मुख्य समाचार
पर्यटक भित्र्याउन खेलकुद मेला
पर्यटक भित्र्याउन खेलकुद मेला

: मुस्ताङमा पर्यटक भित्र्याउनका लागि खेलकुद मेला सञ्चालन गरिएको छ। जिल्लाको स्याङ गाउँमा शनिबारदेखि सुरु भएको खिल्हा पर्वका अवसरमा खेलकुद मेला सञ्चालन गरिएको हो। खिल्हा पर्वलाई तिब्बती पात्रोको तिथिमा पर्ने स्थानीय भाषामा साउन मेलाका रुपमा लिने गरिन्छ।


घरपझोङ-३ स्याङका वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीले बर्खे बाली भित्र्याएर खेतबारीमा उवा छरेपछि खिल्हा पर्व मनाउने प्रचलन रहेको बताए। वडाध्यक्ष थकालीका अनुसार सदिंयौदेखिको धार्मिक तथा सांस्कृतिक प्रचलन अनुसार पर्वको पहिलो दिन गाउँको १६ जना रोवा (मितज्यु)हरू लस्करै घोडा चढेर समुन्द्री सतहको ४५ सय मिटर उचाइमा अवस्थित गाउँ माथिको लेंक चाङफुई ओढारमा पुग्छन्।

पर्वको पहिलो दिन चाङफुई ओढार पुगेका १६ रोवाले पूर्णिमाको तिथिमा त्यहाँ लामा राखेर विधिपूर्वक पूजाआजा गरि पुनः गाउँ फर्किन्छन्। चाङफुई ओढारमा पूजाआजा गरी १६ रोवा गाउँ फर्किएपछि खिल्हा पर्वका अन्य गतिविधि सञ्चालन हुने वडाध्यक्ष थकालीको भनाइ छ। खिल्हा पर्व अवधिमा गाउँभित्र परम्परागत प्रचलन अनुसार याक नाच र जोगी नाचहरू देखाइने चलन रहेको वडाध्यक्ष थकालीको भनाई छ।



वडाध्यक्ष थकालीले स्याउँ गाउँको धार्मिक तथा सांस्कृतिक पर्व खिल्हा पर्वलाई गाउँले मिलेर पर्यटन प्रवर्द्धनका लागि बृहत खेलकुद मेला सञ्चालन गरिएको बताए। सधैंझैँ परम्परागत रूपमा गाउँले मात्रै मिलेर मनाइने खिल्हा पर्वलाई यसपटक स्याउ गाउँले विभिन्न खेलकुदका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।

साउन ५ गतेदेखि साउन ९ गतेसम्म सञ्चालन हुने खिल्हा मेलामा राष्ट्रिय तथा क्षेत्रीय र जिल्ला स्तरीय आर्चरी तथा भलिबल खेलाडीहरू मुस्ताङ आइपुगेका छन्। जनकल्याण युवा क्लब स्याङ गाउँको आयोजनामा हुने खिल्हा मेलामा भलिबल, आर्चरी, तारो हान्ने खेल, घोडा दौड तथा घोडा दौडाउँदै खादा टिप्ने लगायतका प्रतियोगिताहरू समावेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...