मुख्य समाचार
फर्जी कागजातका भरमा जापानमा मानव तस्करी
फर्जी कागजातका भरमा जापानमा मानव तस्करी

। जापानमा आयोजना हुने सेमिनारमा सहभागी गराउने भन्दै फर्जी कागजात बनाएर नेपाली नागरिक जापान प्रवेश गरेको खुलेको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान र काठमाडौँ स्थित जिल्ला सहकारी लिमिडेटको आयोजनामा सेमिनार गर्न लागिएको भन्दै २३ जना नागरिकको भिसा आबेदन दिएको पाइएको छ । ती व्यक्तिहरुलाई जापान प्रवेश गराउन आवश्यक कागजातका लागि एनआरएनए जापानका पदाधिकारीको नामबाट नक्कली ‘स्पोन्सर लेटर’ तयार पारेको एनआरएनए जापानले जनाएको छ ।




यसरी सेमिनारमा सहभागी गराउने भन्दै जापान मानव तस्करी गर्ने कार्यमा नेपालको काभ्रे स्थित पाँचखाल नगरपालिकाका समिर लामा नाम गरेका व्यक्तिको मुख्य भूमिका रहेको उक्त फर्जी कागजातमार्फत् पुष्टि भएको एनआरएन जापानका अध्यक्ष नवीन निउरेले बताए । लामा र दुई युवती जुलाई १८ तारिखमा जापान आएका छन् । यसरी अहिलेसम्म ८ जना जापान भित्रिएको र अरुलाई डिर्पोट गरिएको बुझिएको छ ।

यसरी जापान भित्रिएका र भित्रिने प्रक्रियामा रहेकाहरुबाट समीर लामाले प्रतिव्यक्ति १२ देखि १७ लाख रुपैयाँसम्म लिएको बुझिएको छ । जापानमा भिजिट भिसामा आएर कुनै पनि काम गर्न मिल्दैन । भिजिट भिसामा जापान प्रवेश गरेपछि शरणार्थीको आवेदन दिन पाइने र केही समय जापानमा काम गर्दै बस्न पाउने प्रलोभनमा नेपालीले यति ठूलो रकम बुझाउने गरेका छन् ।


समीर लामा विभिन्न देशमा विभिन्न अवार्ड कार्यक्रम सञ्चालन गर्दै आएका व्यक्ति हुन् । उनै लामा गतवर्ष इन्द्रेणीले आयोजना गरेको कार्यक्रममा जापान आएका थिए ।

सोही समयमा जापानको ओसाकामा बस्दै आएका अमर लामालाई केही व्यक्तिले ओसाकामा समेत इन्द्रेणीको कार्यक्रम राख्न अनुरोध गरे । यसपछि जापानमा रहेका विभिन्न नेपाली संघसंस्थामा आवद्ध रहेका अमर लामा र समीर लामाको बीचमा घनिष्टता बढेको थियो ।

यसैबीच समीर लामाको ग्रुपले गत अप्रिलमा जापानको टोकियोमा अवार्ड कार्यक्रम आयोजना गरेको थियो । लामाले उक्त कार्यक्रममा नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसी, अभिनेता शिव श्रेष्ठ, गायिका अञ्जु पन्तलगायतलाई जापान ल्याएका थिए । त्यसबेला पनि समीरले अमरलाई भेटेका थिए ।

समीर लामाले केही समयपछि अमेरिकामा समेत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भनेर अमर लामालाई सुनाए । समीरले अमेरिकामा हुने कार्यक्रममा अमर लामालाई पनि भ्रमण दलको सदस्यका रुपमा सहभागी हुन प्रस्ताव राखे ।

‘नेपालका ख्याती प्राप्त कलकारसँग अमेरिकाको कार्यक्रममा सहभागी गराउँछु भन्ने आश्वासन समीरले दिलाएका थिएँ’ अमरले भने, ‘यसपछि मैले आवश्यक प्रक्रियाका लागि मेरो कम्पनीको दर्ता प्रमाण पत्र, बैंक स्टेटमेन्टलगायतका कागजात समीरलाई पठाएँ । म अमेरिकाको प्रक्रिया अघि बढेको छ भन्ने सोचेर ढुक्कसँग बसेको थिएँ ।’

तर, जुलाई १२ तारिखमा जापानको चिवास्थित नारिता अन्तराष्ट्रिय विमानस्थलको अध्यागमले अमर लामालाई गरेको फोनले भने घटनाले अर्को रुप लियो । अध्यागमन विभागलाई आशंका भएपछि अमर लामालाई फोन गरेर तपाईको बैंक स्टेटमेन्ट कसलाई प्रयोग गर्न दिनु भएको छ भनेर प्रश्न गरेको थियो ।

