्रस्तुत गरे । त्यसपछि उनको चुनावी गीत ‘गड ब्लेस द यूएसए’को संस्करण प्रस्तुत भयो । अनि प्रकाशले भव्य सिंगारिएको स्टेजमा ट्रम्प देखापरे ।




स्टेजमा हिँड्दा पछाडिको ब्यानरमा उनको नाम विशाल अक्षरमा लेखिएको थियो । त्यो धमाकेदार सुरुवातपछि पूर्व राष्ट्रपतिसमेत रहेका ट्रम्पले समारोहलाई सम्बोधन गरे ।

उनको भाषण सुनिरहेको शान्त भिडलाई आफ्नो जीवनमा हालै भएको आक्रमण प्रयासको बारेमा विस्तृत रूपमा बताए । सम्बोधनमा ट्रम्पले राष्ट्रिय एकताको सन्देशमा जोड दिए र प्रजातान्त्रिक पार्टीका नेताहरूप्रति तीखो टिप्पणी गरे । ट्रम्पको भाषण र चुनावी सभाका मुख्य पाँच सन्देश :


आफ्नो हत्या प्रयासको बयान

ट्रम्पले गत शनिबार आफूमाथि भएको आक्रमणको अनुभव सुनाएर भाषण सुरु गरे । ‘तपाईंलाई पहिले नै थाहा छ, मलाई हत्या गर्ने प्रयास गर्दै गोली हानिएको थियो । एक इन्चमात्रै निशाना भित्र परेको थियो भने मेरो ज्यान जान सक्थ्यो,’ उनले भेला भएका रिपब्लिकन प्रतिनिधिहरूलाई सुनाए ।

‘जब म टेलिप्रम्प्टर स्क्रिनमा प्रक्षेपण गरिएको अध्यागमनको चार्ट हेर्नका लागि आफ्नो टाउको थोरै घुमाएको मात्रै के थिएँ । असाध्यै ठूलो आवाज कानमै हानेको जसरी आयो । जब मैले ठूलो आवाज सुनेँ । मेरो दाहिने कानमा, साँच्चै गाह्रो भयो । मलाई केहीले हिर्काएको महसुस भयो । म धेरै भाग्यमानी रहेछु कि मलाई ठूलो चोट लाग्न पाएन ।’

ट्रम्पले त्यो गोली भएको अनुमान त्यतिबेलै गरेको बताएका छन् । उनले आफ्नो सुरक्षामा खटिएका व्यक्तिलाई ‘धेरै साहसी’ भन्दै प्रशंसासमेत गरे । ट्रम्पले भने, ‘मप्रतिको प्रेमले गर्दा उनीहरूले जस्तै अवस्थामा पनि मलाई छोडेनन् । उनीहरूको अनुहारमा म प्रेम देख्छु ।’

‘सर्वशक्तिमान भगवानको कृपाले मात्र म यो मैदानमा तपाईंहरूको अगाडि उभिन पाएको छु,’ उनले भने । आफ्नो हत्या प्रयासको बयान सुनाउँदा उनले समर्थकलाई नडराउन र भागदौड नगर्न आग्रहसमेत गरे ।

बाइडेनप्रति तीखो टिप्पणी

आफ्नो भाषणमा ट्रम्पले राष्ट्रपति जो बाइडेनका कयौं नीतिको चर्को आलोचना गरे । तर बाइडेनको नाम जम्मा एक पटक मात्रै लिए । ट्रम्पले बाइडेनलाई इतिहासको सबैभन्दा खराब राष्ट्रपतिका रूपमा अर्थ्याए । ‘उनले यो देशलाई गरेको क्षति अकल्पनीय छ,’ बाइडेनलक्षित टिप्पणीमा ट्रम्पले भने, ‘अकल्पनीय छ ।’

रिपब्लिकनबाट ट्रम्पको उम्मेदवारी पक्का भएर चुनावी सभा सुरु भइसके पनि डेमोक्रेट पक्षबाट बाइडेनको उम्मेदवारी अझै अनिश्चित छ । बुधबार मात्रै उनलाई कोभिड–१९ संक्रमण भएको पुष्टि भएको छ । उनी यतिबेला चुनावी अभियान स्थगित गरी निवासमै आराम गरिरहेका छन् ।

बाराक ओबामा लगायत डेमोक्रेटका प्रमुख समर्थकहरूले बाइडेनमाथि प्रश्न उठाइरहेका छन् । उनकै पार्टीका ठूला संख्याका सांसदले उनलाई उम्मेदवारी नदिन दबाब बढाइरहेका छन् । तर बाइडेन भने उम्मेदवारी दिने अडानमा छन् ।

