मुख्य समाचार
होटल व्यवसायीले भेटे अर्थमन्त्री, विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालन गर्न माग
होटल व्यवसायीले भेटे अर्थमन्त्री, विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालन गर्न माग

। होटल संघ नेपाल (हान) ले विमानस्थलहरू पूर्ण क्षमतामा चल्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

हानका अध्यक्ष विनायक शाह नेतृत्वमा गएको प्रतिनिधि टोलीले मंगलबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसँग भेट गर्दै विमानस्थलहरू पूर्ण रूपमा सञ्चालनमा ल्याएर पर्यटक आगमन बढाउन माग गरेको हो ।




भेटमा अर्थमन्त्री पौडेलले बढ्दै गएको होटलहरूको संख्या र क्षमता उपयोग गर्न भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरूमा अन्तर्राष्ट्रिय उडान बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।

अर्थमन्त्री पौडेलले पर्यटकीय तथा राष्ट्रिय महत्त्वका पोखरा, चितवन, लुम्बिनी लगायतका राजमार्ग विस्तार र स्तरोन्नति निश्चित समयभित्र सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताए ।


अर्थमन्त्री पौडेलले आउँदो मौद्रिक नीतिमा पर्यटन/होटल क्षेत्रको स्थायित्व तथा प्रवर्द्धन गर्न अभिप्रेरित रहने बताउँदै व्यवसायीहरुले लामो समयदेखि होटल क्षेत्रलाई उद्योग सरहको मान्यता दिने माग प्रति सरकार सकारात्मक रहेको र नीतिगत सुधार गर्ने बताए ।

उनले नेपालमा आउने भारतीय पर्यटकबाट खर्च गर्ने सीमा तथा व्यवस्था, आन्तरिक पर्यटन बढाउने लगायत होटल संघ नेपालले उठाएका पर्यटन विकास विस्तारका विषयहरूमा मन्त्रालय सकारात्मक रहेको बताए ।

हानका अध्यक्ष शाहले होटलको संख्या तथा क्षमता बढे अनुरूप माग बढ्न नसकेको हुँदा आउँदो मौद्रिक नीति लगायतका सरकारी पहल आवश्यक रहेको विवरण प्रस्तुत गर्दै ज्ञापनपत्र पेस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल वायुसेवा निगम को 'लुम्बिनी' नामक न्यारोबडी विमान इन्जिन प्रतिस्थापनका लागि इजरायल पुगेको छ। उक्त विमान आइतबार राति काठमाडौंबाट नियमित उडानमार्फत दुबई पुगेको थियो भने सोमबार दिउँसो निगमका चालकदलले खाली उडानमार्फत इजरायल पुर्‍याएका हुन्। निगम र इजरायलको सरकारी स्वामित्वको एयरोस्पेस कम्पनीबीच यसअघि नै न्यारोबडी विमानका इन्जिन मर्मत तथा प्रतिस्थापनसम्बन्धी सम्झौता भएको थियो। २०८० भदौमा भएको ...
। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न उद्योग तथा फर्म अनुगमन क्रममा कैफियत भेटिएकालाई ३ दिनमा ७५ हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागको अनुगमन टोलीले नियमित अनुगमन अन्तर्गत मंगलबार, बुधबार र शुक्रबार गरी ३ दिनमा ५६ उद्योग तथा फर्म अनुगमन गरेको थियो । अनुगमन क्रममा ७ उद्योगलाई उक्त जरिबाना तिराइएको विभागले जनाएको छ । मंगलबार ...
चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ
अमेरिकाले आफ्नो सेनाले सिरियामा इस्लामिक स्टेट (आईएस) विरुद्ध ठूलो सैन्य आक्रमण गरेको बताएको छ
— खाद्य तथा व्यवस्था व्यापार केन्द्र राजापुरले शुक्रबारसम्म २६ हजार क्विन्टल धान खरिद गरेको छ । यस वर्ष खाद्यले ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य थियो । हालसम्म २६ हजार क्विन्टल धान खरिद भइसकेको खाद्य केन्द्रका प्रमुख कमल पाण्डेले बताए । ‘४ हजार क्विन्टल खरिदपछि बन्द हुने छ,’ उनले भने, ‘सरकारले ३० हजार क्विन्टल खरिदको ...