: नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगमा विजयी सुरुआत गरेको छ। बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको हो।
पहिलो सेट नेपालले २५–१९ ले जितेको थियो। त्यस्तै नेपालले दोस्रो सेट २५– १८ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भयो। नेपालका तर्फबाट सुमित्रा रेग्मी र आरती सुवेदीले डेब्यू गरेका थिए।
प्रतियोगितामा नेपाल, इरान, भारत, श्रीलंका र माल्दिभ्स सहभागी छन्। राउन्ड रोविन लिगपछि अंक तालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रो बीच साउन २२ गते सेमिफाइनल हुनेछ। फाइनल र तेस्रो स्थानको खेल साउन २३ गते हुनेछ।