मुख्य समाचार
भलिबल खेललाई विद्यालयदेखि नै प्राथमिकता दिनुपर्छ : खेलकुदमन्त्री चौधरी
भलिबल खेललाई विद्यालयदेखि नै प्राथमिकता दिनुपर्छ : खेलकुदमन्त्री चौधरी

: युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भलिबल खेललाई विद्यालयको प्राथमिक तहदेखि नै सरकारले प्राथमकिता राख्‍ने बताएका छन्।


बिहीबारदेखि काठमाडौंमा सुरू भएको काभा नेशनल वुमन्स लिगको सम्बोधन गर्दै भलिबल खेललाई प्राथमिक तहदेखि नै प्राथमिकता दिने बताएका हुन्।

खेलकुद मन्त्रीले भने, 'अब देशभरका विद्यालयको प्राथमिक तहदेखि नै खेलकुदलाई प्राथमिकता दिनुपर्छ भन्ने मेरो बुझाइ छ।' उनले यसका लागि आफू स्वास्थ्य र शिक्षा मन्त्रालयसँग पहल गरिरहेको समेत बताए।



त्यस्तै मन्त्री चौधरीले भलिबल खेलका लागि संरचना, भौतिक पूर्वाधार स्थानीय, प्रदेश र संघमा सुविधा सम्पन्न बनाउन पहल गर्ने बताए। 'मैले सुनेको छु, देशभरको भलिबल खेलका लागि संरचना, भौतिक पूर्वाधार स्थानीय, प्रदेश र संघमा सुविधा सम्पन्न छैन। तर, यी सबै क्षेत्रमा खेलका लागि भौतिक संरचना हुनुपर्छ। म यसका लागि पहल गरिरहेको छु,' उनले भने।

भलिबल संघलाई यसमा सहकार्य र समन्वय गर्न पनि मन्त्री चौधरीले आग्रह गरे। उनले भने, 'भलिबल राष्ट्रिय खेल भएकाले संघ, प्रदेश र स्थानीय तहमा भलिबल कोर्ट बनाउने, खेलाडी उत्पादन गर्नेबारे भलिबल संघका पदाधिकारीहरूसँग समन्वय गरिरहेको छु।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एलेना रेबकिनाले शनिबार आरयन सबलेन्कालाई हराएर अस्ट्रेलियन ओपनको उपाधि जितेकी छन् । उनले रड रेभर एरेनामा भएको फाइनलमा ६–४, ४–६ र ६–४ को जित निकालिन् र यसक्रममा आफ्नो खेल जीवनको दोस्रो ग्रान्ड स्लाम उपाधि जितिन् । सन् २०२२ को विम्बल्डन उपाधियता काजाकिस्तानकी २६ वर्षीया खेलाडीले यो सफलता चुकेकी हुन् । विश्व नम्बर १ खेलाडी सबलेन्का भने ...
एनसेल छैटौं टाइगर कप : गण्डकी तेस्रोपल्ट च्याम्पियन
— सन्चो नभएका कार्लोस अल्कारेजले पाँच सेटको कडा प्रतिर्स्पात्मक खेलमा एलेक्जान्डर जेभरेभलाई पराजित गर्दै पहिलो पटक अस्ट्रेलियन ओपन टेनिसको फाइनल यात्रा तय गरेका छन् । अब उपाधि भिडन्तको उनको सामना नोभाक जोकोभिचसँग हुनेछ । जो च्याम्पियन भए पनि कीर्तिमान बन्नेछ । विश्व नम्बर एक खेलाडी अल्कारेजले शुक्रबार तेस्रो वरीयताका जर्मन प्रतिद्वन्द्वीलाई ६–४, ७–६ (७/५), ६–७ (३/७), ६–७ (४/७), ...
— लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार न्युकासल युनाइटेडलाई सजिलै ४–१ ले हराएको छ । एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि ह्युगो एकिटिकेले दुई गोल गरे । यस जितपछि लिभरपुल ३९ अंकमा पाँचौंमा रह्यो । न्युकासल भने ३३ अंकमा दसौं स्थानमा छ । त्यस अगाडि आर्सनलले लिड्स युनाइटेडलाई ४–० ले हराएर शीर्षमा आफ्नो अग्रतालाई सात अंक बनाएको थियो । यस्तै ...
— बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ र यसका लागि उसले एल्चेलाई सजिलै ३–१ ले पराजित गरेको हो । यो जितपछि बार्सिलोनाको ५५ अंक भएको छ । रियल भने ५१ अंकमा दोस्रो स्थानमा छ । बार्सिलोनाको जितमा लामिन यामल, फेरान टोरेस र मार्कस रसफोर्डले एक एक गोल गरे । शीर्ष ...