मुख्य समाचार
‘डेडपुल एण्ड वुल्भरिन’ साउन १८ मा नेपालमा रिलिज हुने
‘डेडपुल एण्ड वुल्भरिन’ साउन १८ मा नेपालमा रिलिज हुने

। विश्व फिल्मको ध्यान शुक्रबार रिलिज हुन लागेको हलिउड सुपरहिरो ‘डेडपुल एण्ड वुल्भरिन’तर्फ सोझिएको छ । फिल्मले विश्व बक्स अफिसमा ३६० मिलियन डलरको ओपनिङ गर्ने प्रक्षेपण छ ।

फिल्मले हड्तालले थलिएको हलिउडलाई ठूलै ऊर्जा समेत दिने मात्र होइन, मार्वल सिनेम्याटिक युनिभर्स (एमसीयू)लाई पुनरुत्थान गर्ने अनुमान छ । न्युयोर्क प्रिमियरमा यसले एमसीयूकै अहिलेसम्मको उत्कृष्ट फिल्मको रुपमा प्रशंसा बटुलेको छ ।


जसकारण यो फिल्मको पर्खाइ नेपालमा समेत छ । नेपाली दर्शकले सामाजिक सञ्जालमा यसको प्रदर्शन मितिलाई लिएर व्यक्त गरिरहेको चासोले यसको क्रेज पुष्टि हुन्छ ।

अमेरिका, भारतसहित अन्तर्राष्ट्रिय बजारमा फिल्म शुक्रबार (जुलाई २६)मा रिलिज हुँदा नेपालमा भने सोही मितिमा नआउने भएको छ । फिल्मको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले साउन १८ गते (अगस्ट २)मा फिल्म आउने जनाएको छ । यसको अर्थ नेपाली दर्शकले विश्वव्यापी रिलिजको एक सातापछि मात्रै यो फिल्म हेर्न पाउनेछन् ।


फिल्ममा र्‍यान रेनोल्ड्स, ह्युज ज्याकम्यान, एम्मा कोरिन, मोरेना ब्याकरिन, रोब डेलाने, लेस्ली उग्गाम्स, करण सोनी, म्याथ्यु म्याकफ्याडियनको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...