मुख्य समाचार
महोत्तरीमा बाढीले भत्काएको सडक एकतर्फी सञ्चालनमा आयो
महोत्तरीमा बाढीले भत्काएको सडक एकतर्फी सञ्चालनमा आयो

: पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीमा बाढीले भत्काएको सडक एकतर्फी सञ्चालनमा आएको छ । भारी वर्षाका कारण ढुङ्ग्रे खोलामा आएको भीषण बाढीले बुधबार बिहान २ बजेतिर टुटेश्वर चोक नजिकैको बेलगाछि पुलको पश्चिमपट्टी करिब ५ फिट सडक बगाएपछि पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो ।

सडक डिभिजन कार्यालय जनकपुरले सडक बगाएको ठाउँमा ग्राबेल माटो हुरेर एकतर्फी सडक सञ्चालनमा ल्याएको छ । सडक बगाएको ठाउँमा ग्राबेल हालेर सडक सञ्चालनमा ल्याइएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्योपानेले जानकारी दिए ।। उनका अनुसार राजमार्ग सञ्चालनमा आएपछि अलपत्र परेका सवारी साधनहरु आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

मंगलबार खोलामा आएको बाढीले बहाव परिवर्तन गरेपछि राति सडक बगाएको डिभिजन कार्यालय जनकपुरका इन्जिनियर विकास झा बताउँछन् । ‘मंगलबार बाढीले पुल नजिकै रुख बगाएर ल्याएको रहेछ । रुखले पानी ब्लक भएपछि बाढीले बहाव परिवर्तन गरेर बुधबार बिहान सडक बगायो,’ इन्जिनियर झाले भने,‘यो पुल पनि ३०–३५ वर्ष पुरानो हो । यस्को स्पान पनि सानो छ । त्यसकारण पनि समस्या भयो ।’

पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुँदा ३० किलोमिटरभन्दा लामो दुरीको डाइभर्सन प्रयोग गरिएको थियो । साना सवारी साधनहरू डाइभर्सनमा गुडेपनि ठूला मालबाहक सवारी साधनहरू अलपत्र परेका थिए । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीमा पर्ने अधिकांश पुलहरू जीर्ण अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१ व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधेको छ । आयोगले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले केन्द्रीय आचारसंहिता अनुगमन समितिमा परेका उजुरीमध्ये २१ वटा उजुरीमा सम्बन्धित व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधिएको जानकारी दिए । उनले स्पष्टीकरण सोधिएका २१ मध्ये १२ वटाबाट जवाफ प्राप्त भइसकेको जानकारी दिए । आयोगले ...
— नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले रास्वपाले सत्तामा पुग्ने हतारो गरिरहेका टिप्पणी गरेका छन् । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै चन्दले लोकप्रियतावादको नारा उरालेर जनतामा भ्रम छर्दै नयाँ भनिएको पार्टीहरूले सत्तामा पुग्नका लागि हतार गरिरहेको आरोप लगाएका हुन् । महासचिव चन्दले नयाँ पार्टीहरूले विचार केही होइन, व्यक्ति भए हुन्छ भनेर पुँजीवाद संस्कार अंगिकार गरेको ...
— प्रतिनिधिसभा निर्वाचनकालागि स्याङ्जामा माग गरे अनुसार निर्वाचन प्रहरीको आवेदन नपरेपछि पूर्वी नवलपरासीबाट ३ सय जनालाई पठाइएको छ । जिल्ला प्रहरी प्रमुख युवराज खड्काका अनुसार यहाँ छनौट भएका ३ सय जना निर्वाचन प्रहरीलाई आइतबार स्याङ्जा पठाइएको हो । फागुन २१ गतेकाे निर्वाचनकालागि जिल्ला प्रहरीले करिब २ हजार निर्वाचन प्रहरी भर्ना गरेको छ। तीमध्ये स्याङ्जाको माग अनुसारको त्यहाँ पठाइएको ...
— सन् २०२६ को जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा उल्लेखनीय वृद्धि देखिएको छ । अध्यागमन कार्यालय र नेपाल पर्यटन बोर्डद्वारा जारी तथ्यांकअनुसार उक्त महिनामा ९२ हजार ५७३ अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका छन्, जुन सन् २०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो । कोभिड–१९ महामारीअघि २०१९ को जनवरीसँग तुलना गर्दा पनि पर्यटक आगमन १४ प्रतिशतले वृद्धि भएको ...
— नेपाल रेडक्रस सोसाइटीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रचारप्रसारका क्रममा रेडक्रसको चिह्न प्रयोग नगर्न आग्रह गरेको छ । रेडक्रसको चिह्न जेनेभा महासन्धिअनुसार अन्तर्राष्ट्रिय रूपमा संरक्षित मानवीय सेवाको प्रतीक भएकाले राजनीतिक, धार्मिक वा वैचारिक उद्देश्यका लागि प्रयोग गर्न निषेध गरिएको आज महामन्त्री मीनबहादुर मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 'आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको ...