मुख्य समाचार
पाल्पामा ७४ जनामा डेंगु संक्रमण
पाल्पामा ७४ जनामा डेंगु संक्रमण

। पाल्पामा यो वर्ष ७४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लाभित्रका ४२ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ३२ जना गरी सो संख्यामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानीय तहहरु र तानसेनस्थित युनाइटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि आउने बाहिरी जिल्लाका नागरिकमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पा प्रमुख डा. राजेन्द्र कुमार गिरीले जानकारी दिए ।




पाल्पाको हकमा संक्रमितमध्ये सबैभन्दा धेरै तानसेन नगरपालिका र कम संक्रमित तिनाउ गाउँपालिकाका रहेका छन् । यो वर्ष असार महिना लागेपछि सबैभन्दा धेरैमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टीकाराम अधिकारीले बताए ।

जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य शाखामार्फत्‌ ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरी सचेतना फैलाउन स्वास्थ्य कार्यालयले परिपत्र गरेको छ । डेंगु एडिस (एजिप्टाइ) जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ ।


डेंगुको संक्रमण भएमा असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशी दुख्ने, शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुनेजस्ता लक्षणहरू देखापर्छ ।

डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । जसका लागि लामखुट्टेको वृद्धि रोक्ने उपयुक्त उपाए अपनाउन र सचेत हुन चिकित्सकले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
नेपाल कबड्डी लिगको दोस्रो सिजनका लागि ५१२ नेपाली खेलाडीको नाम दर्ता
कोरियामा रोजगारी र लगानीबारे मन्त्री घिसिङ-कोरियाली राजदूत छलफल
एमालेनिकट किसान महासंघले सरकारविरुद्ध तीनकुनेमा प्रदर्शन गर्ने
। वीर अस्पतालका लेखा अधिकृत ढुण्डिराज दाहाल घुस रकमसहित पक्राउ परेका छन् । भक्तपुरको मध्यपुरठिमी नगरपालिका–९ बोडेका दाहाल १ लाख २० हजार ८ सय ५० रुपैयाँ घुसहित पक्राउ परेका हुन् । विभिन्न सप्लायर्स कम्पनी, ठेकेदारहरूलाई बिल भुक्तानी गर्दा घुस लिएको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली उनको कार्यकक्षमा पुगेको थियो । सो क्रममा उनको कार्यकक्षबाट सो रकम ...
मेची राजमार्गको राजदुवाली खण्ड तत्काल नखुल्ने, निरन्तर भूस्खलन