मुख्य समाचार
नवलपरासीका केरामा पानामा रोग फैलिँदै
नवलपरासीका केरामा पानामा रोग फैलिँदै

: भारतबाट अवैध रूपमा भित्राइएका बिरुवाका कारण नवलपरासी जिल्लाको केरा खेतीमा पानामा रोग फैलिँएको पाइएको छ। पानामा रोग केरा खेतीका लागि घातक मानिन्छ। गत वर्ष नवलपरासीमा पहिलो पटक पानामा रोगको नयाँ तथा घातक प्रजाति ट्रोपिकल रेश चार (टिआरफोर) रोग देखा परेको थियो। जिल्लाको प्रतापपुर र सुस्ता गाउँपालिका केराको पकेट क्षेत्र हो।


केरा खेतीका बारेमा जानकारी लिन नवलपरासी पुगेका प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र काठमाडौंका वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलले अवैध रूपमा भारतबाट केराको बिरुवा आयात हुँदा जोखिम बढेको बताए। पाना टिआरफोरले प्रकोपको रूप लिएमा केरा खेती नै सखाप हुने जोखिम बढे पनि स्थानीय तह र प्रदेश सरकार गम्भीर नभएको उनको छ।

भारतको कुशिनगरबाट अवैध रूपमा भित्राइएको केराको बिरुवा नवलपरासीसहित कैलालीसम्म पुग्ने गरेको उनले जानकारी दिए। जिल्लाको केरा खेतीको प्रवर्द्धनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई रूपन्देहीले ‘केरा जोन क्षेत्र’ कार्यक्रम सञ्चालन गरेको छ।


नेपालमै पहिलो पटक पानामा टिआरफोर कैलालीमा देखिएपछि नवलपरासीको प्रतापपुरमा पनि देखा परेको थियो। रोग देखा परेपछि आवश्यक सावधानी अपनाउन भने पनि त्यसप्रति कुनै पनि निकाय गम्भीर नबन्दा समस्या विकराल बन्ने खतरा बढेको पौडेल बताए।
भारतबाट अवैध रूपमा आयात हुने बिरुवाको सट्टा नेपालकै सरकारी स्वीकृति प्राप्त नर्सरीबाट उत्पादित बिरुवा प्रयोग गर्नुपर्नेमा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन कार्यालयको जोड छ। पानामाको टिआरफोर देखा परेपछि गतवर्ष नै आचारसंहिता बनाई आन्तरिक ओसारपसारमा समेत स्वीकृति लिनुपर्ने व्यवस्थासहितको मापदण्ड बनाइएको थियो। तर, कुनै सावधानी नअपनाउँदा केरा खेती जोखिममा परेको विज्ञहरूको भनाइ छ।

परियोजनाका प्रमुख, वरिष्ठ कृषि अधिकृत नारायण काफ्लेले प्रतापपुर र सुस्ताका २१ सय बिघा क्षेत्रफलमा पकेट क्षेत्र बनाएर विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिए। केरा उत्पादक समिति नवलपरासीका अध्यक्ष लख्खु यादवले बिरुवाको उचित विकल्प दिनुपर्ने माग गरे।

नेपालमा सरकारले तोकेका नर्सरीले केराको बिरुवा नै उत्पादन गर्न नसकेकाले किसानहरूले अवैध रूपमा ल्याउनु परेको बताए। अवैध रूपमा आउने बिरुवालाई रोक्न सरकारी निकाय र किसानहरू पनि आफैं सजग हुनुपर्नेमा उनको जोड छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
नेपाल कबड्डी लिगको दोस्रो सिजनका लागि ५१२ नेपाली खेलाडीको नाम दर्ता
कोरियामा रोजगारी र लगानीबारे मन्त्री घिसिङ-कोरियाली राजदूत छलफल
एमालेनिकट किसान महासंघले सरकारविरुद्ध तीनकुनेमा प्रदर्शन गर्ने
। वीर अस्पतालका लेखा अधिकृत ढुण्डिराज दाहाल घुस रकमसहित पक्राउ परेका छन् । भक्तपुरको मध्यपुरठिमी नगरपालिका–९ बोडेका दाहाल १ लाख २० हजार ८ सय ५० रुपैयाँ घुसहित पक्राउ परेका हुन् । विभिन्न सप्लायर्स कम्पनी, ठेकेदारहरूलाई बिल भुक्तानी गर्दा घुस लिएको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली उनको कार्यकक्षमा पुगेको थियो । सो क्रममा उनको कार्यकक्षबाट सो रकम ...
मेची राजमार्गको राजदुवाली खण्ड तत्काल नखुल्ने, निरन्तर भूस्खलन