मुख्य समाचार
टीआरसी विधेयक : सरोकारवालाहरूसँग छलफल गर्ने कार्यदलको निर्णय
टीआरसी विधेयक : सरोकारवालाहरूसँग छलफल गर्ने कार्यदलको निर्णय

। संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलले निर्णय गर्नुअघि सरोकारवालाहरूसँग छलफल गर्ने भएको छ ।

कांग्रेस, एमाले र माओवादीका एकएक नेता रहेको कार्यदलको शुक्रबार बसेको बैठकमा सोमबार कानुनमन्त्री र सचिव, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव लगायतका सरोकारवालाहरूसँग छलफल गर्ने निर्णय गरेको हो ।




‘त्यसपछि अन्तिम बैठक बसेर हामी शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाउँछौं’ सत्ता गठबन्धनका मुख्य सचेतक महेश बर्तौलाले भने, ‘संसद्को यही अधिवेशनमा विधेयक पेश गर्ने गरी अगाडि बढाउँछौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णालीमा जन्मदेखि मृत्युसम्मका सम्पूर्ण कार्यमा अत्यावश्यक मानिन्छ– पन्चैबाजा। बच्चा जन्मिँदा होस् कि, बिहे गर्दा होस्। दसैं मनाउँदा होस् कि, देवी देवताको पूजाआजा गर्दा होस्, जब पन्चैबाजा घन्किन्छ, अनि मात्रै रौनकता छाउँछ। दमाहा, झ्याली, ट्याम्को, सहनाई र ढोलकी जब एकसाथ बज्छन्, अनि मात्रै माहोल तात्छ, मेला, उत्सव र भोजमा अर्कै उमंग छाउँछ। तर, आजभोलि कर्णालीमा पन्चैबाजा ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्न विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्ति अनुदान रकम विद्यार्थीले पाए नपाएकाबारे सरकारले अनुगमन गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसकुकमार्फत उहाँले सबै स्थानीय तहमा यस विषयमा अनुगमन गरिने जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीले सामुदायिक विद्यालयमा कक्षा (६–१०) का विपन्न विद्यार्थीका लागि वार्षिक रु १८ र विज्ञान विषय अध्ययन गर्न वार्षिक ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो, सहनशील र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न सकिने बताएका छन् । शनिबार पूर्व प्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुन : नेपाल–भारत सहकार्यको दृष्टिकोण’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री ओलीले नेपाल–भारतबीचमा धेरै नभए पनि केही समस्याहरु रहेको र तिनको समाधानका लागि आफ्नो प्रस्तावमा दुवै प्रधानमन्त्रीबीचको सहमतिमा ...
: सर्वोच्च अदालतले जोतभोग गरेकै आधारमा गुठी जग्गामा गुठियारको मोहियानी हक कायम नहुने ऐतिहासिक फैसला गरेको छ। न्यायाधीश कुमार रेग्मी, हरिप्रसाद फुयाँल, डा. नहकुल सुवेदी, विनोद शर्मा र सुनीलकुमार पोखरेलको बृहत् पूर्ण इजलासले गुठीबापत राखेको जग्गा कमाएकै आधारमा मोही हक कायम गरी बिक्री गर्ने अवस्था सिर्जना हुँदा गुठी राख्नुको पवित्र उद्देश्य नै खण्डित हुने फैसला ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कर्मचारीको तलव वृद्धि गर्न सक्ने अवस्था नरहेको बताएका छन् । शनिबार काठमाडौंमा २१ औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कर्मचारीहरुका समस्याका बारेमा आफू जानकार रहेको भन्दै अहिलेको अर्थतन्त्रले कर्मचारीको तनाखा वृद्धि गर्न सकिने अवस्था नरहेको बताए । उनले अर्थतन्त्र बलियो हुँदा एकैपटक २५ प्रतिशत तनाखा ...