मुख्य समाचार
भारतमा अन्तरिक्ष अर्थव्यवस्था विस्तार गर्न हजार करोड कोषको घोषणा
भारतमा अन्तरिक्ष अर्थव्यवस्था विस्तार गर्न हजार करोड कोषको घोषणा

: चन्द्रयान–३ मिसनको सफल समापनपछि वित्तमन्त्री निर्मला सीतारमणले मङ्गलबार अन्तरिक्ष अर्थव्यवस्थाको पाँच गुणा विस्तार गर्न एक हजार करोड (भारतीय रुपैयाँ) को उद्यम पूँजी कोषको स्थापना गर्ने घोषणा गरेकी छन्।


सन् २०२३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल सफ्ट ल्यान्डिङ र भारतको पहिलो सौर्य मिसन आदित्य–एल १ को सफल प्रक्षेपण गरेर भारत नयाँ उचाइमा पुगेको छ ।

यी कोसेढुङ्गाहरूले विश्व अन्तरिक्ष अर्थतन्त्रमा भारतको स्थान सुरक्षित गर्नुका साथै भारतको निजी अन्तरिक्ष क्षेत्रका लागि इन्जिनहरूलाई बढावा दिएको छ । भारतले अब सन् २०३५ सम्ममा भारतीय अन्तरिक्ष स्टेशन स्थापना गर्ने र सन् २०४० सम्ममा चन्द्रमामा पहिलो भारतीय पठाउने लक्ष्य राखेको छ ।



यस वर्षको सुरुमा वाणिज्य तथा उद्योग मन्त्रालयले भारतको अन्तरिक्ष क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी (एफडिआई) नीतिको समीक्षाको घोषणा गरेको थियो ।

विशेषगरी भारतीय अन्तरिक्ष क्षेत्रलाई निजी कम्पनीहरूका लागि खोल्ने ऐतिहासिक कदमपछि भारतीय अन्तरिक्ष स्टार्टअपहरू पछिल्लो दशकमा निजी अन्तरिक्ष उद्योगका लागि बलियो स्तम्भ बनेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: उत्तर कोरियाले दुई नयाँ हवाई रक्षा क्षेप्यास्त्र परीक्षण गरेको छ। राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार परीक्षण देशका नेता किम जोङ–उनको निगरानीमा गरिएको हो। कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए) ले हतियारमा उत्कृष्ट लडाई क्षमता रहेको र यसमा विशेष प्रविधि प्रयोग गरिएको बताएको छ। परीक्षणले दुवै क्षेप्यास्त्र ड्रोन र क्रूज क्षेप्यास्त्र सहित विभिन्न हवाई लक्ष्यलाई नष्ट गर्न सक्षम छन् ...
: गाजामा युद्धविराम सम्झौताको माग गर्दै शनिबार इजरायलमा हजारौं मानिस सडकमा उत्रिएका छन्। धेरै सहरमा आयोजित विरोध र्‍यालीमा ठुलो संख्यामा मानिस सहभागी भए। प्रदर्शनकारीले गाजा शहर कब्जा गर्ने सेनाको योजनाले बाँकी बन्धकको जीवनलाई खतरामा पार्न सक्ने बताएका छन्। इजरायली पूर्व रक्षामन्त्री बेनी गान्ट्जले बन्धकको रिहाइलाई प्राथमिकता दिँदै अस्थायी राष्ट्रिय एकता सरकार गठन गर्न आह्वान गरेका छन्। प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्जिओ गोरलाई भारतका लागि अमेरिकी राजदूतमा नियुक्त गरेको घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपतिले सर्जिओ गोरलाई भारतका लागि नयाँ अमेरिकी राजदूत र दक्षिण तथा मध्य एशियाका लागि विशेष दूत नियुक्त गर्ने बताएका हुन्। भारतमाथि अमेरिकाले लगाएको करलाई लिएर विवाद भइरहेको छ। यसै समयमा गोरलाई भारतका लागि अमेरिकी राजदूत बनाइएको छ। यससँगै भारत ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई हप्तामा युक्रेन युद्धको शान्तिपूर्ण समाधान नभए रुसमाथि कडा प्रतिबन्ध वा कर लगाउने चेतावनी दिएका छन्। अगस्ट १५ मा अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटघाटको एक हप्तापछि ट्रम्पले यस्तो चेतावनी दिएका हुन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने,ʻम चाँडै निर्णय गर्नेछु। यो धेरै महत्त्वपूर्ण निर्णय हुनेछ। ...
: चिनियाँ विदेशमन्त्री वाङ यीले भारत र चीनबीचको साझेदारी कुनै तेस्रो देशविरुद्ध नभएको बताएका छन्। बिहीबार इस्लामाबादमा पाकिस्तानका विदेशमन्त्री तथा उपप्रधानमन्त्री इशाक दारसँगको संयुक्त पत्रकार सम्मेलनमा वाङ यीले भारत र चीनबीचको साझेदारीले अन्य कुनै देशलाई असर नगर्ने बताएका हुन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करको प्रभाव समयसँगै देखिने बताए। तर यसले भारतको रुससँगको मित्रतालाई ...