मुख्य समाचार
पेट्रोलियम आयात : बढ्यो परिमाण, घट्यो मूल्य
पेट्रोलियम आयात : बढ्यो परिमाण, घट्यो मूल्य

। नेपालमा एक वर्ष अवधिमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ । यसमध्ये डिजेल सबैभन्दा अगाडि छ ।

देशभरि विद्युतीय सवारीसाधनको बढ्दो संख्यासँगै पेट्रोलियम पदार्थ खपत घट्ने अपेक्षा थियो । तर, तथ्यांकले भने मुलुक अझै पनि पेट्रोलियम पदार्थमै अधिक निर्भर रहेको देखाउँछ ।


गत आर्थिक वर्ष २०८०/८१ मा १४ लाख ११ हजार ४ सय ४० किलोलिटर बराबर डिजेल आयात भएको छ । २०७९/८० मा १४ लाख ८ हजार ४ सय ९४ किलोलिटर डिजेल आयात भएको थियो । तर, मूल्य भने घटेको छ ।

अघिल्लो आव २०७९/८० मा १ खर्ब ५३ अर्ब ७६ करोड रुपैयाँको डिजेल आयात भएकोमा यस वर्ष १ खर्ब ४३ अर्ब ९७ करोड बराबरको डिजेल आयात भएको छ । सोही प्रवृत्ति पेट्रोल र खाना पकाउने एलपी ग्यासमा समेत देखिएको छ ।


नेपाल आयल निगम प्रवक्ता मनोज ठाकुर अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपालमा कम मूल्यमा धेरै आयात भएको बताउँछन् । तर, खपत भने नघटेको उनको भनाइ छ ।

‘नेपालमा तत्काल पेट्रोलियम पदार्थको आयात घट्ने अवस्था छैन, उनी भन्छन्, ‘किनकि, अहिले निजी सवारीसाधनमा विद्युतीयको आयात बढेको देखिए पनि धेरै खपत हुने सार्वजनिक र ढुवानीका सवारीसाधनमा डिजेल नै प्रयोग हुन्छ ।’

अर्कातर्फ, सरकारले मुलुकभित्र उत्पादित विद्युत् खपत भान्सामा बढाउन विभिन्न प्रयास गरिरहेको छ । तर, त्यसको नतिजा सकारात्मक देखिँदैन ।

एलपी ग्याँस आयात समेत परिमाणमा निरन्तर बढिरहेको छ । यसो हुनुमा दूरदराजसम्म दाउरा विस्थापित भई ग्यास पुग्नु मुख्य कारण रहेको निगमको आकलन छ ।

खासगरी सडक यातायात पहुँच विस्तारसँगै खाना पकाउने प्रयोजनमा दाउरा विस्थापित भई एलपी ग्याँस खपत बढिरहेको छ । त्यसको तुलनामा विद्युतीय चुलो उपयोगको गति बढ्न नसक्दा परिमाणमा अझै पनि विद्युत्ले ग्यास विस्थापित गर्न नसकेको पाइएको छ ।

तथ्यांक अनुसार २०७९/८० मा ६ लाख ८० हजार ८ सय ७ किलोलिटर पेट्रोल आयात गर्न ६६ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ विदेशिएको थियो ।

२०८०/८१ मा भने ६ लाख ८७ हजार ९ सय ३१ किलोलिटर पेट्रोल आयात भएको छ । यसका लागि ६८ अर्ब ८४ करोड विदेशिएको छ ।

उता, खाना पकाउने ग्यासमा २०७९/८० मा ५१ करोड ४३ लाख ४० हजार किलो आयात हुँदा ५८ अर्ब १५ करोड विदेशिएको छ । २०८०/८१ मा भने ५२ करोड ४२ लाख किलो एलपी ग्यास आयात हुँदा ५५ अर्ब ६१ करोडमात्र विदेशिएको तथ्यांकले देखाएको छ ।

सरकारले विद्युत् खपत घटाउन भन्दै विद्युतीय सवारीसाधन आयातमा भारी कर छुट दिइरहेको छ । यसले विद्युतीय सवारीसाधन आयातको मात्रा बढाएर पनि पेट्रोलियम पदार्थको विस्थापन भने नगरेको पाइएको छ ।

अर्कातर्फ, उद्योगहरूमा अघोषित लोडसेडिङको अवस्थाले भने यस वर्ष डिजेल खपत कम नभएको अनुमान गरिएको छ ।

हिँउदमा विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा माग अनुसार बिजुली दिन सकिरहेको छैन । जसले गर्दा डिजेल प्लान्ट चलाउनुपर्ने बाध्यता छ ।

निर्माण क्षेत्रमा खटिने र ढुवानीमा प्रयोग हुने सबै सवारीसाधन तथा उपकरणमा समेत डिजेलकै प्रयोग हुन्छ । सोहीकारण यसको खपत नघटेको आयल निगमको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सेयर कारोबार असोज २ गतेसम्म बन्द रहने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने जानकारी दिएको हो। आज सूचना प्रकाशित गरेर धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० (१,घ) बमोजिम नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भए अनुसार धितोपत्रको दोस्रो बजार कारोबार बन्द रहने जानकारी दिएको हो।
: उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्‍व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच शिष्टाचार भेटघाट भएको छ। अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण लगायतका विषयमा छलफल भएको छ। अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सुचकहरुमा उल्लेखनीय सुधार आएको जानकारी दिँदै नेपालले नीतिगत, संरचनागत, निर्णय र कार्यान्वयन प्रकृयामा ...
: नेपाल राष्ट्र बैंकले यस वर्ष नयाँ नोट नबाँड्ने भएको छ। दसैँका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैंकले पछिल्लो समय सुकिला नोट मात्र बाँड्न थालेको हो। दसैँतिहारलक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैंकले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ। दसैँमा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई बजारमा ...
: कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नयाँ पुस्तालाई उद्यम व्यवसायमा आकर्षित बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना नीतिमा सरलीकृत गर्नुपर्ने बताएका छन्। कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले बिहीबार वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेशस्तरीय बैंक तथा वित्तीय संस्थाहरूसँगको छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेलले झन्झटिलो प्रक्रियाले उद्यमशीलता गर्ने चाहना हुँदा हुँदै पनि रोकिनु परेको तर्फ बैंकहरूको ध्यानाकर्षण ...
— राष्ट्र बैंकले १ सयबाहेक अरु दरका भारतीय मुद्रा (नोट) साथमा नराख्न, ओसारपसार नगर्न र कारोबार नगर्न नेपाली नागरिकलाई आग्रह गरेको छ । हाल नेपालमा एक सयभन्दा अरु दरका भारतीय मुद्रा कारोबार गर्न बन्देज छ । यद्यपि केही नेपालीले भारु २ सय, ५ सय र २ हजार दरका नोट साथमा लिएर हिँडेको अथवा ओसारपसार गरेको भेटिएपछि ...