मुख्य समाचार
अफगानिस्तानले पहिलो पटक न्युजिल्यान्डसँग टेष्ट खेल्दै
अफगानिस्तानले पहिलो पटक न्युजिल्यान्डसँग टेष्ट खेल्दै

। अफगानिस्तान र न्युजिल्यान्डले एक खेलको टेष्ट म्याच खेल्ने भएका छन् । यी दुई टिमले पहिलो पटक लामो फर्म्याटको खेलमा एक अर्कासँग भेट गर्न लागेका हुन् ।

यो अफगानिस्तानको १०औं टेष्ट म्याच हो । २०२४ मा भने अफगानिस्तानका लागि यो तेस्रो टेष्ट म्याच हो । यो हालसम्म अफगानिस्तानले टेष्ट मान्यता पाएपछि एक वर्षमा खेलेको सबैभन्दा धेरै टेष्ट म्याच हो ।


अफगानिस्तानका लागि यो पहिलो टेष्ट म्याच हो । जुन अफगानस्तानले आफ्नो होम ग्राउन्ड नोएडा स्पोर्टस कम्प्लेक्समा खेल्ने छ ।

यो टेष्ट म्याच सेप्टेम्बर ९ देखि १३ सम्म हुने तालिका रहेको छ । न्युजिल्यान्डले भने एक महिना पश्चात पुनः भारतसँग ३ खेल सम्मेलित टेष्ट खेल्नेछ । भारतसँग न्युजिल्यानडले अक्टोबर १६ देखि खेल्नेछ ।


न्युजिल्यान्ड भने यसबीचमा श्रीलंकामा पनि टेष्ट खेल्ने तयारीमा रहेको छ । तर श्रीलंकासँगको टेष्टको भने हालसम्म मिति घोषणा भएको छैन ।

न्युजिल्यानडसँग टेष्ट म्याच खेलिसकेपछि इङ्ल्यान्ड, अष्ट्रेलिया, पाकिस्तान र दक्षिण अफ्रिका मात्रै यस्ता देश हुनेछन्, जुन टिमसँग अफगानिस्तानले टेष्ट म्याच खेल्न बाँकी हुनेछ ।

२०२१ मा अष्ट्रेलियाले भने मानवीयताको कारण देखाउँदै अफगानिस्तानसँग टेष्ट खेल्नबाट अस्वीकार गरेको थियो ।

२०२४ मा खेलेका टेष्ट म्याचमा अफगानस्तानले आयरल्यान्ड र श्रीलंकासँग भने हारको सामना गरिसकेको छ ।

हालसम्म अफगानिस्तानले आफ्नो ९ टेष्ट म्याचमा ३ जित र ६ हारको सामना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने हरिकेन्सको कप्तानमा बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइट छन् । नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित ...
: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो। मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ...
— नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन ...