मुख्य समाचार
इथियोपियामा पहिरो, मृत्यु हुनेको सङ्ख्या २२९ पुग्यो
इथियोपियामा पहिरो, मृत्यु हुनेको सङ्ख्या २२९ पुग्यो

इथियोपियाको दक्षिणी क्षेत्रमा सोमबार पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय २९ पुगेको स्थानीय सरकारले जनाएको छ ।


दक्षिणी इथियोपियाको गेजे गोफा जिल्लामा स्थानीय समयानुसार सोमबार बिहान करिब १० बजे पहिरो गएको थियो । पहिरोमा परी मृत्यु हुनेमा एक सय ४८ पुरुष र ८१ महिला रहेको गोफा क्षेत्र सरकारी सञ्चार मामिला विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

इथियोपियामा जुलाईमा सुरु भएको र सेप्टेम्बरको मध्यसम्म रहने अपेक्षा गरिएको वर्षाको मौसममा घातक पहिरो गएको हो । पूर्वी अफ्रिकी देशका केही भागमा मौसमी वर्षाले कहिलेकाहीँ घातक पहिरो निम्त्याउँछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इराकको पश्चिमी मरुभूमिमा अवस्थित रणनीतिक रूपमा सबैभन्दा महत्त्वपूर्ण मानिने अल-असद एयरबेसबाट अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धन सेना पूर्ण रूपमा फिर्ता भएको छ। सन् २०१४ मा इस्लामिक स्टेट (आईएसआईएस) विरुद्धको युद्ध सुरु भएयता पहिलो पटक यो विशाल सैन्य आधार क्षेत्रको सम्पूर्ण प्रशासनिक र सुरक्षा कमान्ड इराकी सुरक्षा बललाई हस्तान्तरण गरिएको हो। यो कदमलाई इराकको सार्वभौमिकता र मध्यपूर्वको ...
। सन् २०२६ सम्म आइपुग्दा स्ट्रेट अफ होर्मुज विश्वको सबैभन्दा जोखिमपूर्ण भू-राजनीतिक अखडा बनेको छ। इरानभित्रको आन्तरिक अशान्ति, अमेरिकाको आक्रामक व्यापार नीति र अत्याधुनिक इलेक्ट्रोनिक वारफेयरको त्रिवेणीले विश्वको सबैभन्दा महत्त्वपूर्ण ऊर्जा मार्गलाई संकटको मोडमा पुर्‍याएको छ। अहिलेको संकटको मुख्य कारण इरानभित्र भइरहेको देशव्यापी विरोध प्रदर्शन हो। इरानी मुद्रा ‘रियाल’ को भारी अवमूल्यनका कारण यो आन्दोलन चर्किएको हो। ...
— बंगलादेशमा आइतबार बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी) का विद्यार्थी नेताहरुले निर्वाचन आयोग घेराऊ गरेका छन् । उनीहरुले निर्वाचन आयोग पूर्वाग्रही भएको र प्रहरी तथा सीमा रक्षकहरुले टुलुटुलु हेरेर बसेको आरोप लगाए । १२ फेब्रुअरीमा हुने राष्ट्रिय मतदानअघि बीएपनपीको विद्यार्थी संगठन (जातीयतावादी छात्र दल ‘जेसीडी’ ) ले दोहोरो नागरिकताधारीहरुलाई पनि उम्मेदवारीको अवसर दिनुपर्ने पक्षमा लबिङ गरिरहेको ...
: अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको २५ प्रतिशत भन्सार शुल्कका कारण भारतले रुसबाट कच्चा तेल खरिद गर्न बन्द गरेको दाबी गरेका छन्। स्विट्जरल्याण्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) को बैठकमा बोल्दै बेसेन्टले अमेरिकी कर नीतिले भारत–रुसबीचको ऊर्जा व्यापारमा प्रत्यक्ष प्रभाव पारेको बताएका हुन्। भारत लामो समयदेखि रुसबाट ठूलो परिमाणमा कच्चा तेल ...
: भारतको उत्तर प्रदेशको प्रयागराजमा वायुसेनाको एक प्रशिक्षण विमान दुर्घटनाग्रस्त भएको छ। तस्बिरहरूमा विमान पोखरीमा खसेको र विमानको केही भाग पानीमुनि रहेको देखिन्छ। समाचार एजेन्सी एएनआईको एउटा भिडियोमा दुर्घटना स्थल वरिपरि ठूलो संख्यामा स्थानीय मानिसहरू उपस्थित रहेको देखिन्छ। पीआरओ डिफेन्स विंग कमाण्डर देबार्थो धरले दुई चालक दलका सदस्य सुरक्षित रहेको बताए। उनले भने , "आज दिउँसो १२ बजे ...