मुख्य समाचार
इजरायली हमलामा हमासका वरिष्ठ नेता हानियाको मृत्यु, शुक्रबार दोहामा अन्त्येष्टि गरिने
इजरायली हमलामा हमासका वरिष्ठ नेता हानियाको मृत्यु, शुक्रबार दोहामा अन्त्येष्टि गरिने

बुधबार हमासका राजनीतिक विभाग प्रमुख मुजाहिद इस्माइल हानियाको इजरायली आक्रमणमा मृत्यु भएको छ। इरानी राष्ट्रपतिको शपथग्रहण समारोहमा भाग लिएपछि तेहरानस्थित उनको मुख्यालयमा भएको आक्रमणमा हानियाको मृत्यु भएको हो।


'हाम्रो अभियानको प्रमुख मुजाहिद इस्माइल हानिया नयाँ इरानी राष्ट्रपतिको शपथग्रहण समारोहमा भाग लिएपछि तेहरानस्थित उहाँको मुख्यालयमा भएको यहुदी समूहको आक्रमणमा मारिनुभएको छ', हमासले एक विज्ञप्ति जारी नेता हानियाको मृत्युको पुष्टि गरेको छ।

इरानको रिभोलुसनरी सुरक्षा गार्डले पनि तेहरानस्थित हानियाको निवासमा आक्रमण हुँदा उनीसहित एक अङ्गरक्षक मारिएको पुष्टि गरेको छ।



'तेहरानमा हमास प्रमुख इस्माइल हानियाहको निवासमा आक्रमण हुँदा हमास नेता हानिया र उनका एक अङ्गरक्षकको मृत्यु भएको छ', इस्लामिक रिभोलुसनरी गार्ड निकट समाचार संस्था सेपाहले उल्लेख गरेको छ।

हानिया मङ्गलबार इरानी राष्ट्रपति मसूद पेजेस्कियनको शपथग्रहण समारोहमा भाग लिन तेहरान गएका थिए।

सन् २००६ मा प्यालेस्टिनी प्रधानमन्त्री बनेका हानिया सन् २०१७ मा खालिद मेशालको उत्तराधिकारीका रूपमा हमासको राजनीतिक विभागका प्रमुखको रुपमा निर्वाचित भएका थिए। हनिया प्राय टर्की र कतार गरी दुई देशमा निर्वासनमा बस्ने गरेका थिए। हानियाले हमासका प्रतिद्वन्द्वीहरूसहित विभिन्न प्यालेस्टिनी समूहका प्रमुखहसँग राम्रो सम्बन्ध राखेको बताइएको छ।

इजरायली कब्जाविरूद्ध पहिलो प्यालेस्टिनी विद्रोहीको रूपमा सन् १९८७ मा हमासको स्थापना भएदेखि नै उनी यस समूहमा सामेल भएका थिए।

शुक्रबार दोहामा अन्त्येष्टि

हानियाको बिहीबार तेहरानमा सार्वजनिक अन्त्येष्टि समारोह गर्ने र त्यसको एक दिनपछि शुक्रबार दोहामा अन्त्येष्टि गरिने प्यालेस्टिनी समूहले जनाएको छ।

हमासले जारी गरेको विज्ञप्तिमा हमासले हनियाको पार्थिव शरीरलाई सोही दिन कतारको राजधानी दोहामा औपचारिक र सार्वजनिक अन्त्येष्टि गरिने जनाएको हो।

उनको कतारको राजधानी दोहाको उत्तरमा रहेको लुसेलस्थित दोहाको सबैभन्दा ठूलो मस्जिद इमाम मोहम्मद बिन अब्दुल वहाबमा शुक्रबारको नमाजपछि अन्त्येष्टि गरिने बताइएको छ।

हमासले जारी गरेको वक्तव्यमा भनिएको छ, 'दोहामा आयोजित समारोह विभिन्न प्रभावशाली र लोकप्रिय अरब तथा इस्लामी नेताहरूको सहभागितामा हुनेछ।

