मुख्य समाचार
पेरिस ओलम्पिकको उद्घाटन समारोहमा लेडी गागाले सांगीतिक प्रस्तुति दिने
पेरिस ओलम्पिकको उद्घाटन समारोहमा लेडी गागाले सांगीतिक प्रस्तुति दिने

। चर्चित अमेरिकी गायिका तथा अभिनेत्री लेडी गागाले शुक्रबारदेखि फ्रान्सको पेरिसमा सुरु हुने सन् २०२४ को ओलम्पिक खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा सांगीतिक प्रस्तुति दिने भएकी छन् ।

गत साता नै पेरिसमा पुगेकी गागाले समारोहमा प्रस्तुति दिनेबारे विश्व मिडियामा हल्ला सुरु भइसकेको थियो । हलिउड रिपोर्टर म्यागजिनले गागाको प्रस्तुतिलाई लिएर बिहीबार समाचार लेखेको छ ।

‘स्वालो’ गायिकाले अन्य चर्चित गायिका सेलिन डियोन, दुआ लिपा, एरियाना ग्राण्डे, फ्रान्सेली गायक अया नाकामुरा लगायतसँग पेरिसको सेइन नदीमा आयोजना हुने समारोहमा प्रस्तुति दिने जनाइएको छ । धेरै कलाकारको प्रस्तुतिको लाइनअपलाई अहिले गोप्य राखिएको छ ।

ओलम्पिकअघि पेरिसमा गागा र डियोन देखिएपछि अमेरिकाको एनबीसी न्युजले यस्तो अड्कलबाजी गरेको थियो । ‘अ स्टार इज बर्न’ अभिनेत्रीलाई सोमबार फ्रान्सेली राजधानीमा कारबाहिर फ्यानलाई हात हल्लाइरहेको सामाजिक सञ्जाल भिडियोमा देखिएको थियो ।

ग्रामी तथा ओस्कार पुरस्कार विजेता कलाकार गागा पछिल्लो समय प्रतीक्षित हलिउड फिल्म ‘जोकर : फोली ए ड्युक्स’को छायांकनमा व्यस्त थिइन् । फिल्ममा उनले जोकिन फिनिक्सको पात्र आर्थर फ्लेक-जोकरको विपरीत हार्ले क्विनको भूमिकामा अभिनय गरेकी छन् ।

सन् २०२४ को पेरिस ओलम्पिकको उद्घाटन समारोह नेपाली समयानुसार शुक्रबार सवा ११ बजेदेखि सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ग्लोबल युट्युब स्टार मिस्टर बिस्ट (जिमी डोनाल्डसन)ले तीन बलिउड खान सुपरस्टारहरू शाहरुख, सलमान र आमिरलाई भेटेका छन् । उनले इन्स्टाग्राम स्टोरीमा यो फोटो पोस्ट गरेसँगै इन्टरनेटमा आँधी ल्याएको छ । बलिउडले पनि यो फोटोमाथि प्रतिक्रिया दिएको छ । मिस्टरबिस्टले इन्स्टाग्राम स्टोरीमा सेयर गरेको भाइरल तस्वीर अक्टोबर १६ मा साउदी अरेबियाको रियादमा भएको जोय फोरम २०२५ मा ...
। टेलर स्विफ्टको नयाँ एल्बम ‘द लाइफ अफ अ शोगर्ल’ ले बिलबोर्डको रेकर्ड तोड्दै शीर्ष स्थानमा कब्जा जमाएको छ । चार्ट कम्पनीका अनुसार स्विफ्टको १५ औं एल्बमले ४.००२ मिलियन बराबरका एल्बम युनिट्स (शुद्ध एल्बम बिक्री र स्ट्रिमहरूसहित) सँग डेब्यू गरेको थियो, जुन आधुनिक युगमा अहिलेसम्मकै उच्च संख्या हो । बिलबोर्डका अनुसार, ‘द लाइफ अफ अ शोगर्ल’ले ३४ ...
। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन २९ असोज (अक्टोबर १५) मा काठमाडौंमा आयोजना हुने भएको छ । धुम्बाराहीस्थित होटल स्मार्टमा आयोजना हुने महाधिवेशन समारोहमा सहभागी हुन विभिन्न मुलुकमा रहेका पदाधिकारी काठमाठौंमा पुगेका छन् । नेपालमा देखिएको असहज परिस्थिति र अन्य कारणले गर्दा अधिवेशनसँगै आयोजना गर्ने भनिएको सांस्कृतिक तथा सम्मान कार्यक्रम यसअघि नै स्थगित ...
। ऋषभ सेट्ठी स्टारर कन्नाडा फिल्म ‘कान्तारा च्याप्टर १’ले भारतीय बक्सअफिसमा उछाल ल्याएको छ । यो फिल्मले भारतीय बक्सअफिसमा केही कीर्तिमान रचेको जनाइएको छ । फिल्मले प्रदर्शनको पहिलो साता विश्वब्यापी ४०० करोड भारु कमाइ गरेको एनडीटीभीले जनाएको छ । फिल्मले पहिलो साता भारतमा मात्र ३७९ करोड भारु (४२ मिलियन अमेरिकी डलर र विदेशबाट ८ मिलियन डलर ...
: ६० करोड ठगीको आरोप लागेकी बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग घन्टौं बयान लिइएको छ। मुम्बई प्रहरीको आर्थिक अपराध शाखाले शिल्पासँग करिब पाँच घण्टा बयान लिएको भारतीय मिडियाले समाचार प्रकाशित गरेका छन्। बयान उनकै घरमा लिएको प्रहरीले जनाएको छ। शिल्पाका पति तथा व्यवसायी राज कुन्द्रलाई पनि सोही मुद्दामा आरोपित बनाइएको छ। उनको पनि दुईपटक बयान ...