मुख्य समाचार
नेपालका तीन महिला क्रिकेट खेलाडीले अलराउण्डर वरीयतामा सुधार
नेपालका तीन महिला क्रिकेट खेलाडीले अलराउण्डर वरीयतामा सुधार

। नेपालका तीन महिला क्रिकेट खेलाडीले अलराउण्डर वरीयतामा सुधार गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सोमबार सार्वजनिक गरेको महिला क्रिकेट खेलाडीको वरीयतामा रुबिना क्षेत्री, सीता राना मगर र इन्दु बर्माले आफ्नो अलराउन्डर वरीयतामा सुधार गरेका हुन् ।

नेपाली महिला क्रिकेट टिमकी पूर्वकप्तान रुबिना क्षेत्रीले ६ स्थान सुधार गर्दै ४८ औं स्थानमा उक्लिएकी छिन् ।

यस्तै अर्की सिनियर खेलाडी सीता राना मगरले १५ स्थान सुधार गर्दै ५८ औं स्थानमा उक्लिएकी छिन् ।


नेपालकी कप्तान इन्दु बर्मा पनि १२ स्थान सुधार गर्दै ६७ औं स्थानमा उक्लिएकी छिन् ।

टी-२० महिला अलराउन्डरको वरीयतामा वेष्ट इन्डिजकी ह्याले म्याथयू शीर्ष स्थानमा रहेकी छिन् ।

अष्ट्रेलियाकी अग्ले गार्डनर दोस्रो स्थानमा छिन् भने भारतकी दिप्ती शर्मा तेस्रो स्थानमा रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राजधानीमा जारी एन्फा महिला लिगमा नेपाल एपीएफ क्लब विजयी भएको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको खेलमा विभागीय टोली एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो। एपीएफका लागि सविता राना मगरले पहिलो हाफको इन्जुरी समयमा र गीता रानाले खेलको ६७ औं मिनेटमा गोल गरेकी थिइन् भने आर्मीका ...
: मुस्ताङको घरपझोङ गाउँपालिकामा शनिबारदेखि वडास्तरीय ‘प्रथम अध्यक्ष कप’ सुरु भएको छ। घरपझोङ गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुरूप मुस्ताङको घरपझोङ-५ ठिनीमा यसैवर्षदेखि ‘अध्यक्ष कप’ खेलकुद प्रतियोगिता सुरुवात गरिएको हो। प्रतियोगिता अन्तर्गत भलिबल खेल र स्थानीय सादा धनुषवाण(तारा) खेल प्रतियोगिता समावेश गरिएको जनमुक्ति युवा क्लबका अध्यक्ष सञ्जय थकालीले जानकारी दिए। बर्सेनि आलोपालो सञ्चालन ...
। श्री ‘थ्री एक्स थ्री’ यू२३ बास्केटबल प्रतियोगिता हुने भएको छ । श्री एअरलाईन्सको आयोजनामा हुने प्रतियोगिताको व्यवस्थापन नेपाली राष्ट्रिय महिला बास्केटबल टिमले गर्नेछ । दुई दिने प्रतियोगितामा यु-२३ महिला पुरुष तथा कर्पोरेटतर्फ महिला पुरुष विधामा प्रतिस्पर्धा हुनेछ । सबै विधामा गरी ३० भन्दा बढी टिम सहभागी हुने आयोजकले जनाएको छ । थ्री एक्स थ्री बास्केटबलमा एक टिममा ...
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रमा राज्यले बढी लगानी गर्नुपर्ने बताएका छन्। खुलमटारमा आज पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गर्दै उनले जीतले संसारभरि रहेका नेपालीहरुले गौरव गर्ने अवसर प्राप्त भएको बताएका हुन्। प्रचण्डले खेल क्षेत्रले राष्ट्रिय एकता,आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिलाई प्रबर्धन गर्ने बताए। ‘ओलम्पिकको इतिहासमा पहिलोपटक नेपालले मेडल प्राप्त ...
। नेपाल तेस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्टसँग ५ विकेटले पराजित भएको छ । थ्रस्टन कलेज ग्राउण्डमा नेपालले दिएको १६० रनको लक्ष्य घरेलु टोलीले मात्र २६.५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि के सन्जुलाले सर्वाधिक ६८ रन बनाए । सोमपाल कामी र गुल्सन झाले २/२ विकेट लिँदा ललित राजवंशीको नाममा एक विकेट रह्यो । यसअघि टस हारेर ...