हनियाले प्यालेस्टिनी आन्दोलन हमासका राजनीतिक प्रमुखका रूपमा गाजामा युद्ध अन्त्य गर्न र इजरायलमा प्यालेस्टिनी कैदीहरूको बदलामा यस क्षेत्रमा राखिएका बन्धकहरूलाई रिहा गर्ने सम्झौताका लागि वार्ताको निरीक्षण गरिरहेका थिए। उनको मृत्युपछि बन्धकहरु साटासाट गर्ने कार्यमा पनि समस्या उत्पन्न हुने आशंका उत्पन्न भएको छ।

हमास लडाकूहरूले दुई सय ५१ बन्दीलाई बन्धक बनाएका छन्। तीमध्ये एक सय ११ अहिले पनि गाजामा छन् र तीमध्ये ३९ जनाको मृत्यु भएको इजरायली सेनाले पुष्टि गरेको छ।

हमास शासित क्षेत्रको स्वास्थ्य मन्त्रालयलका अनुसार हमासविरुद्धको इजरायली जवाफी आक्रमणमा गाजामा ३९ हजार चार सय ४५ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको कोलकातामा हजारौं मान्छे सडकमा उत्रिएका छन् । उनीहरूले एकै स्वरमा नारा लगाइरहेका छन्, ‘नो डग, नो भोट’ । पश्चिम बंगालमा चुनाव नजिकिँदै गर्दा कुकुरप्रेमी मतदाताहरूले नेताहरूलाई कडा सन्देश दिएका छन् ‘कुकुरलाई सडकबाट हटायौ भने हाम्रो भोट पाउँदैनौ । ’यो विरोध ३ नोभेम्बर २०२५ मा आएको सर्वोच्च अदालतको निर्णयविरुद्ध हो । स्कुल, अस्पताल र सार्वजनिक ...
। भियतनाममा भीषण बाढी र पहिरोका कारण एक हप्ताको अवधिमा कम्तीमा ९० जनाको ज्यान गएको छ । अक्टोबरको अन्त्यदेखि दक्षिण–मध्य भियतनाम लगातार वर्षाको चपेटामा परेपछि पर्यटकीय सहरहरू बारम्बार डुबानमा परेका छन ्। यसले करोडौं डलर बराबरको आर्थिक क्षति पुर्‍याएको बताइन्छ । तटीय सहर न्हा ट्राङका विस्तृत क्षेत्र पानीमा डुब्दा प्रख्यात पर्यटन केन्द्र दा लाट वरिपरिका उच्च भूभागमा ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्ने अमेरिकाको प्रस्ताव 'अन्तिम' नभएको बताएका छन्। युरोप, क्यानडा र जापानका नेताहरूले योजनामा ​​"न्यायपूर्ण र दिगो शान्ति" को लागि प्रमुख तत्वहरू समावेश गरिएको तर "अझ धेरै काम आवश्यक पर्ने" बताएका छन्। उनले सिमाना परिवर्तन गर्ने र युक्रेनको सेना घटाउने प्रस्तावप्रति चिन्ता व्यक्त गरे। आइतबार, बेलायत, फ्रान्स, जर्मनी, ...
— गाजाको उत्तरी र मध्य क्षेत्रमा इजरायली आक्रमणमा कम्तिमा २२ जना प्यालेस्टिनी मारिएका छन् । हमासको चिकित्सा तथा नागरिक सुरक्षा अधिकारीहरुले उक्त आक्रमणको पुष्टि गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार शनिबार पाँच ठाउँमा भएको आक्रमणमध्ये केही आवासीय क्षेत्रसमेत थिए । स्थानीयका सुत्रले दिएको जानकारी अनुसार मारिएकाध्ये एक जना हमासका वरिष्ठ कमान्डरसमेत रहेको बीबीसीले जनाएको छ । इजरायली ...
— टाइटानिक जहाज दुर्घटनामा मृत्यु भएका एक यात्रीको सुनको पकेट वाच (घडी) १.७८ मिलियन पाउन्डमा बिक्री भएको छ । इसिडोर स्ट्रस र उनकी पत्नी आइडा ती १५ सय मानिसहरुमा थिए, जसको १४ अप्रिलः १९१२ मा टाइटानिक जहाज आएसबर्ग (हिमखण्ड)सँग ठोक्किँदा मृत्यु भएको थियो । उक्त जहाज साउथेम्प्टनदेखि न्यूयोर्कतर्फ जाँदै थियो । दुर्घटनाको केही दिनपछि स्ट्रसको शव ...