मुख्य समाचार
विदेशी फिल्ममा कर बढाउन र कोटा लगाउन चलचित्र कलाकार संघको माग
विदेशी फिल्ममा कर बढाउन र कोटा लगाउन चलचित्र कलाकार संघको माग

। चलचित्र कलाकार संघले विदेशी फिल्ममा कोटा लगाउन र कर वृद्धि गर्न सरकारसँग आग्रह गरेको छ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बधाई दिन पुगेको संस्थाको टोलीले आफ्ना माग समेत पेश गर्‍यो ।

भेटपछि अनलाइनखबरसँग कुरा गर्दै अध्यक्ष मोहन निरौलाले विदेशी फिल्मको आयातलाई न्यूनीकरण गर्न यस्तो कदम चाल्नु जरुरी रहेको बताए । संसदबाट चाँडो फिल्म ऐन पास गर्न पहल गर्नुपर्ने, फिल्म सम्बद्ध संस्थालाई वार्षिक अनुदानको व्यवस्था गर्नुपर्ने, चलचित्रकर्मीको अक्षय कोषमा रकम वृद्धि गरिदिन आग्रह गरिएको बताए ।

संघकी संरक्षक तथा अभिनेत्री बसुन्धरा भुसाल नेतृत्वको टोलीले मन्त्री गुरुङको सफल कार्यकालको समेत कामना गर्‍यो । अध्यक्ष निरौलाले अहिले पनि नेपाली फिल्म २०२६ सालकै ऐनमा चलिरहेको भन्दै यसलाई प्रतिस्थापन गर्न नयाँ ऐन ल्याइहाल्नुपर्ने देखिएको बताए ।

फिल्मका आठ संस्थाले यसअघि बुझाएको ज्ञापनपत्रबारे पनि टोलीले ध्यानाकर्षण गराएको थियो । उक्त भेटमा संस्थाका निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, महासचिव सविन श्रेष्ठ, सचिव रामेश्वर बुर्लाकोटी, कार्यकारी सदस्यहरु उद्धव भट्टराई, सरिता राजोपाध्याय र नम्रता खरेल पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ग्लोबल युट्युब स्टार मिस्टर बिस्ट (जिमी डोनाल्डसन)ले तीन बलिउड खान सुपरस्टारहरू शाहरुख, सलमान र आमिरलाई भेटेका छन् । उनले इन्स्टाग्राम स्टोरीमा यो फोटो पोस्ट गरेसँगै इन्टरनेटमा आँधी ल्याएको छ । बलिउडले पनि यो फोटोमाथि प्रतिक्रिया दिएको छ । मिस्टरबिस्टले इन्स्टाग्राम स्टोरीमा सेयर गरेको भाइरल तस्वीर अक्टोबर १६ मा साउदी अरेबियाको रियादमा भएको जोय फोरम २०२५ मा ...
। टेलर स्विफ्टको नयाँ एल्बम ‘द लाइफ अफ अ शोगर्ल’ ले बिलबोर्डको रेकर्ड तोड्दै शीर्ष स्थानमा कब्जा जमाएको छ । चार्ट कम्पनीका अनुसार स्विफ्टको १५ औं एल्बमले ४.००२ मिलियन बराबरका एल्बम युनिट्स (शुद्ध एल्बम बिक्री र स्ट्रिमहरूसहित) सँग डेब्यू गरेको थियो, जुन आधुनिक युगमा अहिलेसम्मकै उच्च संख्या हो । बिलबोर्डका अनुसार, ‘द लाइफ अफ अ शोगर्ल’ले ३४ ...
। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन २९ असोज (अक्टोबर १५) मा काठमाडौंमा आयोजना हुने भएको छ । धुम्बाराहीस्थित होटल स्मार्टमा आयोजना हुने महाधिवेशन समारोहमा सहभागी हुन विभिन्न मुलुकमा रहेका पदाधिकारी काठमाठौंमा पुगेका छन् । नेपालमा देखिएको असहज परिस्थिति र अन्य कारणले गर्दा अधिवेशनसँगै आयोजना गर्ने भनिएको सांस्कृतिक तथा सम्मान कार्यक्रम यसअघि नै स्थगित ...
। ऋषभ सेट्ठी स्टारर कन्नाडा फिल्म ‘कान्तारा च्याप्टर १’ले भारतीय बक्सअफिसमा उछाल ल्याएको छ । यो फिल्मले भारतीय बक्सअफिसमा केही कीर्तिमान रचेको जनाइएको छ । फिल्मले प्रदर्शनको पहिलो साता विश्वब्यापी ४०० करोड भारु कमाइ गरेको एनडीटीभीले जनाएको छ । फिल्मले पहिलो साता भारतमा मात्र ३७९ करोड भारु (४२ मिलियन अमेरिकी डलर र विदेशबाट ८ मिलियन डलर ...
: ६० करोड ठगीको आरोप लागेकी बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग घन्टौं बयान लिइएको छ। मुम्बई प्रहरीको आर्थिक अपराध शाखाले शिल्पासँग करिब पाँच घण्टा बयान लिएको भारतीय मिडियाले समाचार प्रकाशित गरेका छन्। बयान उनकै घरमा लिएको प्रहरीले जनाएको छ। शिल्पाका पति तथा व्यवसायी राज कुन्द्रलाई पनि सोही मुद्दामा आरोपित बनाइएको छ। उनको पनि दुईपटक बयान ...