राष्ट्रपति बाइडेनको आलोचनाका अतिरिक्त ट्रम्पले पूर्वसभामुख न्यान्सी पेलोसीलाई पनि ‘देशलाई माया नगर्ने’ भन्दै आरोप लगाए । ट्रम्पले भने ‘उनीहरूले हाम्रो देशलाई ध्वस्त पारेकाले यसलाई रोक्नुपर्छ ।’

झुटो बयान र भ्रामक दाबी

चुनावी सभाका क्रममा ट्रम्पले बाँकी दक्षिणी सिमानामा पर्खाल निर्माण गर्ने वाचा दोहोर्‍याएका छन् । उनले भने, ‘जसमध्ये धेरैजसो मैले यसअघि निर्माण गरिसकेको छु ।’

बीबीसीले ट्रम्पको उक्त दाबीलाई गलत भनेको छ । आप्रवासीप्रति कठोर नीति अंगालेका ट्रम्पको पहिलो कार्यकालमा ५०० माइलभन्दा कम क्षेत्रमा मात्रै पर्खाल निर्माण भएको थियो ।

ट्रम्पले मूल्यवृद्धिको तथ्यांक प्रस्तुत गर्दै किराना सामग्रीमा ५० प्रतिशत, ग्यास तथा पेट्रोलमा ६० देखि ७० प्रतिशत वृद्धि भएको दाबी गरे ।

मूल्यवृद्धि अमेरिकी मतदाताहरूको लागि प्रमुख मुद्दा हो । तर ट्रम्पले दाबी गरेको जति वृद्धि नभएको बीबीसीले उल्लेख गरेको छ । बीबीसीका अनुसार बाइडेनले सत्ता सम्हालेपछि ४ वर्षमा समग्रमा २० प्रतिशत मूल्यवृद्धि भएको छ ।

अध्यागमन मुद्दा

ट्रम्पले भाषणमा राष्ट्रियताको विषयलाई ज्यादै जोड दिए । उनले यसलाई आउने पार्टी महाधिवेशनमा पनि उठाउने बताएका छन् । राष्ट्रियताको पक्षमा ट्रम्पले रिपब्लिकन बाहेक अरू विकल्प हुनै नसक्ने तर्क गरे ।

‘हामी सबै जाति, धर्म, रंग र सम्प्रदायका नागरिकको लागि सुरक्षित, समृद्धि र स्वतन्त्रता सहितको नयाँ युगको सुरुवात गर्नेछौं । यसका लागि रिपब्लिकन एक मात्र विकल्प हो,’ उनले भने ।

ट्रम्पले भने, ‘म आधा अमेरिकाको होइन, सम्पूर्ण अमेरिकाको लागि राष्ट्रपति बन्न दौडिरहेको छु, किनकि आधा अमेरिकाको लागि जित्नु कुनै जित छैन ।’

आफूप्रति लागेका मुद्दामा पनि उनले प्रजातान्त्रिकहरूलाई दोष दिए । ‘प्रजातान्त्रिक पार्टीले न्याय प्रणालीलाई प्रयोग गर्ने हतियार तुरुन्त बन्द गर्नुपर्छ, उनीहरूले देश ध्वस्त पारे,’ ट्रम्पले भने ।

ट्रम्पले हरेक पटकजसो यसपटक पनि अध्यागमनको एजेन्डालाई उचालेका छन् । उनले मुलुकमा हुने अधिकांश अपराध आप्रवासीकै कारण भएको आरोपसमेत लगाए ।

सन् १९५४ मा १० लाखभन्दा बढी मेक्सिकन आप्रवासीलाई देश निकाला गरेको सम्झिंदै ट्रम्पले भने, ‘संसारभरका खराब मानिस डम्प गर्ने देश यो होइन, तिनीहरूले के हामीलाई मूर्ख सोचेका छन् ?’

