: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारले अर्थतन्त्रको पछिल्लो अवस्था मिस्रित रहेको बताएका छन्। शुक्रबार आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारीले अर्थतन्त्रको पछिल्लो अवस्था मिस्रित रहेको बताएका हुन्।
उनले आर्थिक वर्ष २०८०/८१ को ११ महिनासम्मको तथ्यांक अनुसार मुद्रा स्फिति लक्षित सीमा भित्र रहेको र बाह्य क्षेत्र सवल रहेको बताए। बैंकिङ प्रणालीमा अधिक तरलता रहेका कारण निक्षेप र कर्जाको ब्याजदर घट्ने क्रममा रहेको उनको भनाइ छ।
अघिल्लो वर्षको तुलनामा कूल ग्राहस्त उत्पादनमा सु्धार भएको अनुमान छ। तर नेपाल सरकारको खर्च र राजश्व परिचालन भने लक्ष्यभन्दा न्यून रहन गएको छ।
यस्तै बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार कम रहेको र निस्क्रिय कर्जा अनुपात बढेको उनको भनाइ छ। गभर्नर अधिकारीले विश्व अर्थतन्त्रमा क्रमिक सुधार आएता पनि सुधारको गति सुस्त र असमान रहेको बताए।