मुख्य समाचार
माइक्रोसफ्टका कम्प्युटरमा देखिएको विश्वव्यापी अवरोधबाट चीन कसरी जोगियो ?
माइक्रोसफ्टका कम्प्युटरमा देखिएको विश्वव्यापी अवरोधबाट चीन कसरी जोगियो ?

शुक्रबार जुलाई २० का दिन सारा विश्व नै माइक्रोसफ्टबाट चल्ने कम्प्युटर प्रणालीमा आएको गडबडीका कारण समस्यामा परेको थियो । तर, चीनमा भने त्यो अवरोधको कुनै प्रभाव परेन र सबै कुरा ठीकठाक चलिरहेको थियो ।

साइबर सेक्योरिटी कम्पनी क्राउडस्ट्राइकका एक अपडेटका कारणले गर्दा माइक्रोसफ्ट सिस्टमबा चल्ने कम्प्युटरमा निलो स्क्रिन देखिन थाल्यो र विश्वका धेरै देशमा विमान सेवादेखि अन्य कम्प्युटरमा आधारित व्यवसाय र क्रियाकलापहरु अवरुद्ध भए । तर, चीन भने यस्तो समस्याबाट अछुतो रह्यो ।




आखिर चीनले यस्तो के गर्‍यो जसका कारण संसारभर फैलिएको उक्त तरंगको असर चीनमा नगन्य रह्यो ?

यसको जवाफ निकै सरल छ । वास्तवमा चीनमा क्राउडस्ट्राइकको प्रयोग सायदै भएको छ ।


क्राउडस्ट्राइकको एक अपडेटका कारणले गर्दा माइक्रोसफ्टको सिस्टमबाट चल्ने कम्प्युटरहरुले अचानक काम गर्न छाडेका थिए ।

चीनमा यस्ता निकै कम व्यवसाय तथा सेवाहरू छन् जसले कुनै अमेरिकी कम्पनीबाट सफ्टवेयर खरिद गर्न चाहन्छन् । किनकि अमेरिकी कम्पनीहरूले चीनलाई आफ्नो साइबर सेक्योरिटीका लागि खतरा मान्दछन् ।

चीनबाट उत्पन्न साइबर खतरालाई लिएर यी कम्पनीहरू निकै मुखर रहेका छन् ।

बाँकी विश्वजस्तो चीन माइक्रोसफ्टमा निर्भर छैन । चिनियाँ बजारमा अलिबाबा, टेन्सेन्ट तथा हुवावेजस्ता घरेलु प्रविधि कम्पनीहरुको दबदबा छ र अधिकांश क्लाउड सर्भिस यिनै कम्पनीहरूको कब्जामा छ ।

त्यसैले चीनमा माइक्रोसफ्ट आउटेजको सुरुवाती खबर आउँदा खासै समस्या पैदा भएन । त्यसबाट केवल विदेशी कम्पनीहरू तथा संस्थाहरू मात्रै प्रभावित भएका थिए ।

वास्तवमा चिनियाँ सोसल मिडिया साइटहरूमा केवल केही प्रयोगकर्ताहरुले मात्र आफूहरूले चीनमा रहेका सेराटन, म्यारियट तथा हायात जस्ता अन्तर्राष्ट्रिय होटल चेनका होटलहरुमा चेकइन गर्न नसकिरहेको गुनासो गरिरहेका थिए ।

पश्चिमा प्रविधि कम्पनीहरुसँग चीनको दूरी किन ?

चीनमा पछिल्ला केही वर्षहरुमा सरकारी निकायहरू, कम्पनी तथा पूर्वाधार संचालकहरुले आफ्नो आईटी प्रणाली विदेशी कम्पनीहरूको साटो घरेलु कम्पनीहरुलाई जिम्मा दिएका छन् कतिपय विश्लेषकहरू यो समानान्तर नेटवर्कलाई स्पललिन्टरनेटको नाम दिएका छन् ।

सिंगापुरमा बस्ने साइबर सेक्योरिटी विज्ञ जोस केनेडी भन्छन्- यसले विदेशी प्रविधि सञ्चालनका विषयमा चीनको रणनीति प्रष्ट पार्दछ ।

उनका अनुसार माइक्रोसफ्टले चीनमा एक स्थानीय सहयोगी २१ भायानेटको माध्यमबाट काम गर्दछ, जसले आफ्नो विश्वव्यापी पूर्वाधारबाट स्वतन्त्र भएर सेवा प्रदान गर्दछ । यस्तो खालको सेटअपका कारण प्रविधिमा देखिएको कुनै विश्वव्यापी गडबडीका बेला पनि चीनको बैंकिङ तथा उड्ययन क्षेत्र सुरक्षित रहन्छ ।

विदेशी प्रणालीमा निर्भरताले आफ्नो राष्ट्रिय सुरक्षामा खतरा पैदा हुने दृष्टिकोण चीनको छ त्यसैले सरकारले यस्ता बहुराष्ट्रिय प्रणालीमाथिको निर्भरतालाई कम गर्ने कुरामा जोड दिन्छ ।

यो ठीक त्यस्तै खालको कदम हो जसरी कतिपय पश्चिमा देशहरुले सन् २०१९ मा चिनियाँ प्रविधि कम्पनी हुवावेको प्रविधिमाथि प्रतिबन्ध लगाएका थिए ।

त्यसैगरी सन् २०२३ मा बेलायत सरकारले आफ्ना सरकारी डिभाइसहरुमा चिनिया सोसल मिडिया प्लाटफर्म टिकटकको प्रयोगमाथि प्रतिबन्ध लगाएको थियो ।

