मुख्य समाचार
ढलमा भाइरस देखिएपछि उपत्यकामा पोलियो खोप दिइँदै
ढलमा भाइरस देखिएपछि उपत्यकामा पोलियो खोप दिइँदै

। ढलमा पोलियो भाइरस भेटिएपछि सरकारले साउन ९ देखि १२ गतेसम्म काठमाडौं उपत्यकाका बालबालिकालाई पोलियो खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति निकाल्दै काठमाडौं उपत्यकाका तीन जिल्लामा सञ्चालन हुने जानकारी दिएको हो ।


गत असार २९ मा टुकुचा–बागमती आसपासका ढलमा पोलियो खोपबाट उत्पन्न पोलियो भाइरस देखिएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंको टुकुचा–बागमती संगम नजिकबाट संकलन गरिएको ढलको नमुना परीक्षण गर्दा पोलियो भाइरस पत्ता लागेको हो ।

मन्त्रालयका अनुसार जेठ ३१ मा नमुना संकलनमा टाइप थ्री भाइरस पुष्टि भएको थियो ।


‘हालसम्म कुनै पनि व्यक्तिमा भने पोलियो भाइरस संक्रमण पुष्टि भएको छैन । यो मानिसमा पोलियो संक्रमण नभएर ढलमा भाइरस देखिएको घटना हो,’ जारी विज्ञप्तिमा भनिएको छ ।

पोलियोमुक्त देश घोषणा भएको १४ वर्षपछि वातावरणमा पोलियो भाइरस देखिनु चिन्ताको विषय भएको मन्त्रालयका अधिकारीले बताएका छन् ।

पोलियोले मूलतः पाँच वर्षमुनिका बालबालिकालाई असर गर्छ । पोलियो भाइरस पी १, पी २, पी ३ गरी तीन प्रकारका हुन्छन् र तीनवटै प्रकारका भाइरसबाट पोलियो रोग हुनसक्छ । यो रोगलाई ‘पोलियोमाइलाइटिस’ भनिन्छ ।

पोलियो भाइरसबाट संक्रमण भएको व्यक्तिलाई पक्षघात हुनसक्छ र पक्षघात भएपछि निको हुँदैन । यो रोगबाट मृत्यु पनि हुनसक्छ । पोलियोको उपचार छैन, तर खोप लगाएर बच्चाहरूलाई पोलियो लाग्नबाट बचाउन सकिन्छ ।

स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको सहकार्यमा अनुगमन भइरहेको, वातावरणीय निगरानी अन्तर्गत ढलको थप नमुना परीक्षण भइरहेको छ । पोलियो भाइरसद्धारा लाग्ने रोग हो ।

यो मुख्य रुपमा व्यक्ति–व्यक्ति बीचको सम्पर्कद्धारा फैलिन्छ । संक्रमित व्यक्तिको दिशा–पिसाब समावेश खाना वा पेय पदार्थको सेवनबाट फैलिने गर्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
नेपाल कबड्डी लिगको दोस्रो सिजनका लागि ५१२ नेपाली खेलाडीको नाम दर्ता
कोरियामा रोजगारी र लगानीबारे मन्त्री घिसिङ-कोरियाली राजदूत छलफल
एमालेनिकट किसान महासंघले सरकारविरुद्ध तीनकुनेमा प्रदर्शन गर्ने
। वीर अस्पतालका लेखा अधिकृत ढुण्डिराज दाहाल घुस रकमसहित पक्राउ परेका छन् । भक्तपुरको मध्यपुरठिमी नगरपालिका–९ बोडेका दाहाल १ लाख २० हजार ८ सय ५० रुपैयाँ घुसहित पक्राउ परेका हुन् । विभिन्न सप्लायर्स कम्पनी, ठेकेदारहरूलाई बिल भुक्तानी गर्दा घुस लिएको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली उनको कार्यकक्षमा पुगेको थियो । सो क्रममा उनको कार्यकक्षबाट सो रकम ...
मेची राजमार्गको राजदुवाली खण्ड तत्काल नखुल्ने, निरन्तर भूस्खलन