मुख्य समाचार
पाकिस्तानमा जमिनको विषयमा विवाद, ४३ जनाको मृत्यु
पाकिस्तानमा जमिनको विषयमा विवाद, ४३ जनाको मृत्यु

: पाकिस्तानको खैबर पख्तुनख्वाको कुर्रम जिल्लामा जग्गा विवादमा चर्किएको द्वन्द्वमा परी ४३ जनाको मृत्यु भएको बीबीसी समाचारमा उल्लेख छ । पाकिस्तानको कुर्रमको पारा चिनारको उपनगर बुशेहरामा उक्त घटना भएको हो।


पाकिस्तानमा आन्तरिक द्वन्द्व चलिरहेको अवस्थामा खैबर पख्तुनख्वाको पहाडी उत्तरपश्चिमी क्षेत्रको द्वन्द्व लामो र हिंसात्मक हुन सक्ने अधिकारीहरुले बताएका छन्।

यो विवाद बुसेहराका दुई गाउँमा बसोबास गर्ने आदिवासीबीचको हो । अधिकारीहरुका अनुसार ७ दिनअघि सुरु भएको लडाई कुर्रम जिल्लाका विभिन्न क्षेत्रमा फैलिएको छ ।



मारिनेहरु मध्ये ३५ शिया र आठ सुन्नी मुसलमान छन् ।

अधिकारीका अनुसार सुन्नी मुस्लिम मदागी र शिया माली खेल जनजातिहरू यस क्षेत्रमा बुधबारदेखि लडिरहेका छन् । बन्दुकधारीले कृषि भूमिको विवादमा गोली हानेको स्थानीय प्रहरी अधिकारी मुर्तजा हुसेनले जानकारी दिए।

आक्रमणको जानकारी दिँदै अफगानिस्तानको सिमावर्ती जिल्ला कुर्रम छेउछाउका बासिन्दाबीच लामो समयदेखि धार्मिक तनाव बढिरेको जनाएका छन्।

सरकारले कुर्रम आदिवासी जिल्लामा युद्धविराम गरेपछि पनि गोलीबारी पुनः भएको खैबर पख्तुनख्वाको प्रान्तीय आन्तरिक मन्त्रालयका एक वरिष्ठ अधिकारीले नाम नबताउने सर्तमा जानकारी गराए ।

स्थानीय प्रहरीका अनुसार बुधबारदेखिको द्वन्द्वमा ४३ जनाको मृत्यु हुनुका साथै १८३ जना घाइते भएका छन् । पाकिस्तानको मानव अधिकार आयोगले द्वन्द्वले सर्वसाधारणमा क्षति पुर्‍याउनुका साथै आवागमन अवरुद्ध भएको जनाएको छ ।

पाकिस्तानमा लामो समयदेखि सुन्नी र सिया समुदायबीच विवाद रहेको छ। कुर्रम पूर्व आदिवासी क्षेत्रको हिस्सा हो। यसलाई सन् २०१८ मा खैबर पख्तुनख्वा प्रान्तमा गाबिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बेलायती नागरिकले ३० दिनभन्दा कम अवधिका लागि चीन यात्रा गर्दा भिसा लिन नपर्ने भएको छ। बेलायत र चीनबीच भएको नयाँ समझदारीअनुसार उक्त व्यवस्था छोटो अवधिका यात्राका लागि लागू हुनेछ। जसअन्तर्गत व्यापार तथा पर्यटन प्रयोजनका लागि चीन जाने बेलायती नागरिकले बिना भिसा यात्रा गर्न सक्नेछन्। बेलायती प्रधानमन्त्री किएर स्टार्मरले चीन विश्वका प्रमुख आर्थिक शक्तिमध्ये एक भएकाले ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले 'अत्यधिक चिसो'का कारण एक हप्तासम्म युक्रेनको राजधानी कीभ र अन्य शहरहरूमा आक्रमण नगर्न सहमति जनाएको बताएका छन्। राष्ट्रपति ट्रम्पले व्यक्तिगत रूपमा राष्ट्रपति पुटिनलाई एक हप्ताको लागि कीभ र अन्य शहरहरूमा आक्रमण गर्नबाट रोक्न आग्रह गरेको बताए। उनका अनुसार पुटिन यसमा सहमत छन्। ट्रम्पले मन्त्रिपरिषद् बैठकमा उक्त कुरा बताएका ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई फेरि चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाले गलत र गैरकानुनी रूपमा लगातार गल्फस्ट्रीम ५००, ६००, ७०० र ८०० जेटहरूलाई प्रमाणित गर्न अस्वीकार गरेको दाबी गरे। उनले ट्रुथ सोशलमा लेखेका छन्, यी जेटहरू अहिलेसम्म निर्मित सबैभन्दा परिष्कृत र प्राविधिक रूपमा उन्नत विमानहरू मध्ये एक हुन्। हामी उनीहरूको बम्बार्डियर ग्लोबल एक्सप्रेस ...
— थाईल्याण्डका राजपरिवार सदस्य सिनेनाथ बिलासकल्यानी बुद्ध जन्मस्थल लुम्बिनी आउँदैछिन्। भारतका विभिन्न बौद्ध तीर्थस्थलमा पूजाआजा गरी बिहीबार अपरान्ह ४ बजे भैरहवाको बेलहिया नाका हुँदै उनी नेपाल प्रवेश गर्ने कार्यक्रम छ। ४१ वर्षे उनी बिहीबार लुम्बिनी आएर यहाँ रहेको रोयल थाई मोनाष्ट्रीमा बस्ने कार्यक्रम छ । साँझ उनले थाई विहारमा पूजाआजा गर्ने कार्यक्रम रहेको लुम्बिनीस्थित थाई मोनाष्ट्रीका प्रमुख ...
— ईरानी विदेशमन्त्री अब्बास अराग्चीले अमेरिकाविरुद्ध प्रत्याक्रमणका लागि ईरानी सेना तयारी अवस्थामा रहेको बताएका छन् । उनले कुनै पनि सम्भावित आक्रमणको जवाफ तत्कालै र शक्तिशाली ढंगले दिइने बताएका छन् । ‘ हाम्रो प्यारो भूमी, आकाश र समुद्रमा हुने कुनै पनि आक्रमणविरुद्ध तत्कालै र शक्तिशाली जवाफ फर्काउनका लागि हाम्रा बहादुर सैनिकहरु तयार छन् । उनीहरुको औंला ट्रिगरमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम