मुख्य समाचार
लघुवित्त कर्जाको ब्याजदर पुनरावलोकन गरिने
लघुवित्त कर्जाको ब्याजदर पुनरावलोकन गरिने

। लघुवित वित्तीय संस्थाहरूले कर्जामा लिने ब्याजदर परिवर्तन हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति अनुसार ब्याजदर तथा सेवा शुल्कसम्बन्धी नियामकीय व्यवस्थामा समसामयिक पुनरावलोकन गरिने व्यवस्था गरिएको हो ।




अहिले लघवित्तहरूको ब्याजदर अधिकतम १५ प्रतिशत रहेको छ । मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्त सम्बन्धी यस्तो व्यवस्था सार्वजनिक गरे पनि घटाउने वा बढाउने भन्ने उल्लेख गरेका छैनन् ।

मौद्रिक नीतिले लघुवित्त र शाखाहरू बीचको मर्जर तथा प्राप्तिलाई प्रोत्साहित गरिने नीतिगत व्यवस्था ल्याएको छ । मौद्रिक नीतिले लघुवित्तका ग्राहक हित संरक्षण गर्न भन्दै अन्तर्राष्ट्रिय असल अभ्यासलाई आधार मानेर आवश्यक नियामकीय व्यवस्था ल्याएको छ ।


बाध्यातात्मक कारणले ऋण तिर्न नसक्ने ऋणीहरूलाई पनि मौद्रिक नीतिले सम्बोधन गरेको छ । ‘परिस्थितिवश ऋण तिर्न नसकेका लघुवित्तका ग्राहकलाई निश्चित प्रतिशत ब्याज भुक्तानी गरी कर्जा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरिने व्यवस्था गरिएको छ’ मौद्रिक नीतिमा भनिएको छ ।

लघुवित्तहरूमा अब नेपाल फाइनान्सिलयल रिपोर्टिङ स्ट्यान्डर (एनएफआरस)लागू हुने व्यवस्था मौद्रिक नीतिमा आएको छ ।

यस्तै कुनै प्रदेश वा क्षेत्रमा आफ्नो कार्यक्षेत्र सीमित राखेर काम गर्ने लघुवित्तलाई प्रोत्साहन गर्न थप व्यवस्था मिलाइने नीतिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल उद्योग परिसंघ (सीएनआई) र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा सञ्चालित मेक इन नेपाल–स्वदेशी अभियानले उद्योग विभागको सहयोग एवम् समन्वयमा स्वदेशी बजार २०२५ आयोजना गर्ने भएको छ । आगामी डिसेम्बर १३ (२७ मंसिर) शनिबार अन्तर्राष्ट्रिय क्लब, सानेपा, ललितपुरमा सञ्चालन हुने एकदिने प्रदर्शनीले नेपालमै बनेका उत्पादन–नेपालकै पहिचान भन्ने अवधारणामा गुणस्तरीय नेपाली उत्पादनको प्रबर्द्धन, स्वदेशी उद्योग ...
चैते धान उत्पादनमा वृद्धिमात्र होइन, क्षेत्रफल र उत्पादकत्वमा समेत उल्लेख्य वृद्धि भएको सरकारी तथ्यांक
— आन्तरिक रूपमा मालवस्तु ढुवानीमा कर तथा शुल्क नलगाउन संघीय सरकारले प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ । प्रदेश सरकार र स्थानीय तहले एक प्रदेशबाट अर्को प्रदेश वा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने वस्तुको ढुवानी वा सेवाको विस्तारमा कुनै पनि किसिमको कर र शुल्क लगाउन पाउने कानुनी व्यवस्था नहरेको भन्दै संघीय सरकारको ...
— मुलुकको प्रमुख स्थलनाका वीरगन्जबाट चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा आयात करिब २० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात र निर्यात दुवैमा वृद्धि भएको हो । तर आयातको तुलनामा निर्यातमा उल्लेख्य वृद्धि भएपछि यो नाकाबाट व्यापार घाटामा कमी आएको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आवको प्रथम चौमासिकमा यो नाका ...
। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र उकास्न नसकिने बताएका छन् । आइतबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (नाफिज) को १६औं वार्षिक साधारण सभामा उनले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण नेपालमा फरक रहेको भन्दै निजी क्षेत्रलाई भरसक कुनै पनि नीति निर्माणमा सहभागी नगराउने प्रचलन अन्त्य गर्नुपर्ने बताए। उनले कुनै पनि परिवर्तनपछि आर्थिक ...