ट्रम्प परिवार

मञ्चमा ट्रम्प पारिवारका सदस्यहरुको उपस्थितिसँगै सभा समापन भएको थियो । ट्रम्पले परिवारका सदस्यलाई स्टेज चढाउनुको ठूलो अर्थ छ । उनका छोराहरू एरिक र डन जुनियर बुबाको प्रचारमा राम्रो छाप छोड्न सक्ने व्यक्ति हुन् । उनीहरू युवामाझ लोकप्रिय छन् ।



सुरुमा एरिककी पत्नी लारा ट्रम्प स्टेजमा पुगिन् । रिपब्लिकन राष्ट्रिय कमिटीको सहअध्यक्षको रूपमा उनले चुनावी अभियानमा महत्वपूर्ण भूमिका खेल्नसक्ने बताइएको छ ।

ट्रम्पले परिवारलाई देखाउनुको अर्थ उनका सबै पारिवारिक सदस्य रिपब्लिकनप्रति उत्तरदायी र जिम्मेवार छन् भन्ने अर्थ पनि भएको बीबीसीले उल्लेख गरेको छ ।

परिवारका सदस्यहरु स्टेज चढे पनि ट्रम्प पत्नी तल्लो प्रोफाइलमै रहन रुचाउने भएकाले भाषण गरिनन् । सामान्यतया यस्ता भेलाहरूमा अन्य उम्मेदवारका पत्नीहरू बोल्ने गर्छन् ।

ट्रम्पकी छोरी इभान्का पनि पति जेरेड कुशनरसँग स्टेजमा देखिइन् । ट्रम्प ह्वाइट हाउसमा हुँदा सल्लाहकारको भूमिकामा रहेकी उनी ट्रम्प ह्वाइट हाउसबाट बाहिरिएसँगै राजनीतिबाट अलग भएकी थिइन् ।

बीबीसीबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको कोलकातामा हजारौं मान्छे सडकमा उत्रिएका छन् । उनीहरूले एकै स्वरमा नारा लगाइरहेका छन्, ‘नो डग, नो भोट’ । पश्चिम बंगालमा चुनाव नजिकिँदै गर्दा कुकुरप्रेमी मतदाताहरूले नेताहरूलाई कडा सन्देश दिएका छन् ‘कुकुरलाई सडकबाट हटायौ भने हाम्रो भोट पाउँदैनौ । ’यो विरोध ३ नोभेम्बर २०२५ मा आएको सर्वोच्च अदालतको निर्णयविरुद्ध हो । स्कुल, अस्पताल र सार्वजनिक ...
। भियतनाममा भीषण बाढी र पहिरोका कारण एक हप्ताको अवधिमा कम्तीमा ९० जनाको ज्यान गएको छ । अक्टोबरको अन्त्यदेखि दक्षिण–मध्य भियतनाम लगातार वर्षाको चपेटामा परेपछि पर्यटकीय सहरहरू बारम्बार डुबानमा परेका छन ्। यसले करोडौं डलर बराबरको आर्थिक क्षति पुर्‍याएको बताइन्छ । तटीय सहर न्हा ट्राङका विस्तृत क्षेत्र पानीमा डुब्दा प्रख्यात पर्यटन केन्द्र दा लाट वरिपरिका उच्च भूभागमा ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्ने अमेरिकाको प्रस्ताव 'अन्तिम' नभएको बताएका छन्। युरोप, क्यानडा र जापानका नेताहरूले योजनामा ​​"न्यायपूर्ण र दिगो शान्ति" को लागि प्रमुख तत्वहरू समावेश गरिएको तर "अझ धेरै काम आवश्यक पर्ने" बताएका छन्। उनले सिमाना परिवर्तन गर्ने र युक्रेनको सेना घटाउने प्रस्तावप्रति चिन्ता व्यक्त गरे। आइतबार, बेलायत, फ्रान्स, जर्मनी, ...
— गाजाको उत्तरी र मध्य क्षेत्रमा इजरायली आक्रमणमा कम्तिमा २२ जना प्यालेस्टिनी मारिएका छन् । हमासको चिकित्सा तथा नागरिक सुरक्षा अधिकारीहरुले उक्त आक्रमणको पुष्टि गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार शनिबार पाँच ठाउँमा भएको आक्रमणमध्ये केही आवासीय क्षेत्रसमेत थिए । स्थानीयका सुत्रले दिएको जानकारी अनुसार मारिएकाध्ये एक जना हमासका वरिष्ठ कमान्डरसमेत रहेको बीबीसीले जनाएको छ । इजरायली ...
— टाइटानिक जहाज दुर्घटनामा मृत्यु भएका एक यात्रीको सुनको पकेट वाच (घडी) १.७८ मिलियन पाउन्डमा बिक्री भएको छ । इसिडोर स्ट्रस र उनकी पत्नी आइडा ती १५ सय मानिसहरुमा थिए, जसको १४ अप्रिलः १९१२ मा टाइटानिक जहाज आएसबर्ग (हिमखण्ड)सँग ठोक्किँदा मृत्यु भएको थियो । उक्त जहाज साउथेम्प्टनदेखि न्यूयोर्कतर्फ जाँदै थियो । दुर्घटनाको केही दिनपछि स्ट्रसको शव ...