मुख्य समाचार
चिनियाँ बजारमा खुम्चियो एप्पलको हिस्सा, हुवावेको पुनरागमन
चिनियाँ बजारमा खुम्चियो एप्पलको हिस्सा, हुवावेको पुनरागमन

। चीनमा अमेरिकी कम्पनी एप्पलको बजार हिस्सा खुम्चिएको छ । चालु वर्ष सन् २०२४ को दोश्रो त्रैमासिकमा चिनियाँ बजारमा एप्पलको हिस्सा २ प्रतिशतले घटेको हो ।

हुवावे लगायतका घरेलु कम्पनीहरुसँगको तीव्र प्रतिस्पर्धा बढ्दै जाँदा चीनमा एप्पलको बजार हिस्सा खस्किँदै गएको बजार अनुसन्धान कम्पनी क्यानालिसले जनाएको छ ।




यो गिरावटले विश्वको तेश्रो ठूलो बजारमा एप्पलले भोगिरहेको कठिनाइलाई दर्शाएको छ ।

त्यस्तै अप्रिल महिनामा फ्लागशीप स्मार्टफोन Pura 70 बजारमा आएसँगै चीनमा हुवावेका स्मार्टफोनको बिक्रीमा ४१ प्रतिशतले बढोत्तरी भएको छ । अमेरिका लगायतका पश्चिमा मुलुकहरुको प्रतिबन्धका बीच आफ्नै चिप प्रयोग गरेर गत वर्ष अगष्टमा स्मार्टफोन निर्माण गरी बजारमा ल्याएसँगै हुवावेले सशक्त पुनरागमन गरिरहेको छ ।


क्यानालिसको रिपोर्ट अनुसार सन् २०२३ को दोश्रो त्रैमासिकमा चीनको स्मार्टफोन बजारमा एप्पलको हिस्सा १६ प्रतिशत रहेकोमा यो त्रैमासिकमा घटेर १४ प्रतिशतमा झरेको छ ।

योसँगै चीनमा स्मार्टफोनको बजार हिस्साको हिसाबले एप्पल तेश्रोबाट छैटौँ स्थानमा पुगेको छ ।

रिपोर्ट अनुसार चिनियाँ बजारमा दोश्रो त्रैमासिकमा समग्रमा स्मार्टफोनको बिक्री भने १० प्रतिशतले बढेको छ । बजार हिस्साको हिसाबले १९ प्रतिशत हिस्सा सहित भिभो पहिलो स्थानमा छ भने दोश्रो स्थानको ओप्पोको १६ प्रतिशत, तेश्रो हनरको १५ प्रतिशत र चौथो हुवावेको १५ प्रतिशत रहेको छ ।

स्वदेशी ब्राण्डहरुले बजार हिस्सा बढाइरहँदा एप्पलले भने चिनियाँ बजारमा दबाबको सामना गरिरहेको छ र बजार श्रृंखला व्यवस्थापनमा केन्द्रित भएको छ । साथै एप्पलले आफ्ना आइफोनमा छुटको अफर पनि दिइरहेको छ ।

विश्लेषकहरुले चीनमा हुवावेका स्मार्टफोनको बिक्री यो वर्षभरि नै उच्च रहने प्रक्षेपण गरेका छन् । चीनमा यो वर्ष सन् २०२४ मा हुवावेले ५ करोड थान स्मार्टफोन बिक्री गर्ने प्रक्षेपण क्यानेडाली रिसर्च कम्पनी टेकइनसाइडले जनाएको छ । जसमा पुरा ७० सिरिजका १ करोड स्मार्टफोन बिक्नेछन् । योसँगै हुवावे चिनियाँ बजारमा १९ प्रतिशत बजार हिस्सा सहित पहिलो स्थानमा उक्लिनेछ ।

–रोयटर्सबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भारत सरकारले अब आउने सबै नयाँ स्मार्टफोनमा सरकारी साइबर सुरक्षासम्बन्धी एप ‘सञ्चार साथी’ अनिवार्य प्रि-इन्स्टल गर्न फोन निर्माताहरूलाई आदेश दिएको छ । रोयटर्सको समाचारअनुसार अब भारतमा बिक्री हुने हरेक नयाँ मोबाइलमा उक्त एप अनिवार्य रूपमा हुनैपर्नेछ । साथै, यो एप प्रयोगकर्ताले हटाउन नसक्ने गरी इन्स्टल भएको हुनु पर्नेछ । भारत विश्वकै सर्वाधिक तीव्र गतिमा वृद्धि भइरहेको ...
— गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले आफ्ना लागि बनाउँदै आएको एक विशेष सेमिकन्डक्टर चिप अब अर्को ठूलो प्रविधि कम्पनी मेटाले खरिद गर्ने विषयमा छलफल अघि बढाएको छ । मेटाले अर्बौं डलरमा गुगलको चिप किन्न लागेको खबरले प्रविधि बजार तरंगित बनेको छ । यस घटनाले सेमिकन्डक्टर क्षेत्रमा वर्चस्व कायम गर्दै आएको एनभिडियासँग गुगलको प्रतिस्पर्धा बढ्ने संकेत देखिएको रोयटर्सलगायत ...
— भारतले बनाएको नयाँ सामाजिक सञ्जाल प्लाटफर्म ‘जेक्टर’ अब नेपालमा पनि भित्र्याउने तयारी गरिएको छ । सफ्टा टेक्नोलोजिजले विकास गरेको यो प्लाटफर्म विशेषगरी दक्षिण एसियाका जेन-जी र जेन अल्फा पुस्तालाई लक्ष्य गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । जेक्टरलाई हालै भारतमा मिडियामाझ प्रस्तुत गरिएको थियो । आत्मनिर्भर डिजिटल भारतको लक्ष्यअनुरुप एप बनाएको सफ्टाले जनाउँदै आएको ...
— फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्स र म्यासेन्जर गरी विश्वका झन्डै आधा दर्जन लोकप्रिय सामाजिक सञ्जाल प्लाटफर्महरू मेटा कम्पनीको स्वामित्वमा छन् । अर्बौं मानिसको दैनिक जीवनको हिस्सा बनेका फेसबुक, इन्स्टा र ह्वाट्सएप भने डिजिटल ठगीका लागि पनि उत्तिकै प्रयोग हुने गरेको पाइएको छ । थप चिन्ताको विषयचाहिँ यसबारे कम्पनी जानकार रहेको र ठगी विज्ञापनबाट उल्लेख्य आम्दानी हुँदा ठगीले प्रश्रय ...
— मोबाइलमा विभिन्न एपहरू सिफारिस गर्न बनाइएको ‘एपक्लाउड’ नामक एपलाई सामसङले आफ्ना डिभाइसको अपरेटिङ सिस्टममै आबद्ध गरेको र यसले प्रयोगकर्ताका डेटा संकलन गरेर इजरायली सरकारलाई दिने गरेको आरोप लगाइएको छ । सामसङका फोनहरूमा यो पहिलेदेखि रहे पनि नयाँ ग्यालेक्सी डिभाइसमा यसलाई ‘डिसेबल’ गर्न वा आमप्रयोगकर्ताले सजिलै हटाउन नमिल्ने गरी राखिएको बताइन्छ । आफूलाई गैर-नाफामूलक बताउने लेबनानको ...