मुख्य समाचार
केरला पहिरो : २५० को मृत्यु
केरला पहिरो : २५० को मृत्यु

: केरलाको वायनाडमा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या २५० पुगेको छ । १३० जना मानिस अस्पतालमा उपचाररत छन्। पहिरोमा अझै २४० भन्दा बढी मानिस बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ।

सोमबार राती २ र ४ बजे मुण्डक्काई, चुरलमाला, अट्टामाला र नूलपुजा गाउँमा पहिरो खसेको हो । पहिरोले घर, पुल, सडक र सवारी साधनहरू बगेका छन् ।

सेना, वायुसेना, एनडीआरएफ, एसडीआरएफ, पुलिस र डग स्क्वाडको टोली उद्धारमा संलग्न छन्। राति अबेरसम्म १ हजारको उद्धार, ३ हजारलाई राहत शिविरमा पठाइएको छ ।

वायनाड बाहेक, मौसम विभागले मलाप्पुरम, कोझिकोड, कन्नूर र कासारगोड जिल्लाहरूमा भारी वर्षाको चेतावनी जारी गरेको छ। जसका कारण उद्धार कार्यमा समस्या आउन सक्छ ।

गृहमन्त्री अमित शाहले बुधबार संसदमा केरला सरकारलाई २३-२४ जुलाईमा नै सतर्क गराइएको र सरकारले समयमै जनतालाई हटाएको भए यति धेरै नोक्सान नहुने बताएका थिए।

दुई रिसोर्टबाट १९ पर्यटकको उद्धार

मुण्डक्काई गाउँबाहिर रहेको इला रिसोर्ट र वाना रानी रिसोर्टमा अलपत्र परेका १९ पर्यटकको बुधबार सेनाले उद्धार गरेको हो । घटनापछि उनीहरू यहाँ अलपत्र परेका थिए । डिफेन्स पीआरओका अनुसार १२२ इन्फन्ट्री बटालियन (टीए) मद्रासका सेनाले सबै नागरिकहरूलाई चुरलमालासम्म निकाल्न डोरीको सहायताले मानव पुल बनाएका थिए।

दुर्घटनापछि राज्यमा दुई दिने राजकीय शोकको घोषणा गरिएको छ । जुलाइ ३० मा १२ जिल्लामा विद्यालय–कलेज बिदा दिइएको छ । केरला विश्वविद्यालयले जुलाई ३० र ३१ मा हुने भनिएको सबै परीक्षा स्थगित गरेको छ ।

पहिरो घटनाको जानकारी लिन वायनाड जाँदै गरेको केरलाका स्वास्थ्यमन्त्री वीणा जर्ज बुधबार (जुलाई ३१) बिहान करिब ७.३० बजे सडक दुर्घटनामा परी घाइते भएकी छन् । उनलाई मलप्पुरमको मञ्जेरी मेडिकल कलेजमा भर्ना गरिएको छ । स्कुटर चालकलाई बचाउन खोज्दा दुर्घटना भएको हो ।

त्यस्तै कांग्रेस सांसद राहुल गान्धी र प्रियंका गान्धी वाड्राले खराब मौसम र सुरक्षा कारणहरूले गर्दा वायनाड भ्रमण रद्द गरेका छन्। राहुल र कांग्रेस सांसदहरूले वायनाडमा ज्यान गुमाएकाहरूको सम्मानमा संसदको केन्द्रीय हलमा दुई मिनेट मौन धारण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको कोलकातामा हजारौं मान्छे सडकमा उत्रिएका छन् । उनीहरूले एकै स्वरमा नारा लगाइरहेका छन्, ‘नो डग, नो भोट’ । पश्चिम बंगालमा चुनाव नजिकिँदै गर्दा कुकुरप्रेमी मतदाताहरूले नेताहरूलाई कडा सन्देश दिएका छन् ‘कुकुरलाई सडकबाट हटायौ भने हाम्रो भोट पाउँदैनौ । ’यो विरोध ३ नोभेम्बर २०२५ मा आएको सर्वोच्च अदालतको निर्णयविरुद्ध हो । स्कुल, अस्पताल र सार्वजनिक ...
। भियतनाममा भीषण बाढी र पहिरोका कारण एक हप्ताको अवधिमा कम्तीमा ९० जनाको ज्यान गएको छ । अक्टोबरको अन्त्यदेखि दक्षिण–मध्य भियतनाम लगातार वर्षाको चपेटामा परेपछि पर्यटकीय सहरहरू बारम्बार डुबानमा परेका छन ्। यसले करोडौं डलर बराबरको आर्थिक क्षति पुर्‍याएको बताइन्छ । तटीय सहर न्हा ट्राङका विस्तृत क्षेत्र पानीमा डुब्दा प्रख्यात पर्यटन केन्द्र दा लाट वरिपरिका उच्च भूभागमा ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्ने अमेरिकाको प्रस्ताव 'अन्तिम' नभएको बताएका छन्। युरोप, क्यानडा र जापानका नेताहरूले योजनामा ​​"न्यायपूर्ण र दिगो शान्ति" को लागि प्रमुख तत्वहरू समावेश गरिएको तर "अझ धेरै काम आवश्यक पर्ने" बताएका छन्। उनले सिमाना परिवर्तन गर्ने र युक्रेनको सेना घटाउने प्रस्तावप्रति चिन्ता व्यक्त गरे। आइतबार, बेलायत, फ्रान्स, जर्मनी, ...
— गाजाको उत्तरी र मध्य क्षेत्रमा इजरायली आक्रमणमा कम्तिमा २२ जना प्यालेस्टिनी मारिएका छन् । हमासको चिकित्सा तथा नागरिक सुरक्षा अधिकारीहरुले उक्त आक्रमणको पुष्टि गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार शनिबार पाँच ठाउँमा भएको आक्रमणमध्ये केही आवासीय क्षेत्रसमेत थिए । स्थानीयका सुत्रले दिएको जानकारी अनुसार मारिएकाध्ये एक जना हमासका वरिष्ठ कमान्डरसमेत रहेको बीबीसीले जनाएको छ । इजरायली ...
— टाइटानिक जहाज दुर्घटनामा मृत्यु भएका एक यात्रीको सुनको पकेट वाच (घडी) १.७८ मिलियन पाउन्डमा बिक्री भएको छ । इसिडोर स्ट्रस र उनकी पत्नी आइडा ती १५ सय मानिसहरुमा थिए, जसको १४ अप्रिलः १९१२ मा टाइटानिक जहाज आएसबर्ग (हिमखण्ड)सँग ठोक्किँदा मृत्यु भएको थियो । उक्त जहाज साउथेम्प्टनदेखि न्यूयोर्कतर्फ जाँदै थियो । दुर्घटनाको केही दिनपछि स्ट्रसको शव ...