त्यसयता अमेरिकाले चीनलाई अत्याधुनिक सेमिकन्डक्टर चिप बिक्री गर्नबाट रोक्न लगातार कोसिस गरिरहेको छ । साथै अमेरिकी कम्पनीहरुलाई चिनियाँ प्रविधिमा लगानी गर्नबाट पनि रोकिएको छ ।

यी सबै प्रतिबन्धहरु राष्ट्रिय सुरक्षालाई मध्यनजर गरेर लागू गरिएको अमेरिकी सरकारको दाबी छ।

चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्समा शनिबार प्रकाशित एक सम्पादकीयमा पनि चिनियाँ प्रविधि रोक्ने अमेरिकाका यस्ता कदमका विषयमा उल्लेख गरिएको छ, जसमा लेखिएको छ- कतिपय देशहरू सुरक्षाको कुरा लगातार गरिरहन्छन् । उनीहरुले यो अवधारणालई सरलीकरण गरिदिएका छन् । तर उनीहरूले वास्तविक सुरक्षालाई नजरअन्दाज गरिरहेका छन् । यो विडम्बना हो ।

खुल्ला विश्व बजारको पैरवी तर घरेलु बजारमा नियन्त्रण

अमेरिकाले विश्व प्रविधिहरु कसले प्रयोग गर्न सक्छ र कसरी प्रयोग गर्ने भन्ने कुरा तय गर्ने कोसिस गर्ने गरेको तर्क चीनको छ ।

तर अमेरिकाकै एउटा कम्पनीले सावधानी नअपनाउँदा शुक्रबार विश्वभर नै त्यतिठूलो समस्या पैदा भयो ।

ग्लोबल टाइम्सले एकाधिकारवादी प्रवृत्तिका बारेमा लेखेको छ- कतिपय देशहरू नेटवर्क सेक्योरिटीका लागि केवल केही शीर्ष कम्पनीहरुमाथि नै पूर्णरुपमा निर्भर रहने कुराको वकालत गर्दछन् । तर, यसले केवल शासनका लाभहरुलाई समान रुपमा लाभ लिनबाट रोक्नेमात्र होइन कि नयाँ सुरक्षा जोखिमहरू पनि पैदा गर्दछ ।

यहाँ समान रुपबाट लाभ लिने सन्दर्भले सायद बौद्धिक सम्पत्ति अधिकारका विषयमा चलिरहेको बहसतर्फ इंगित गरेको हुनसक्छ । किनकि चीनमाथि प्रायः पश्चिमा प्रविधिको नक्कल गर्ने वा चोरी गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

तर, चीनले भने बौद्धिक सम्पत्तिको चोरी तथा नक्कल गरेको आरोप अस्वीकार गर्दछ । प्रविधिमा खुल्ला विश्व बजारको पैरवी चीनले गर्ने गरेको छ । तर, आफ्नो घरेलु बजार भने बाह्य प्रविधि कम्पनीहरुका लागि खुल्ला गर्न चाहँदैन ।

यद्यपि शुक्रबारको विश्वव्यापी प्रविधि अवरोधबाट चीन पूर्णरुपमा अछुतो रहन भने सकेन । त्यहाँका कतिपय कर्मचारीहरुमाथि त्यसको प्रभाव पर्‍यो । जसका कारण उनीहरुको सप्ताहान्त छिटै सुरु भयो ।

माइक्रोसफ्टमा भएको गडबडीले कार्यालयको काम अवरुद्ध हुँदा शुक्रबार छिटै छुट्टी भएसँगै सोसल मिडियामा Thank You Microsoft ट्रेन्डिङ भैरहेको थियो । कतिपय सोसल मिडियामा आइटी आउटेजका कारण कम्प्इुटरको ब्लू स्क्रिनमा error चिह्न देखिएका तस्वीरहरू अपलोड भैरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपेली मुलुक इटालीको प्रतिस्पर्धा नियामक निकायले अमेरिकी प्रविधि कम्पनी एप्पलमाथि भारी जरिवना गरेको छ । इटालीको प्रतिस्पर्धा प्राधिकरण (एजीसीएम) ले एप्पल र उसका दुई विभागलाई ९८ मिलियन युरो जरिवाना तिराउने आदेश दिएको छ । यो भनेको करिब १६ अर्ब ५६ करोड नेपाली रुपैयाँ बराबर रकम हो । एप्पलले स्मार्टफोन एप बजारमा आफ्नो प्रभुत्वशाली हैसियतको ...
— काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने दोस्रो ‘घर निर्माण फेस्ट’को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । नेपालको निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोगमार्फत नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित घर निर्माण फाउन्डेसनको आयोजनामा पुस १२ देखि १५ गतेसम्म फेस्ट आयोजना हुन लागेको हो । फेस्टमा १५० भन्दा बढी स्टल रहनेछन् भने करिब २ सय करोड रुपैयाँको कारोबार ...
सरकारले लामो समयदेखि काम नभएका र प्रगति पनि नदेखिएका आयोजनाका ठेक्का तोड्न अग्रसरता देखाएको भए पनि तिनको यथाशक्य निर्माणको सुनिश्चितता भने गर्न सकेको छैन ।
— सवारीसाधनलाई इन्धनबाट बिजुलीमा रूपान्तरण (कन्भर्जन) गर्ने कानुन दुई पटक आए पनि मापदण्ड नबन्दा यसको सुविधा उपयोग गर्न नसकिएको व्यवसायीले बताएका छन् । १४ चैत २०७८ मा राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले पेट्रोलियम सवारीलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति लिएको थियो । पछिल्लो पटक सरकारले फेरि ३ वर्षका लागि कन्भर्जन गर्न पाउने सूचना जारी गरेको छ । गत ...
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका ईश्वर पोखरेलले आफू विजयी हुन नसके पनि पार्टीको अभियानमा निरन्तर सहभागी भइरहने बताएका छन्