मुख्य समाचार
शिक्षण अस्पताल पुगे मन्त्री पाण्डे
शिक्षण अस्पताल पुगे मन्त्री पाण्डे

: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेका छन्। सौर्य एयरलायन्सको विमान दुर्घटनाबाट ज्यान गुमाएकाहरूको पोष्टमार्टमबारे जानकारी लिन उनी शिक्षण अस्पताल पुगेका हुन्।


मन्त्री पाण्डेलाई अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल कुमार चौधरीले ब्रिफिङ गरेका थिए। मृत्यु भएकाहरूको शव पहिचान भएपछि मात्र हस्तान्तरण गरिने अस्पतालको तयारी छ। कतिपय शवहरू जलेर पहिचान गर्न कठिन भएकाले डीएनए परीक्षणसमेत गर्नुपर्ने सम्भावना रहेको हुँदा प्रक्रिया पूरा भएपछिमात्र क्रमशः हस्तान्तरण हुने अस्पतालले जानकारी दिएको छ।

अस्पतालका निर्देशक प्राडा दिनेश काफ्लेले भने, 'शव पहिचान नभइकन दिन मिल्दैन । १२ वटा शवको परीक्षण सकिएको छ। अहिले तीन वटा शव परीक्षण भइरहेको छ। पहिचान नभएकाहरुको डिएनए गर्नुपर्‍यो भने नतिजा आउन दुई हप्ता लाग्छ। परेन भने भोलि बेलुकासम्म सबै शवको परीक्षण सकिन्छ होला। प्रक्रिया मिलेपछि पर्सिबाट आफन्तलाई हस्तान्तरण गर्न सकिन्छ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
नेपाल कबड्डी लिगको दोस्रो सिजनका लागि ५१२ नेपाली खेलाडीको नाम दर्ता
कोरियामा रोजगारी र लगानीबारे मन्त्री घिसिङ-कोरियाली राजदूत छलफल
एमालेनिकट किसान महासंघले सरकारविरुद्ध तीनकुनेमा प्रदर्शन गर्ने
। वीर अस्पतालका लेखा अधिकृत ढुण्डिराज दाहाल घुस रकमसहित पक्राउ परेका छन् । भक्तपुरको मध्यपुरठिमी नगरपालिका–९ बोडेका दाहाल १ लाख २० हजार ८ सय ५० रुपैयाँ घुसहित पक्राउ परेका हुन् । विभिन्न सप्लायर्स कम्पनी, ठेकेदारहरूलाई बिल भुक्तानी गर्दा घुस लिएको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली उनको कार्यकक्षमा पुगेको थियो । सो क्रममा उनको कार्यकक्षबाट सो रकम ...
मेची राजमार्गको राजदुवाली खण्ड तत्काल नखुल्ने, निरन्तर भूस्खलन