मुख्य समाचार
बङ्गलादेशमा आरक्षण कोटाको विरोधमा आन्दोलन : १७४ जनाको मृत्यु, २५ सय गिरफ्तार
बङ्गलादेशमा आरक्षण कोटाको विरोधमा आन्दोलन : १७४ जनाको मृत्यु, २५ सय गिरफ्तार

: रोजगारीमा आरक्षण कोटाको विरोधमा भएको विद्यार्थी आन्दोलनमा अशान्ति फैलिएपछि बङ्गलादेशमा हालसम्म दुई हजार पाँच सय बढी मानिस गिरफ्तार भएको एएफपीले बताएको छ।


मृत्यु हुनेमा प्रहरी अधिकारीहरु पनि रहेको जनाइएको छ।

गत साताबाट बङ्गलादेशमा सरकारी नोकरीमा भएको कोटाविरुद्ध प्रदर्शन सुरु भयो। प्रधानमन्त्री शेख हसिनाको कार्यकालको सबैभन्दा खराब वा अशान्तिपूर्ण अवस्थामा रूपमा यसलाई लिइएको सञ्चारमाध्यममा उल्लेख छ।



विरोध प्रदर्शनपछि मुलुकभर कर्फ्यु लगाइयो र सैनिकहरू तैनाथ गरियो। राष्ट्रव्यापी इन्टरनेट ब्ल्याकआउटले सूचनाको प्रवाहलाई धेरै हदसम्म प्रतिबन्धित गर्यो।

प्रदर्शनको नेतृत्व गरिरहेको विद्यार्थी समूहले सोमबार आफ्नो विरोध प्रदर्शन ४८ घन्टाका लागि स्थगित गरेको थियो। समूहका नेताले ‘यति धेरै रगतको मूल्यमा’ सुधार चाहिएको थिएन भनेका छन्।

आफूलाई ज्यानको खतरा रहेको बताउने नाहिद इस्लामले मङ्गलबार साँझ अर्को ४८ घन्टाका लागि स्थगितलाई थप बढाइएको बताएका छन्। अर्थात विरोध प्रदर्शन शुक्रबारसम्मका लागि स्थगित भएको छ।

सेना प्रमुखले स्थितिलाई ‘नियन्त्रण’ मा लिइएको बताए पनि प्रतिबन्ध कायमै छ। दूरसञ्चारमन्त्रीले ब्रोडब्यान्ड इन्टरनेट मङ्गलबार साँझ पुनःस्थापित हुने बताएका थिए।

आन्दोलनपछि लगाइएको कर्फ्यूपछि नागरिकको दैनिक आवश्यकता पूरा गर्न भनेर आज दिउँसो ५ घन्टा छुट दिइने बताइएको छ।

ढाकामा ठूलो सैन्य उपस्थिति थियो। केही चोकमा बङ्कर राखिएका थिए र प्रमुख सडकहरूमा काँडेतारले अवरोध बनाइएको थियो। यद्यपि सडकहरूमा सयौँ रिक्सासहित धेरै मानिस थिए।

विरोध प्रदर्शन आयोजना गर्ने मुख्य समूह स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसनका प्रमुख नाहिदले ४८ घन्टाको विस्तारका क्रममा कुनै विरोध प्रदर्शन नहुने बताएका छन्।

'सरकारले इन्टरनेट पुनःस्थापित गर्नुपर्छ, कर्फ्यु फिर्ता लिनुपर्छ, क्याम्पस खोल्नुपर्छ र विद्यार्थी आन्दोलनकारीहरूको सुरक्षा गर्नुपर्छ भन्ने हाम्रो माग हो', उनले भने। उनले आफ्नो सङ्गठनबाट बेपत्ता भएका चार संयोजकलाई ‘फिर्ता’ गर्नुपर्ने माग गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...