‘अध्यागम विभागको कल पछि म झसङ्ग भए र तुरुन्त समीर लामालाई सम्पर्क गरेँ । उनी जापान आएर होटलमा बसेको कुरा थाहा पाएँ र उनलाई भेट्न ओसाकाबाट टोकियो तर्फ लागेँ’ अमर लामा भन्छन्, ‘यसपछि समीर लामा र उनीसँगै जापान आएका दुई जना युवतीलाई लिएर ओसाका आएँ । आफूले समीर लामासँग सबै कुरा बुझ्नका लागि केरकार गरिरहेँ। समीरले सुरुमा उक्त कार्यमा आफू संलग्न नरहेको कबुल गरे । अहिले भने डकुमेन्टको दुरूपयोग गरेको बयान समीर स्वयम्ले दिएका छन् ।’

के भन्छ एनआएएनए जापान ?

लाखौँ रकम लिएर समीर लामाले भिजिट भिसामा जापान प्रवेश गराउन एनआरएनए जापानको लेटरप्याड दुरूपयोग गरेका छन् । कार्यक्रम आयोजकको रुपमा एनआरएनलाई राख्दा सहजै भिसा स्वीकृत हुने आशयले फर्जी लेटरप्याड बनाएको एनआरएनए जापानका प्रवक्ता खगराज गौतम बताउँछन् । लेटर प्याडमा एनआरएन जापानका उपाध्यक्ष सुभास लामिछानेको हस्ताक्षर, पुरानो पासपोर्ट नम्बर र गलत मोबाइल नम्बर प्रयोग गरेको एनआरएनएले जनाएको छ ।

एनआरएनएले जापानका लागि नेपाली दूतावासलाई कारबाहीका लागि परिपत्र गरिसकेको छ । उक्त कार्यमा समीर लामासहित ठूलै गिरोहको संलग्नता रहेको आशंका गरिएको छ । लामालाई नेपाल फर्काउनका लागि एनआरएनए र नेपाली राजदूतावास जापानले आवश्यक प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानको राजधानी टोकियोमा पछिल्लो समय एउटा अनौठो पसलले सबैको ध्यान तानिरहेको छ। त्यो पसल त्यत्तिकै चर्चित भएको होइन। यो सायद दुनियाँकै एउटामात्रै त्यस्तो पसल हो, जसमा खुलमखुल्ला चोरी गर्न पाइन्छ। उक्त पसलभित्र प्रवेश गरेसँगै जोकोहीलाई सामान चोर्नका लागि ६० सेकेन्डको समय दिइन्छ । त्यो समयभित्रमा पसलमा भएको जुनसुकै सामानहरु उठाउन पाइन्छ। तर आफूलाई मन ...
— जापान सरकारले नयाँ तालिम तथा रोजगारी प्रणालीअन्तर्गत स्वीकार गरिने विदेशी कामदारको संख्या सीमित गर्ने तयारी थालेको छ । क्योदो न्युजका अनुसार सन् २०२७ को आर्थिक वर्षमा कार्यक्रम सुरु भएपछि पहिलो दुई वर्षमा करिब ४ लाख २६ हजार विदेशी कामदार मात्र स्वीकार गर्ने विषयमा जापानी सरकारभित्र छलफल भइरहेको छ । जापानी समाजमा विदेशी नागरिकको संख्या बढ्दै ...
— फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत डडेल्धुराको फैसलाले लागुऔषध मुद्दामा ८ दिन कैद, १० हजार ४०० रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ गरेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उप–महानगरपालिका–३ मिलनचोक बस्ने २२ वर्षीय आयुष सिजापती रहेका छन् । उनलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारबाट जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको छ । प्रहरीका ...
। जापानको ‘स्की’ रिसोर्टमा शुक्रबार भालु देखा परेको रिपोर्ट प्राप्त गरेको बताइएको छ । गत अप्रिल देखि देशभर भालुको आक्रमणद्वारा १३ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ भने भालुहरू घर भित्र प्रवेश गर्ने, विद्यालयहरू नजिकै घुम्ने र सुपरमार्केटहरूमा तोडफोड गर्ने घटनाहरू नियमित रूपमा रिपोर्ट गरिएको छ । नागानो क्षेत्रको हकुबा ४७ माउन्टेन स्पोट्र्स पार्ककी काजुया शिराकावालाई ...
— जापानको उत्तरपूर्वी क्षेत्रमा सोबार राति गएको ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तिमा ३० जना घाइते भएका छन् । भूकम्पका कारण हजारौं मानिस आफ्नो घरबाट विस्थापित भएका छन् । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प स्थानीय समयअनुसार राति ११ बजेर १५ मिनेटमा गएको थियो । यसको केन्द्र आओमोरी क्षेत्रको तटभन्दा करिब ८० किलोमिटर टाढा जमिनभन्दा ५० ...